प्रेरक पेरियारः जसले स्वतन्त्रतापछि २० वर्ष कान्छीसँग विहे गरे

सुशीला शर्मा

बिसौं शताब्दीमा तमिलनाडुको एक प्रमुख राजनेता तथा गरिब शोषितका मसिहा थिए पेरियार । यिनको नाम ईरोड वैंकट नायकर रामास्वामी थियो । यिनको अर्को नाम ईबिआर पेरियार, वैकम बिरारी पनि थियो । पेरियारले जस्टिस पार्टीको स्थापना गरेका थिए । जसको उद्देश्य जातिवाद तथा विभेदकारी हिन्दुत्वको विरोध थियो । तमिलमा पेरियारको अर्थ हुन्छ सम्मानित व्यक्ति । यिनलाई एशियाका सुकरात पनि भनिन्छ ।

बाल्यकाल

पश्चिम तमिलनाडुको ईरोडमा एक सम्पन्न परम्परावादी हिन्दू धर्मको बलिजा जातिमा १७ सेप्टेम्वर ११८७९मा यिनको जन्म भएको थियो । १८८५ मा पेरियार एक प्राथमिक विद्यालयमा भर्ना भए । प्राथमिक शिक्षाको पाँच वर्ष पुग्दा नपुग्दै यिनी आफ्नो बाबुको पेशामा संलग्न हुनुपर्यो । उनको घरमा भजन तथा उपदेशको सिलसिला चलिनै रहन्थ्यो । बाल्यकालदेखि नै पेरियार ती उपदेशमा भनिएका कयौं कुराहरुको प्रामाणिकतामाथि प्रश्न उठाउँथे । हिन्दु महाकाव्य तथा पुराणमा भनिएका कयौं कुराहरुको जस्तै ः बाल विवाह देवदासी प्रथा, विधवा पुनर्विवाहको विरुद्धको अवधारणा, महिला तथा दलितमाथिको शोषणको पेरियार पूर्ण विरोधी भएर निस्किए । यिनले हिन्दू वर्ण व्यवस्थाको पनि विरोध गरे । यिनको १९ वर्षको उमेरमा १३ वर्षीय नगम्मल नामकी स्त्रीसंग विवाह भयो । यिनले आफ्नी पत्नीलाई पनि आफ्नो विचारबाट प्रभावित गरेका थिए ।

काशी यात्रा

सन् १९०४ मा पेरियारले उनका पिताले एकदमै सम्मान गर्ने ब्राम्हणका भाईलाई गिरफ्तार गर्न सहयोग गरे । यो कार्य देखेर उनको बाबुले सबैको सामुन्ने उनलाई पिटे । जसको कारण केहीदिनको लागि पेरियारलाई घर छोड्नुपर्यो । पेरियार काशी गए । त्यहाँ निशुल्क भोजमा जान खोज्दा उनलाई थाहा भयो कि सो भोज केवल ब्राम्हणको लागि मात्र आयोजित थियो । ब्राम्हण नभएकोले उनलाई यो कुराले बडो दुखी बनायो । त्यसैबेलादेखि यिनले हिन्दुत्वको विरोध गर्नेबारेमा सोचे । यसको लागि उनले कुनै अरु धर्मलाई स्वीकारेनन तर हमेशा नास्तिक बने । चक्रवर्ती राजगोपालाचार्यको अनुरोधमा यिनले सन १९१९मा कांग्रेसको सदस्यता लिए । यसको केहीदिनभित्रै तमिलनाडु ईकाईमा यिनी प्रमुख पनि बने । यिनले मन्दिर नजिकको सडकमा दलितलाई गरिने विभेद हटाउने संघर्षको पनि थालनी गरे । उनकी पत्नी तथा साथीहरुले पनि उनको यस आन्दोलनलाई साथ दिए ।

