आइपिओ भरे होइन, परे मात्र बैंकले शुल्क लिनुपर्छ

राजनप्रसाद तिमल्सिना
झरुवारासि-१३, ललितपुर

कोरोनाले आक्रान्त बनेको नेपाली बजार दोस्रो चरणको महामारीपछि बिस्तारै बामे सर्ने कोसिस गर्दै छ। विगतको माओवादी द्वन्द र चक्काजामको झल्को मेटिने गरी सुस्ताएको बजारमा एकाएक चर्चाले शिखर चुमेको बजार केही छ भने त्यो हो शेयरबजार ।

आजभन्दा एक डेड वर्ष पहिलेसम्म शेयरबजार भनेको कुन चरीको नाम हो र ? भनेर सोध्नेहरु को जमात ठुलै थियो तर आज समय बदलिएको छ । भलै जो कोहीले शेयरबजारको गहिराइ नबुझ्लान तर स्कुल पढ्ने वच्चा होस् वा कलेज पढ्ने ठिटाठिटी हुन, दैनिक गिट्टी बालुवा गरेर दुई छाक टार्ने काका काकी हुन वा दिनभर समय बिताउनका लागि ५० पैसा प्वाइन्टमा म्यारिज खेलेर बस्ने बुढापाकाहरूको जमात होस् । हरेक ठाउँमा शेयरबजार को चर्चा परिचर्चा हुने गर्दछ अर्थात इन्टरनेट बैंकिङ सुविधा भएको हरेक ठाउँमा शेयरबजारले चर्चा पाएको छ । वर्षौंदेखि एक खास वर्ग वा तप्काले मात्र जानकारी पाएको र लगानी गर्दै आएको यो शेयर बजार ढिलै भए पनि सर्बसाधारणको लागि चासोको विषय र सामान्य लेखपढ जानेका वा भनौं मोबाइल चलाउन जान्नेहरुका लागि एउटा अवसर बनेर आएको छ, जुन नेपाली शेयरबजारको सुखद पक्ष हो ।

तिमल्सिना

नेपाली शेयर बजारको इतिहास लामो भए पनि अहिलेको सेयर बजारको सरगर्मिको जस भने Nepal infrastructure Bank (निफ्रा)लाई जान्छ, जसले नेपाली शेयर मार्केटमा नै सबैभन्दा ठूलो आइपिओ जारी गरेर इतिहास रचेको थियो । १५ जुन २०२१ देखि १९ जुन २०२१ सम्म पाँच दिनको म्याद राखेर जारी गरेको आठ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ भर्नका लागि भनेर नै लाखौं नयाँ खाताहरु खोलिए र अहिले बजारमा देखिएका नयाँ अनुहारहरु पनि प्रायः तिनै हुन् । त्यसैले पनि अहिलेका नयाँ लगानीकर्ता भनौं वा नयाँ अनुहारहरुका लागि निफ्रा नेपाली शेयरबजारमा कोसेढुङ्गा साबित भैदियो । त्यसयता पनि नयाँ खाता खोलेर सेयर बजारमा प्रवेश गर्न चाहनेहरूको लाईन लामाे छ तर प्राय कम्पनीहरुले निष्कासन गरेका आइपिओहरु र इच्छुक लगानीकर्ताहरु बिचको असामान्य खाडलले गर्दा निफ्राको आगमनसँगै छाएको उत्साह निराशामा परिणत हुँदै गइरहेको देखिन्छ ।

करिब ४० लाखको हाराहारीमा रहेका मेरो शेयर प्रयोगकर्ताहरुका लागि निफ्राभन्दा पछाडि जारीभएका १२ वटा कम्पनीहरूको आइपिओ हेर्दा खासै उत्साहित भइहाल्ने अवस्था छैन । धेरै यस्ता मेरो शेयर प्रयोगकर्ताहरु छन् जस्लाइ निफ्राभन्दा पछी खुलेका १० वटा आइपिओमध्ये एउटा पनि आइपिओ परेको छैन । यस अर्थमा पनि अब आइपिओ जारी गर्ने कम्पनीहरुले निष्कासन गर्ने आइपिओको मात्रका बारेमा सोच्ने बेला भएको छ ।

यदि यहि गतिमा मेरो शेयर प्रयोगकर्ताहरु बढ्ने हो भने निकट भविष्यमा नै जारी गरेको कुल आइपिओको दोब्बर रकम C-ASBA शुल्कवापत बैँकहरुले हामीबाट उठाइरहेका हुनेछन । आजको मितिसम्म कूल करिब ४० लाख active user रहेको मेरो शेयरमा केही सिमित बैंकहरूबाहेक प्राय सबै जसो बैंकहरूले हरेक पटक आइपिओ भर्दा न्यूनतम १० देखि अधिकतम ५० रुपैयाँसम्म आइपिओ जारी गर्दा आइपिओ भर्ने सर्वसाधारण लगानीकर्ताहरु करिव ३० लाखको हाराहारीमा देखिन्छन जसबाट बैंकहरुले कम्तिमा २० रुपैयाँका दरले शुल्क उठाउने हो भने पनि गर्दा ६ करोड रुपैयाँबराबर बैंकहरुले कमाइरहेका हुन्छन । यसरी जति-जति सेयर मार्केटमा नयाँ लगानीकर्ताहरु भित्रीदै जान्छन् उति नै आइपिओ पर्ने सम्भावना कम हुने तर C-ASBA शुल्क बापत बैंकहरुको कमाउ धन्दामा भने गुणात्मक हुँदै जाने देखिन्छ ।

त्यसैले हरेक बैंकहरुले सम्भब भए सम्म C-ASBA शुल्क free दिनुपर्छ, यदि सम्भब छैन भने आइपिओ भरे बापत हैन, आइपिओ परेमा मात्र शुल्क लिने व्यवस्था गरिनु पर्छ । यस विषयमा सम्बन्धित निकायको ध्यान छिटोभन्दा छिटो जानुपर्ने देखिन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button