आयो फागु फेरि फर्की खुसीको रङ बोकी

हाम्रो अनुपम होली

प्रियाम्सु पुडासैनी
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु आवास ।

आयो फागु फेरि फर्की,
खुसीको रङ बोकी,
दुःख-पीडा सबै हर्दै,
माया बाँड्न हो कि ?

जताततै उमङ्ग त्यस्तै,
हर्ष अनि उल्लास छ,
धर्ती पनि मख्ख परी,
हाँसी खुसी बिन्दास छ ।

सयौँ थरी रङ्ग सरी
उज्ज्वल मुहार सबैको आज,
माया, प्रेम, स्नेह मात्रै,
छैन रिस कसैको माझ ।

रङ्गीन जलले निथ्रुक्क भिजी,
अबिर दली मन खोली,
थाक्दैन तन आज छिट्टै,
नसकी यो रमाइलो होली ।

नीलगगन, स्वच्छ पवन,
फूलझैँ ढकमक्क छ,
चराचरीको चिरबिरसँगै,
धर्ती यो गमक्क छ ।

मिठाई मिष्ट, नसा भाङको,
चञ्न्चल छ मन फुरुङ्ग,
स्वदेश-परदेश सबतिरको यो
माहोल खुसी उमङ्ग ।

बच्चादेखि ती बुढाबुढीसम्म,
थामिएनमनकसैकोआज,
हरेक मानिसको शिरमा त्यहाँ
चम्किला ती खुसीका ताज ।

आजको जस्तै सधैं रहोस्
एकता खुसीको घेरो,
मनैदेखिको मायाप्रेमले,
शुभकामना छ मेरो ।
महान् होलीको रङ्ग भरेर
शुभकामना छ मेरो ।

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button