
वाह ! नुवाकोटमा ‘मिडिया सम्मेलन’ हुँदै
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन आयोजना हुने भएको छ ।
मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले जानकारी दिए ।
सम्मेलनमा स्वरोजगारमूलक संचार माध्यमहरुका प्रतिनिधिहरु, पत्रकार महिलाहरु, संचार क्षेत्रका बिज्ञहरुसहित बागमती प्रदेश सरकारका प्रतिनिधिहरुकोसमेत सहभागिता रहने र प्रदेशभरका संचारमाध्यमहरुको दीगोपनाका लागि प्रदेश सरकारको भुमिकाका बारेमा समेत छलफल गरिने बताईएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)