
एकजना नेपालीकोे अमेरिकाबाट क्यानडासम्मको डायरी डिटेल
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
२६ जुन, २०१८, मंगलबारको दिन बिहान ठीक ४ बजेको थियो । अमेरिकाको मासाच्युसेट राज्यको राजधानी बोस्टन सहर हो । मेरो बसाई अर्को सहर नरउडमा । त्यहाँदेखि बोस्टनको लोगन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्न करिब ४५–४६ मिनट लाग्ने गर्दथ्यो । भतिज– रविलोचन थापाको (मेरो सालीको जेठो छोरा) दैनिक काममा त्यतै बोष्टन जाने समय पनि बिहान ५ बजेको नै थियो । मलाई लोगन विमानस्थलसम्म पुगाएर आप्mनो काममा जाने भएकाले उनी पनि छिटै उठी सकेका थिए । म उठेर आफनो दैनिकी नित्यकर्म पुरा गरी तैयार भएँ । तब हामी बिहान ०५.१५ बजे घरबाट निस्कियौं । सबेरै थियो, हाई–वेमा कतै गाडिहरुको जाम थिएन । लोगन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्न निमित्त आज २५ मिनट मात्र लाग्यो । मलाई विमानस्थल पुगाएर रवि बिदा भई कामतिर गए ।
मैले बोस्टनदेखि क्यानडाको क्युविक प्रोभिन्स, मोन्ट्रयलसम्म क्यानेडियन एयरलाइन्सको वान वे टिकट लिइसकेको थिएँ । मोन्ट्रयल क्यानडा को दोश्रो ठूलो सहरमा पर्दछ । म मेरा सबै काम कुरामा भगवान् भरोसा ठान्छु । मेरो मनले चाहेका चाहनाहरु भगवानले पुरा गर्ने विश्वास राख्दछु । हो, कुनै पनि चाहनाहरु उनै भगवानले पुगाउँछन् लाग्दछ । आजसंमका भोगाईमा जीवन अति संघर्षपूर्ण रहेको छ ! यो संघर्षको सीमा कहाँसम्म छ यकिन भएकै छैन । अन्तर्रात्माले हुरुक्क माया ममता देखाएको पनि फुरुक्क भैदिन्छ कतै कतै ! यस्ता कुरालाई लिएर मैले भगवानसँग अपील गरेको पनि छैन । मलाई लाग्छ भगवानले विविध संयोग जुराई दिन्छ । नजिकका नाता टाढा, टाढाका नजिक बनाई दिन्छ । किनभने संसारिक जीवन पद्धति यस्तै चलिरहेको महशुस हुन्छ । एक मृगतृष्णा–मेरो क्यानडा घुम्ने रहर, सन. २०११ को जुन, जुलाईदेखि थियो । समय जुरेको थिएन । त्यो पुरा गर्न मलाई अमेरिका चन्द्रमामा पुग्नु सरह भयोे । जब जोन एफ केनेडीले १९६३ मा चन्द्र धरातलमा पाइला टेक्ने प्रस्ताव गरेका थिए । त्यो योजना सन् १९७० अर्थात ७ बर्षपछि एपोलो–११ मा नील आर्मस्ट्रोङको पहिलो पाइला टेकाई पुरा गरेका थिए । कस्तो संयोग ? मेरो पनि त्यो सपना आज ७ बर्ष पछि पुरा हुन गएछ, आश्चर्य लाग्यो !
