संसारमै सबैभन्दा बढी बाँचेकी म्याडम जिन भन्थिन्, ‘म हाँसेर मर्छु’

सुशीला शर्मा

म्याडम जिन लुईज क्यालमन्ट जसको सबैभन्दा लामो आयु बाँच्ने मानव भनेर पुष्टि भएको थियो । उनी १२२ वर्ष १६४ दिन बाँचिन् । उनको जन्म फ्रान्सको आल्र्समा २१ फेबु्रअरी १८७५ मा भएको थियो ।

उनी १४ वर्षकी हुँदा आईफिल टावर बनाईएको थियो । यो समयमा उनले भिन्सेन्ट भ्यान गोगलाई भेटिन जो मैला कपडा लगाएका देखिन्थे । उनले यो कुरा सन् १९८८मा दिएको एक अन्तरवार्तामा सम्झना गरेकी छन् ।

जब लुईज क्यालमन्ट ८५ वर्षकी थिईन उनले फेन्सिङ गर्न थालेकी थिईन्, उनी १०० वर्ष पुग्दा पनि साईकल चलाईरहेकी थिईन् । ११४ वर्षको उमेरमा उनले आफ्नो जीवनको बारेमा बनेको फिल्ममा अभिनय गरेकी थिईन् । ११५ वर्षको उमेरमा उनको हिपको शल्यक्रिया भयो । १८९६ मा २१ वर्षको उमेरमा धुम्रपान शुरु गरेकी उनले ११७ वर्षको उमेरमा धुम्रपान त्यागिन् । उनले धुम्रपान त्याग्नुको कारण स्वास्थ्य थिएन् । उनी लगभग आँखा नदेख्ने भएर चुरोट सल्काउन कसैसँग मद्धत माग्न चाहदैंनथिईन् ।

सन् १९६५ मा जिन ९० वर्षकी थिईन् । उनको कोही पनि उत्तराधिकारी थिएनन् । उनले आन्द्रे फान्कोईस राफ्रे नाम गरेका ४७ वर्षीय वकिललाई आफ्नो अपार्टमेन्ट बेच्ने सम्झौतामा हस्ताक्षर गरिन् । उक्त अपार्टमेन्ट खरिदकर्ताले जिनको मृत्युपछि उनको अपार्टमेन्ट पाउने शर्तमा मासिक २५०० फ्रान्क तिर्न राजी भएका थिए । राफ्रेले ३० वर्षसम्म जिनलाई भुक्तानी मात्र गरेनन ७७ वर्षको उमेरमा जिनभन्दा पहिल्यै राफ्रेको मृत्यु भयो । उनको श्रिमतीले म्याडम क्यालमेन्टलाई उनको अन्त्यसम्म अपार्टमेन्टको किस्ता तिर्न बाध्य भईन् । जिन तीक्ष्ण मानसिक क्षमताकी थिईन् । उनको १२०औं जन्म दिवसमा उनलाई सोधिएको थियो कि तपाईको भविष्य कस्तो छ भनेर उनले जवाफ दिएकी थिईन “धेरै छोटो छ । ”

यहाँ जिन लुईज क्यालमन्टका जीवनका नियमहरु छन् ।

म वाईनको प्रेममा छु ।

सबै बच्चाहरु सुन्दर छन् ।

मलाई लाग्छ, म हाँसेर मर्छु ।

मलाई हाम्रो असल भगवानले विर्सेका छन् ।

मसँग चाउरीपनमात्र छ र म यसैमा बसिरहेको छु ।

म कहिल्यै मस्करा लगाउँदिन् ।

म प्रायः नरोउन्जेल हाँस्छु ।

यदि तपाई केही परिवर्तन गर्न सक्नुहुन्न भने यसको बारेमा चिन्ता नगर्नुहोस् ।

म मेरो जीवनबारे यसरी बुझाउँछु कि सधैं मुस्कुराईरहूँ ।

म खराब देख्छु, खराब सुन्छु र खराब महसुस गर्छु तर सबैथोक ठीक छ । मलाई बाँच्ने ठूलो ईच्छा छ विशेष गरेर मिठाईका लागि धेरै भोकको आकांक्षा छ ।

मसँग फलामका खुट्टाहरु छन् तर तपाईलाई साँचो भन्नुपर्दा तिनीहरु खिया लाग्न थालेका छन् । म धेरै भाग्यमानी छु कि मैले धेरै आनन्द लिएँ र पछुताउविना काम गरेँ ।

यूवा हुनु भनेको मनको अवस्था हो, यो कसैको शरीरमा भर पर्दैन् । म अझै एक जवान युवती हूँ, मात्र यो हो कि म विगत ७० वर्षदेखि राम्री देखिएकी छैैन ।

एक अन्तरवार्ताको अन्त्यमा पत्रकारले भने कि म्याडम मलाई आशा छ कि हामी अर्को वर्ष कहिले भेट्नेछौं ? जिनको जवाफ थियो, ‘हामी भेट्न किन नसक्नु, तपाई त्यतिन्जेल त्यति बुढो पनि भईसक्नुभएको हुने छैन । तपाई अझै यहाँ हुनुहुनेछ ।’

जिनको मृत्यु ४ अगष्ट १९९७ मा भयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button