गगन थापाले भने, ‘सुवास नेम्वाङ त कसैले केही सोध्ला भनेर लुकेर बस्नुभएको छ’

गगन थापा

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।

मलाई लागेको थियो, यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर- ‘श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ ।

अपसोच ! उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।

संविधान बनाएको संविधानसभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन । मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button