गणेशबहादुर खत्री– हाम्रो सम्बन्धको बारेमा मेरो जापान यात्रा– २०५९ को डायरीमा उल्लेख छ, जो बाग्लुङ्ग हरिचौर, चरांैदी हट्टियाको जन्म भई ललितपुर सातदोबाटो हुँदै हाल क्यानडाको टारण्टोमा स्थायी रुपमा बसोबास गरी होटल व्यवसाय गर्दै आएका छन् । जसले मेरो यो सपनालाई स्वर्णिम बनाउनमा अहम् भूमिका निर्वाह गरे, यसको पूर्ण जस उनैलाई जान्छ । एक प्यासी मृगको तृष्णा मेटाउन उनले मरुभूमिमा जलकुण्ड निर्माण गरेर मेरो सपनालाई साकार रुप दिए । उनको ललितपुरको सातदोबाटो नखिपोटमा पनि एक सानदार बंगला छ । हाल भाडामा लगाएका छन् । त्यसरी हामी छिमेकी छौं । पारिवारिक र आत्मिय सम्बन्धका कारण सहोदर दाइभाइ भन्दा नजिकिएका छौं । उनीहरु पाँच भाइ– गणेश, हेम, लाल, मोहन र यम (बहादुर खत्री) र म अंश नलाग्ने भाइ गरी छ जना मानेका छौं । लाल भाइ भन्छन् सबैको म जेड्दाइ रे ? माहिला हेमबहादुर बाग्लुुङ्ग गल्कोट गाउँको पूख्र्याैली संपत्ति संरक्षण गर्ने, लालबहादुर, मोहन बहादर र यमबहादुर खत्री तीन भाइले जपानको नागोयामा प्रत्येकका २–४ वटा रेष्टूरेण्ट र ग्रोसरी सप लगायतका व्यवसायबाट प्रशस्त आय आर्जन गरी नेपालमा भित्र्याएका छन् । लाल र मोहन बुद्धनगर र यमबहादुरले कीर्तिपुर काठमाडौमा आलीशान बंगला निर्माण गरी बसेका छन् ।
अब क्यानडा यात्राका संबन्धमा दुई महिना पहिले गणेशसंग मेरो कुराकानी भएको थियो । उनले मलाई सल्लाह दिए । क्यानडा आएपछि यहाँका २÷३ राज्यहरु घुम्नु पर्छ । टोरण्टोमा आउँदा अन्टारियो स्टेट मात्र घुमाई होला ? यो मौसम यता अलि व्यस्त हुने खाल्को भयो । त्यसैले म अलि व्यस्त छु । मोन्ट्रेयल र ओटावा २–४ दिन घुमेर टोरण्टो आउनु । त्यहाँ मेरो मिल्ने साथी छन् म उनलाई भन्छु भन्ने सल्लाह दिए । मोण्ट्रीयल, ओटावा जाने त्यहाँ घुम्ने घुमाउने साथीको व्यबस्था मिलाए । यस्तो साथी कि, हामी दुबैजना एकअर्का बीच बिलकूल अपरिचित थियौं । दुबैलाई संपर्क नं को माध्यमले परिचित गराउने वातावरण उनैले बनाई दिएका थिए । मेरो नयाँ साथी हुनु भएको थियो चूडामणि गोतामे । वहाँ बाग्लुङ्ग जिल्ला बुर्तिबाङ्गका थिए । गणेशले चूडामणि गोतामे जीलाई खवर गरी सकेका रहेछन् । बुर्तिबाङ्गे चुडामणि जीको पनि काठमाडौको बुढानिलकण्ठ, क्यानडाको मोण्ट्रीयल र क्यानाडाको राजधानी ओटावामा समेत स्थायी घरवासहरु रहेछन् । वहाँसंग मेरो संपर्क भयो । गणेश खत्रीले चूडामणि गोतामे जीलाई मेरो परिचय दिएर मोण्ट्रीयल र ओटावा घुमाएर मलाई टोरण्टो ल्याउनु भनेका रहेछन् । मेरो सोच– यस किसिमको तारतम्य मिलाउनमा मेरा पितृदेवको आशिर्वाद र त्यो अदृष्य अहैतुकी शक्तिले