श्रमजीवी पत्रकारका सपना !
भानुभक्त आचार्य
जागिर सुरु हुँदा हातमा नियुक्ति पत्र होस् ।
ऐन बमोजिम तलब, सुविधा र भत्ता होस् ।
तीस दिनमा पत्रकारको पनि महिना मरोस् ।
तलब खान विज्ञापन खोजिहिड्न नपरोस् ।
महिला पत्रकारको छ महिना प्रसुति बिदा होस् ।
काममा फर्किंदा जागिर होस्, झमेला नहोस् ।
पत्रकारलाई व्यापारी र माफियाले दुःख नदिउन् ।
नेताले निःशुल्क प्रचारक र भरिया नसम्झिउन् ।
महासंघले मालिक हैन, पत्रकारकै हित हेरोस् ।
श्रमजीवी ऐन नमान्ने मिडियाको सटर बन्द होस् ।
श्रमिक दिवसको शुभकामना ।