जब थियो शरीरमा बलेको रगत, साम्राज्य हाँक्ने राख्दथ्यो तागत
लक्ष्मी मैनाली पाठक
हिजोसम्म यो संसार मेरै मात्र लाग्थ्यो
जगतै समेट्ने उत्साह जाग्थ्यो
वरिपरि हराभरा सुन्दर गगनमाझ
मुस्कुराएको हिमाल बनी शिरको ताज
कति पद परिक्रमा गरे यिनै पाउले
संसार हाँक्ने कुशल जीवनका नाउले
कति यात्रीहरुको गन्तव्य पार भो
यिनै शरीर आज असहज भारी भो
जब थियो शरीरमा बलेको रगत
साम्राज्य हाँक्ने राख्दथ्यो तागत
जब केश्रा केश्रामा शक्ति क्षीण हुन्छ
कसिङरले पनि बाटो छेकिदिन्छ
एकै थला संसार बन्दो रैछ
आँखाबाट हरकुरा ओझेल पर्दो रैछ
ढल्क्यो जवानी, रुपरङ्ग उड्यो
आफ्नै आँगनी परदेश झै बन्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)