काम गरेको म लाग्यो । तत्काल अपरिचित चुडामणि गोतामेजीको फोन आयो । लामो कुराकानी ग¥यौं । वहाँका अनुसार नै मैले टिकट बनाएँ । र मैले मोण्ट्रीयल र ओटावामा हामी दुबै जनालाई बस्न मिल्ने गरी होटलमा डवल बेडको रुम अग्रीम बुक गरी राख्न पनि भनें । वहाँले सबै व्यवस्था हुन्छ शर, भन्नु भो म ढुक्क भएँ ! मसंग कुरा हुंदा संबोधनमा मलाई वहाँले शर शर भनि रहंदा हल्का बोझ महशुस भै रहेको थियो । म दाइभाइको नाता लगाउन चाहन्थें । त्यसो नभई रहंदा हामी दुबैले एक अर्कामा शर को नाता लगाउन थालेका थियौं ।
यात्रा प्रसंग– मैले लोगन विमानस्थलको काउण्टर पुगेर क्यनाडाको मोण्ट्रीयल जाने बोर्डिङ्ग पास लिएँ । संबन्धित प्रतिक्षा कक्षमा पुग्न हिंडेर ८–९ मिनट लाग्यो । त्यहाँ पुगेर एककप चिया पिएँ । क्यानेडियन एयर १ सय ६० यात्रुहरु बोक्न सक्ने क्षमताको रहेछ । त्यहाँको डोमेष्टिक कक्षमा नेपालको अन्तर्राष्ट्रिय उडान भर्ने झैं खचाखच् थिए यात्रुहरु । बिहान ७.३५ बजे निश्थित समयमा हाम्रो जहाज उड्यो । परिचारिकाले जहाजमा यात्रुहरुले पालना गर्नु पर्ने सबै नियमहरुको जानकारी गराइन् । ह्याङरदेखि रनवेसम्म पुग्न जहाजलाई १५–१६ मिनट लागेको थियो । मेरो सीट झ्यालमा परेकोले बाहिरका दृष्यहरु मनग्य हेर्न पाइएको थियो । लोगन एयरपोर्टका जहाजहरुको झुण्डलाई हेर्दा लाग्दथ्यो, हाम्रो पशुपतिनाथको मन्दिरमा भक्तहरुले चारो फालेका वेला चारो टिप्न झुमेका परेवाको बथान जस्तो । त्यो दृष्य छिचोलियो । मेरो उडान समय १ घण्टाको रहेछ । उडानका वेलाको अनुभव– यात्रुहरुका निाित्त चिया बिष्कुट पानी जुसको व्यबस्था । ३००० देखि ३५०० सम्मको उचाईमा जहाज उड्ने, यस्तै अनुभवहरु संगाल्दै म मोन्ट्रेयल–ट्रिड्यु विमानस्थल पुगें । जहाजबाट उत्रिए पश्चात अध्यागमनसम्म पुग्दाको यात्रा समय मेरो ३५ मिनटको रह्यो ।
क्यानडाको मोण्ट्रीयल एयरपोर्टमा मलाई लिन चूडामणि गोतामेजी आउनु भएको थियो । एकअर्काको सिधा अनुहारसंग हामी दुबैजना बिल्कूल अपरिचत थियौं । मेरो फोन त्यहाँ नचल्ने भएकाले हामी उडान शुरु भएदेखि डेढघण्टा एक अर्कामा संपर्क बिहिन थियौं । एयरपोर्ट बाहिर पुगेर अरु कसैको फोनबाट चूडामणि जीलाई संपर्क गर्ने संभावना रहेन । अतिथि देवोभव मान्ने मुलुक “वसुधैव कुटुम्बकम” को सिद्धान्तलाई अनुशरण गरेका अनेक सम्प्रदायका वैदिक सनातनीहरु बीच हुर्केको, बिदेशीलाई देख्ने बित्तिकै आपूmले सकेको जेसुकै सहयोग गर्न तम्सिने नेपाली मध्येको म । त्यस्तो संस्कार र आचरणको मलाई त्यहाँको वरव्यवहार हेर्दा मेल खाने देखिएन । कतै तिरको सहयोगको अपेक्षा गर्दा एकछिन् अलमल भयो । अन्त्यमा उपायको खोजि गर्दा विकल्पमा हेल्प डेक्समा पुगें । त्यहीं गएर चूडामणिजीको नंबरमा संपर्क गरें । तब हामी बीच फोनबाट आ–आफनो हुलीया लेनदेन गर्ने काम भयो । म बाहिर हैण्डक्यारी लिएर निस्किएँ । वहाँ आफनो कार लिएर सार्वजनिक वाहन रोक्ने स्थानमा मेरो प्रतिक्षा गरिरहनु भएको रहेछ भेट भयौं । मैले आफ्नो हैण्डक्यारी व्याग वहाँको कारमा राखें । जिन्दगीमा पहिलो पटक भेट भएका दुई अपरिचित अनुहारहरु क्षणमै बर्षौं पुरानो जस्तो नातामा गाँसिन पुग्यौं । यही हो हाम्रो सनातन परम्परा, संस्र्कति र पूर्विय दर्शन जसले माथि उल्लेखित वाक्यलाई सार्थक बनाउँदछ । यस किसिमको संस्कार व्यवहार पश्चिमा मुलुकहरुमा सहोदर भाइ बहिनीमा पनि दुर्लभ छ । अझ जस्ताको त्यस्तै भन्नु पर्दा आफ्नै सन्तानबाट टाढिएर बृद्धाश्रममा बसेका बाहेक (त्यहाँ पनि महिला पुरुष अलग अलग हुन्छन्) संगै संयुक्त परिवारमा बसेका पाउन सकिन्न । यही नै हो लाग्छ वैदिक सनातनी र पश्चिमा क्रिश्चियनहरु बीचको अन्तर ? मैले चुडामणि जीलाई फोनबाट होटलमा डवल बेडवाला एक कोठा लिनु भनेको थिएँ । वहाँको जवाफ थियो भैहाल्छ नीं शर ! मैले सोचें, अब हामी होटलमा पुगेर आफनो सामान राखेर खानपिन गरी अनि मोण्ट्रीयल सहर घुम्ने छौं । अन्य गफगाफमै करिब १० मिनटमै वहाँले गाडि रोक्नु भयो । मैले सिटवेल्ट खोली बाहिर निस्कँदा कतै होटल देखिन । गोतामेजी, हामी बस्ने होटल कता… मैले सोधे ? वहाँले यहीं मेरो घरमा बस्ने हो हजुर शर, भन्दै मेरो व्याग लिएर आफ्नो बैठक कक्षमा पुगाउनु भयो । म अल्मलिंदै बैठक कक्ष पुगें ।
चुडामणि जीले श्रीमती इन्दिरा गोतामे र सानो छोरा रामुलाई म पाहुना आउने कुरा पूर्व जानकारी गराई सक्नु भएको रहेछ । मेरो निमित्त लञ्च पनि तैयार गरी राख्न भन्नु भएकोले हामी पुगेको केही वेरमै बैठक कक्षमा लञ्च आई पुग्यो । वहाँको कान्छो छोरा, श्रीमती सहित हामी चार जनासंगै बसेर खाना खान थाल्यौं । वहाँहरुको साकाहारी भान्सामा मेरा निमित्त मांशाहारीको एक परिकार पनि देखेर मलाई अलि बोझ थपिएको महशुस भयो । रमाईला गफगाफहरुका साथ हाम्रो खानपिन सकियो । उहाँको परिवार ७ जना छन्– श्रीमती इन्द्रकुमारी गोतामे, जेठो छोरा– यमलाल गोतामे, माहिलो छोरा– लछुमन गोतामे, कान्छो छोरा– राम गोतामे, जेठी छोरी– निर्मला गोतामे, कान्छी छोरी– बुद्धिसा गोतामे । उहाँको मोन्ट्रेयल र ओटावा दुबै सहरमा स्थायी घरवास भएको हुनाले जेठो र माहिलो छोरा ओटावाको घरमा अध्ययनार्थ बस्ने गरेका र सो घरको दुई तला भाडा लागेको रहेछ । जेठो छोरा चीन भ्रमणमा गएको र कान्छी छोरी घरबाट अलि टाढा काममा हुनाले हामी बीच परिचित हुने अनुकूल मिलेन । यसरी पारिवारिक जानकारी आदान प्रदान पश्चात हामी बाहिर घुम्न निस्कने तरखरमा थियौं ।