काँग्रेस परित्याग

यूवाहरुको लागि कांग्रेसद्धारा सञ्चालित प्रशिक्षण शिविरमा एक ब्राम्हण प्रशिक्षकद्धारा गैर ब्राम्हण छात्रलाई गरिएको भेदभावलाई देखेर काँग्रेसप्रति पनि यिनलाई विरक्तीभाव आयो । उनले काँग्रेसका नेताहरुसमक्ष दलित तथा पीडितको लागि आरक्षणको प्रस्ताव पनि गरे जुन प्रस्ताव मन्जुरी भएन् । अन्ततः उनले काँग्रेस परित्याग गरिदिए । दलितको समर्थनमा सन् १९२५ मा उनले एक आन्दोलन पनि चलाए । सोवियत रुसको साम्यवादी सफलताको आन्दोलनले उनलाई प्रभावित गर्यो । उनले आर्थिक नीतिलाई साम्यवादी बनाउने घोषणा गरे फेरि आफ्नो विचार परिवर्तन गरे ।

पेरियारले जस्टिस पार्टी, जसको स्थापना केही गैर ब्राम्हणले गरेका थिए यसको नेतृत्व सम्हाले । सन् १९४४ मा जस्टिस पार्टीको नाम बदलेर द्रविडर कडगम राखे । सन् १९४० को दशकसम्म ई.वि.रामास्वामीले एक अलग पाकिस्ताको लागि मुश्लिम लिगले गरेको दावीलाई समर्थन गरे ।

भारत स्वतन्त्रतापछि यिनले आफूभन्दा २० वर्ष कान्छी युवतीसँग विवाह गरे । जसको कारण यिनको समर्थकहरुबीच द्धन्द सिर्जना भयो । सन् १९३७ मा राजाजीद्धारा तमिलनाडुमा हिन्दी भाषाको अनिवार्य शिक्षणको पेरियारले घोर विरोध गरे । यिनले कालान्तरमा सत्ता राजनीतिबाट आफूलाई अलग राखे तथा आजिवन दलित तथा महिलाहरुको स्थिति सुधार्ने प्रयासमा लागिरहे । २४ डिसेम्बर १९७३ मा यिनको मृत्यु भयो ।

पेरियारका केही भनाई

  • मानिसहरुलाई सबैभन्दा तल्लो जातिको रुपमा प्रस्तुत गर्नको लागि धर्म या ईश्वर या धार्मिक सिद्धान्तको सहारा लिनु बेतुकको कुरा हो ।
  • बुद्धि विचारमा निहित हुन्छ । सोचको प्रमुखता भनेको विवेकवाद हो ।
  • तपाई धार्मिक व्यक्तिबाट कुनै पनि तर्कसंगत विचारको आशा गर्न सक्नुहुन्न । उनीहरु लामो समयदेखि तलाउमा ढुङ्गा फयाँकिरहेका छन् ।
  • सबै व्यक्तिले स्वतन्त्र र समान हुनुपर्छ । यस्तो स्थिति हुनको लागि जातिवाद मेटाउनुपर्छ ।
  • पैसा उधारो लिनु एक भयानक पेशा हो । म यसलाई कानुनी लूट भन्न चाहन्छु ।
  • हर कोहीलाई कुनै पनि विचारको अस्वीकार गर्ने अधिकार छ । तर कसैलाई पनि कसैको अभिव्यक्ति रोक्ने अधिकार छैन् ।
  • गरीब व्यक्तिलाई मद्धत गरेर हामीले उनीहरुको गरिबी हटाउन सक्षम हुनुपर्छ ।
  • महान शिक्षकले यूवाहरुलाई धर्म पुरुष बनाउनुको सट्टा उनीहरुलाई बुद्धिमानी बनाउने प्रयास गर्नुपर्दछ ।
  • समाज सुधारको उचित कार्य भनेको समाजबाट गरिबी टाढा भगाउनु तथा मानिसहरुले जीवन जिउनको लागि आफ्नो निर्णय नबेच्ने सुनिश्चित गर्नु हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button