मलाई किन नेपाल छोड्न मन लाग्दैन ?
माला लिम्बु
उफ ! यो जाडो महिनामा कत्ति छिटो रात परेको !
हत्तारिदै टेम्पोतिर दौडिएँ । एउटा सिट खाली रहेछ । ड्राइभर दाईले ईशाराले छिटो आउने संकेत दिँदै हौस्याए । दौडिएर टेम्पोभित्र चढेँ ।
ऐया ! बेस्कन ठोक्कियो टाउको, चिसोमा कति सारो दुख्यो भने !
‘होस गर्नुपर्दैन लाटी, दुख्यो होला है तलाई’ भन्दै एक अपरिचित आमा टाउको मुसार्दिन लागिन् ।
‘दुखेको छैन’ भन्दै आँसुमिश्रित फुक्को मुस्कान छोडिदिएँ ।
खासमा भन्नुपर्दा हामी नेपालीको यही मायालु ब्यवहार देखेर नै मलाई नेपाल छोड्न मन लाग्दैन । वरपरका सबै यात्रीहरुलाई हेरेँ एक नजर । मास्क थियो सबैको मुहारमा । आँखा मात्र देखिन्थ्यो सबैको थकित, चिन्तित अनि निराश, उफ ! कति उराठलाग्दो !
यसो बाहिरतिर नजर मोडेँ, हेल्मेटले ढाकेको मुहारमा उस्को आँखामात्र देखिन्थ्यो, मुस्कानले ओतप्रोत आँखा । पछाडिबाट प्रेमिकाले अलि जोड्ले स्पर्श गर्दै गिज्याउँथि, उस्को आँखाको मुस्कान अझ बढी चमकदार हुन्थ्यो ।
मलाई पनि कताकता मेरो एक्लोपनले गिज्याए झैं लाग्यो । हुन पनि यत्रो आँखाहरुको भिडमा उस्को आँखामा जति खुशी अरु कसैको आँखामा पाइनँ । कतै सुनेको थिएँ, प्रेम मनबाट बगेर आँखामा छल्किन्छ, लाग्यो, साँच्चै हो रहेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)