कम्प्युटरका कुरा: सुरुका दिन मसँग कोही काम गर्न मानेनन्

डिजाइनमा मुख्य भनेको रंग, ढंग र मुड नै हो । यी तीनको तालमेल मिलेन भने सवै कुरा खत्तम हुन्छ । सबैको कुराको तालमेल मिलेमा पाठकलाई आहा ! भन्ने किसिमको डिजाइन दिन सकिन्छ ।

विश्व सापकोटा हजारौं ग्राफिक डिजाइनरमध्ये एक प्रतिनिधी पात्र हुन् । ग्राफिक करिअर र कम्प्युटरसँगको उनको पहिलो जम्काभेटमात्र होइन, यो पेशामा आउन चाहनेलाई उनी के भन्छन्, संक्षिप्त तर सांकेतिक सम्वाद प्रस्तुत छ ।

तपाईकोे कम्प्युटर करियर कसरी सुरु भयो ?
सुरुमा आरआर कलेज पढ्दापढ्दै ग्राफिक डिजाइनको डिप्लोमा कोर्ष पुरा गरेँ । त्यसपछि राजधानी दैनिकमा २०६६ सालदेखि यो काम गर्न थालेको हुँ ।
पहिलो पटक कहिले देख्नुभयो, छुनुभयो कम्प्युटर ?
एसएलसी दिएपछि रिजल्ट आउन कम्तिमा ३ महिना लाग्ने थियो । त्यो तीन महिनामा के गर्ने त भनेर विचार गर्दा गाउँमा एउटा इन्स्टिच्युट थियो । त्यहा मैले ३ महिनाको वेसिक कोर्ष लिएर । मैले सुरुमा कम्प्युटर छोएको त्यहीँ हो । त्यो भन्दाअगाडि टिभीमा मात्र कम्प्युटर देखेको थिएँ ।
यसमा रुचि कसरी जाग्यो ?
कम्प्युटरको वेसिक कोर्ष शुरु गर्दा कम्प्युटर सिकाउने गुरुले चलाएको देखेर मलाई पनि रहर लागेको थियो । मेरो सोचाइ नै काठमाडौं गएर केही सिक्ने थियो । सूरुका दिनमा कम्प्युटर चलाउन रमाइलो लाग्ने गथ्र्यो । कम्प्युटरमा केही नयाँ कुरा गर्न मन लाग्थ्यो । सँगै कम्प्युटर सिकेका साथीहरु फुर्सदको समयमा कम्प्युटरमा फिल्म हेरेर बस्थे तर मलाई भने केही भए पनि नयाँ कुरा सिक्न मन लाग्थ्यो । तर पछिपछि कतिखेर यो क्षेत्रमा लागेछु पत्तै भएन ।
कम्प्युटर करियरमा सुरुमा तपाईं टाइपिस्ट हो ? वा सुरुमै डिजाइनर ?
मैले डिजाइनरबाटै आफ्नो क्यारियर सुरु गरेको हुँ । डिजाइनर भएर काम सुरु गर्दा राम्रोसँग डिजाइन आउँदैनथ्यो । इन्स्टिच्युटमा सिकेको अनुसार केही पनि तालमेल मिलेन । जागीर सुरु त गरियो तर राम्रोसँग डिजाइन आउँदैनथ्यो । तर अफिसमा अरु डिजाइनर साथीहरु भएकाले पनि मलाई केही सहयोग भयो । अनि जागीरको समयभन्दा अरु समयमा अलि बढी नै मेहेनत गरियो । पछि सबै कुरा सिकियो ।
जिन्दगीमा तपाईंलाई कम्प्युटरले के दियो ? के लियो ?
कम्प्युटरले मेरो जिन्दगीमा धेरै कुरा सिकाएको छ । आफुलाई चाहेको कुरा सबै सिक्न पाइयो । संसारलाइ नजिकबाट हेर्न पाइयो । धेरै मान्छेसँग काम गर्न अवसर पनि पाइयो । तर अहिलेसम्म कम्प्युटरले मेरो केही लिएको जस्तो लाग्दैन ।
डिजाइनरका रुपमा तपाईं के के गर्नु हुन्छ ?
डिजाइनरको रुपमा म पुस्तक, म्यागेजिन, इन्फोग्राफिक्स, पत्रिका, लोगो डिजाइनजस्ता कुराहरु गर्ने गरेको छ ।
यसमा रंग, ढंग अनि मुडको के महत्व छ ?
डिजाइनमा मुख्य भनेको रंग, ढंग र मुड नै हो । यी तीनको तालमेल मिलेन भने सवै कुरा खत्तम हुन्छ । सबैको कुराको तालमेल मिलेमा पाठकलाई आहा ! भन्ने किसिमको डिजाइन दिन सकिन्छ ।
यो पेशाको खास आकर्षण के हुन् ?
मुख्यतया यो पेशाको आकर्षण भनेको काम गर्दा अल्छी महसुस हुँदैन । आफुलाई मन लागेको कुरा निर्धक्क भएर गर्न सकिन्छ । आफुसँग साधन भएमा जहाँसुकै पनि यो काम गर्न सकिन्छ ।
यो पेशाको क्रममा आइपरेका खास प्रसंगहरु सम्झनुहन्छ ?
हुन त यो पेशामा काम गरेको लामो समय भयो । यसबीचमा धेरै कुराहरु भएका छन् । सुरुका दिनमा डिजाइन गरेर फाइनल गर्ने बेलामा सबै फाइल डिलिट भएका पनि छन् । सुरुका दिनमा मसँग कोही पनि काम गर्न मन पराउँथेनन् ।
तपाईंकै पेशामा आउन चाहने नवआगन्तुकहरुलाई के भन्नु हुन्छ ?
यस पेशामा आउने जो कोहीले पनि पहिले राम्रो ज्ञान लिएर आउदा राम्रा हुन्छ । यो पेशा भनेको जति काम ग-यो, त्यति सिक्दै जाने हो । सिक्ने क्रम कहिले पनि सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button