त्यत्तिवेलै एक दम्पति त्यहाँ पुग्नु भयो । वहाँहरु काभ्रेपलाञ्चोक जिल्ला भकुण्डे निवासी निवृत्त नेपाल सरकारका लेखापाल हुनु हुंदो रहेछ । वहाँहरु आत्माराम खनाल र लक्ष्मीदेवी खनाल हुनु हुन्थ्यो । वहाँहरु पनि छोराको संरक्षकत्वमा त्यहाँ आउनु भएको रहेछ । वहाँहरुको करिब देखभाल गर्ने काम चुडनमणि जीलाई नै जिम्मा लगाएको थाह लाग्यो । आत्माराम जीको छोरा बसन्त खनाल र चूडामणि गोतामेजी बीच फोनमा कुराकानी हुंदा यथार्त जानकारी मलाई पनि भएको थियो । यसरी दिनको खाना खाए पश्चात हामी गोतामेजीको परिवार सहित भएर नजिकका केही ऐतिहासिक स्थलहरु घुम्न निस्कियौं । त्यसदिन घुमेका स्थानहरु यस प्रकार छन् । मोन्ट्रेयलको ऐतिहासिक सेन्ट जोसेफ चर्च आदि स्थानहरु घुमेर दिन ढल्कन थालेपछि त्यहाँ प्रख्यात कफी सपमा खाजा खाएर हामी घरमा पर्कियौं ।
भोली पल्ट चुडामणिजीको जेठी छोरी निर्मला गोतामे पनि हामीसंग घुम्ने भइन् । त्यस दिनभर चुडामणिजी को साथमा उनै बृध्द बृध्दा दम्पतिसमेत भई धेरै स्थानको दृष्यावलोकन गर्दै घुमघाम गरियो । अर्का दिनमा चुडामणि जीको आवासीय क्षेत्र वरपरका प्रख्यात पानीको सुरुङ्ग आदि स्थानहरु घुमि सकेर तीन दिनपछि सेन्ट लरेन्स थाउजेन्ड आइल्यान्डका निमित्त चुडामणि जीको परिवार (श्रीमती, जेठी छोरी र सानो छोरा) म समेत ५ जना हाई वे ४१७ लिएर त्यहाँ पुग्यौं । हाम्रो पनि थाउजेन्ड आइल्यान्ड घुम्ने विचार भयो ।
सेन्ट लरेन्स रिभरका थाउजेन्ड आइल्यान्ड (१००० टापुहरु) घुम्नका निमित्त डेड घण्टादेखि तीन घण्टासम्म समय लाग्ने पानी–जहाज पाइने रहेछ । मैले सबको टिकट काट्ने सोच बनाएको थिएँ । छोरी बिमलाले हतार गर्दै टिकट लिएर आइछन् । उनीहरुबाट मलाई खर्च गर्न दिने कतै संभावना देखिएन । म नतमष्तक भई सोची रहेको थिएँ । हाम्रो सेन्ट लरेन्स रिभरमा पानी जहाजको यात्रा शुरु भयो । त्यहाँ यात्रुहरुलाई आकर्षण दिन सरकारले हरेक स–साना टापुहरुमा पनि ८–१० जना मानिसहरु आराम गर्न सक्ने सीटको व्यवस्था गरेको र कुनै कुनै टापुहरुमा त गर्मी याममा महिनौं परिवार लिएर बस्न सकिने आश्रम पनि बनाई दिएको रहेछ । जहाँ हामीले आफुलाई चाहिने खाद्य सामाग्री मात्र लिएर गए पुग्छ । अरु सबै व्यवस्था त्यहीं सुलभ हुन्छ । त्यहाँ घुमेको मेरो अविस्मरणीय क्षण डेडघण्टा बितेको पत्तै भएन । त्यहाँबाट हामी वहाँकै घरमा क्यानडाको राजधानी ओटावा साँझ बास बस्न पुग्यौं । त्यसको भोलीपल्टको घुमाईमा त्यहाँको संसद भवन र