
गुमनाम परदेशीको मृत्यु !
सुशील लामा
काभ्रे, पाँचखाल
हाल- लिमासोल, साईप्रस
आमैं म त मर्यो रेन्त !
सबै- सबै त्यसो भन्छ,
थाहा छ ।
मलाई मर्न मन लागेको थिदैं थिएन
अझ भनौं
म मर्ने बेला हुँदै भएको होईन
म भन्दा धेरै पहिले जन्मेकाहरु
मैले भन्दा धेरै बर्षको भोटो फटाऊने हरु
मज्जाले बाँची रहेको छन्।
बाँचेर रोएर-हांसेर हिड्दै गर्दा
टाढा होईन नजिककाले नगरेको वास्ता
आकाश बाट बर्षेको अशिना जस्तै
बरररर……
बर्षेको को छ ।
संजालको भित्ताभरि
अबिरल वास्ता हरु
सुमधुर यादहरु
ज्ञात- अज्ञात मनहरुको मन देखि
हार्दिक श्रद्धाञ्जली र श्रद्धासुमन बनेर
आमा…….
म नजन्मेको,नहुर्केको,नखेलेको,नपुगेको
कहिल्यैं सपनाहरूमा समेत नडुलेको
पराई माटोमा
मर्न आएको थिदैं थिएन।
अलिकति आफ्नो
अलिकति तिम्रो
अलिकति भबिष्यको
सफल सपनाहरु बोकेर
आफ्नै पैसामा, आफैलाई बेचेर
मुग्लान झरेको थिए।
खोइ के के सपना बोकेर आको
तर !
नआएरै आको हो कि?
आएर आको
अलि अबेला आऊँनु पर्नेकाल
बेलैमा आएर
तिम्रो ,मेरो सपनाहरू माथी
मृत्युको भयंकर चट्यांङ्ग परेर
आशाको कलिहरु
खुशिको दिवसहरु
सबका सब तहसनहस भएको छ।
आमै….
मेरो मरण कसैको लागि केही होईन!
बिचरा मरेछ कठैं भन्लान् ।
तर तिम्रो लागि
मेरो मृत्यु सबथोक गुम्नु मात्रै होईन
आधा मुटु बोकी बाँच्नु हो।
याद आँऊछ होला हैं आमा !
तिम्रो मनको गैंरी खेतमा
कति धेरै आशाको बेर्ना काटेर आको थिए म
बर्षौ देखि लाएर फाटेको तिम्रो मजेत्रो फेर्ने…
बा को बाले मुखियाको मा जालि तमसुक बनाएर
धितोमा राखेको जाग्गाको पुर्जा
फिर्ता ल्याउने !
स्यानेलाई सदरमुकाम राखेर
औंरेजी स्कुलमा पढाउने।
तिमि र बा लाई चारधाम
तिर्थायात्रा गराउने!
सबका सब सपनाहरूमा
नमिठो पैरो जस्तै भयो ।
अब आमा…!
लाचार सरकारको लाजको लिलाम गरेर
मेरो मृत्युको नाऊँमा
म जस्तै श्रमिकहरु बाट
अलि-अलि पैसा उठाएर
कहिल्यैं बूढो नहुने तन्नेरी लासलाई
एउटा काठको बाकसमा प्याक भएर आँउनेछु।
मेरो बासी लास सँगै देखेको थुप्रै
आधा-अधुरा सपनाहरू
त्यहिँ हुनेछ आमा ।
म मर्छु भनेर मरेको होईन।
मेरो गुमनाम मृत्युलाई
स्विकार्नु हैं आमा….
फेरि…फेरि.. पुनरजन्म मिल्ने भए
तिम्रै कोखबाट जन्मौला!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)