जो जो जे जे होउँला हामी, यौटै हौँ नेपाली

कविता: मरो समाज

साङ्गे डोल्मा गुरुङ
कक्षा ७, ख, स्वर्णिम स्कुल

हिमाल, पहाड र तराईमा बस्ने
एउटै नेपाली हामी
अनेकताभित्र एक भई बस्ने
नेपाली हौँ स्वाभिमानी ।१।

हाम्रा आफ्नै धर्महरू छन्
परम्परामा छौँ धनी
मिलेर बस्छौँ रमेर खेल्छौँ
भाग्यमानी छौँ हामी ।२।

नेपाली, मैथिली आदि जे बोल्छौँ
भाषा हो कुराकानी
सबै भाषाको इज्जत गर्छौँ
आफ्नै सम्पत्ति ठानी ।३।

बक्खु, बुर्का चोली लाउँछौँ
भेषभूषामा छौँ धनी
जसले जे जे लाए पनि
माया गर्छौँ आफ्नै ठानी ।४।

दशैँ मान्छौँ, तिहार मान्छौँ
ल्होसार मान्छौँ रम्दै
चाडपर्वमा खुसी साट्छौँ
आफ्ना पहिचान मान्दै ।

जाति भिन्दै भाषा भिन्दै
भिन्दै छ हाम्रो धर्म
समाज हाम्रो समावेशी छ
यही हो यसको मर्म ।५।

जो जो जे जे होउँला हामी
यौटै हौँ नेपाली
सबै मिली विकास गर्छौँ
रिस र राग फाली
रिस र राग फाली ।६।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. जो जो जे जे होउँला हामी
    यौटै हौँ नेपाली
    सबै मिली विकास गर्छौँ
    रिस र राग फाली
    रिस र राग फाली ।

    मिठो कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button