फुटबलमा गुडिरहेको देशमा जब पत्रिकाका कार्टुन हेरेँ, मलाई त कार्टुन हेरे जस्तै लागेन

फुटबल विश्वकप हेर्न अक्षरकर्मी ढकाल कतार पुगे तर उनले फुटबल मात्र हेरेनन्, त्यहाँ उनले जे देखे, भोगे, तिनलाई नेपालनाम्चामा नियमित लेख्दैछन्, कतार कथा । दोस्रो श्रृंखलामा उनले कतारबाट नेपाल सम्झेका छन्, 'पञ्चायत व्यवस्थाताका नेपालमा राजाको समाचार आए जस्तै हरेक दिन यहाँ पनि राजा र राजपरिवारको समाचार आइरहेका हुन्थे ।' –सं

कमल ढकाल
दोहा, कतार

हरेक दिन पत्रिका पढ्ने बानी । कतारमा पनि त्यो बानी मसँगै आएको थियो, उत्तिकै । पञ्चायती व्यवस्थाताका नेपालमा राजाको समाचार आए जस्तै हरेक दिन यहाँ पनि राजा र राजपरिवारको समाचार आइरहेका हुन्थे । तर जब फुटबल आयो, फुटबल खेलाडीका समाचारले अगाडिका पानाहरु भरिन थाले ।

फुटबलमा कतार गुडिरहेको थियो । फुटबलले कतारलाई गुडाएर संसारभर पुराईरहेको थियो । भकुण्डोको असली रुप नै तल हान्दा माथि जाने हो । कतार पनि फुटबलकै कारण माथि लागिरहेको थियो ।

जब पत्रिकाका कार्टुन हेरेँ, मलाई त कार्टुन हेरे जस्तै लागेन । कार्टुन हेर्यो कि अरुलाई घोचपेच र हैरानी हेरेर हाँस्ने हामीहरुको बानीभन्दा अर्कै खालका कार्टुन गल्फ न्युज र अरु पत्रिकाले प्रकाशन गरेका थिए ।

कतारमा १५ दिन बस्दा १५ दिन नै पहिले कार्टुन हेरेँ । यहाँ वात्सायन र रविन सायमीको कार्टुन हेरेर घोचपेचमा रमाइलो मानिरहेको मलाई त्यहाँ भने हरेक दिन सफलताउन्मुख, सन्देशउन्मुख, विकासउन्मुख र ख्याती बढाउने कार्टुन देखेर यो पो राम्रो भन्ने लाग्यो ।

यसलाई स्वततन्त्रा नभएको पनि मान्न सकिएला । राज्यले सेन्सर गरेको भन्न पनि सकिएला । तर राज्य विकास हुन त पब्लिकमा यस्ता सन्देश पनि प्रवाह गर्नुपर्ने रहेछ । अझ संसारका विदेशी आफ्नो देशमा ओइरिएको समयमा नराम्रा चीज पस्केर दुषित बनाउनु भन्दा त राम्रा चीज पस्केर मेरो जस्तै अरुको मनमा सुवासना फैलाउनु राम्रो भन्ने लाग्यो ।

स्वतन्त्रताले खान दिन्छ र भन्ने मान्छे पनि छन् अनि खाएर मात्र स्वतन्त्र भईन्छ र भन्ने मान्छे पनि छन् । कतारले हाम्रो जस्तो आमजीवनका सामान्य सवालमा प्रश्न गर्ने गरी आफ्ना जनतालाई राखेकै छैन । उनीहरु आफ्नो देशप्रति गर्व गर्दछन् । सारालाई ल्याएर काम लगाएका छन् । विदेश घुम्न र पढन मात्र निक्लेका छन् । उनीहरुलाई देशले केही दिएको छ । हामी कतारी हौं भनेर गर्व गर्दछन् ।

त्यसैले उनीहरुले कार्टुनहरुमा नराम्रा कुरा नसोच्ने भईसकेछन् झैँ लाग्यो ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button