सांसद बैठक कक्ष हेर्न लायक थियो । त्यहाँ पुगेर सबैले तस्विर खिचेका थियौं । ओटावामा संसारका सबै राजदूतावासएउटै मार्गमा रहेछन् । तर, नेपालको राजदूतावास एक कुनामा दयनीय अवस्थामा देखें । कसैले छोडेको पुरानो जिर्णवास जस्तो थियो । मलाई त्यो हालत देखेर देशको मानमर्दन भएको लाग्यो । त्यहाँ अरु दूतावासहरु हेर्दा निकै पूmर्तिला देखिन्थे । नेपालको चाहीं एक साधारण व्यक्तिको वास भन्दा पनि कम हैसियतको ! नेपालमा पूर्ण शक्ति खर्चेर राजदूत बन्ने अनि स्वयम व्यक्ति बन्ने प्रबृत्ति भएर नै त्यसो भएको होला जस्तो लाग्यो । अरु गरीब मित्र राष्ट्रका साम्ने हाम्रो राजदूतावास भन्न लाज लाग्ने स्थान र अवस्था देखेर अलि हीनता बोध भयो । बिदाको दिन परेकोले राज्दूत न्यूयोर्क र अरु कर्मचारी कतै गएको वेला परेछ । आधिकारिक व्यक्ति कोही भेट गर्न पाएको भए नेपालको इज्जत बचाएर त्यहाँ बसौं न हजुर भन्न मन थियो । अब हाम्रो त्यहाँको घुमाई पनि मोटामोटी सकियो । सबै घुमघाम गरेका स्थानहरुको दृष्य मोबाइलमा कैद गरी सकिएको थियो । तत्पश्चात हामी अब लछुमनलाई त्यहीं घरमा छाडी टोरोन्टोतिर हानिने तरखर गर्न लाग्यौं ।
ओटावा–टोरोन्टो हाई–वे ४०१ लिएर अरु स्थानहरु हेर्दै हेर्दै साँझ हामी टोरोन्टोस्थित गणेश बहादुर खत्रीको निवासमा पुग्यौं । वहाँहरु दुई परिवार बीचको कति समय पछिको भेटघाट थियोे, त्यो मिलनले नविकरण ग¥यो लाग्छ । यता मप्रति चूडामणीजी र परिवारले देखाएको सद्व्यवहार र सहयोगको वर्णन गर्ने शब्दहरु मैले तुरुन्त यहाँ जुटाउन र उल्लेख गर्न असमर्थ छु । वहाँहरु दुबैजना विदेशी रोजगारीले आफ्नो परिवारको राम्रो व्यवस्था गर्ने मध्यका सच्चा नेपाली । चूडामणि जी पनि धेरै बर्ष बिदेशको हाउभाउमा अभ्यस्त हुनु हुंदो रहेछ । वहाँको सोझोपनको फाइदा लुट्ने पनि भेटिए । नेपाली राजनीतिमा मूर्धन्य व्यक्तित्व मानिएका एक सांसदको विश्वासमा परेर बूर्तिवाङ्ग जल विद्युत भनिएको योजनामा ३५–४० लाखमा फँसाइएको रहेछ वहाँलाई । छोरा छोरी चारैजना व्याचलर गराएर आ–आफ्नो खुट्टामा उभिने बनाई सक्नु भएका गोतामे जीको बसाई अति सरल, सभ्य र सुसंस्कारी छ । वहाँ संगको बसाईमा धेरै घरायसी कुराकानी भए । चूडामणी गोतामे जीको परिवार संगको मेरो यात्रा भोली टुंगिने छ । वहाँलाई मैले तत्काल दिने केही सुलभ वस्तु नभएकोले भविष्यमा केही सहयोग गर्ने अवसर भगवानले मिलाई देओस् भन्ने कामना गरें । आजको वास गणेश मन्दिरमा भयो । मैले तत्काल जुराएका नाम यो, गणेश र मनरुपाको मन्दिर रुपी निवास । पाँच दिन पश्चात हामीले जीवन भरको लागि एक सुमधर सम्बन्धको गाँठो बाँधेर छुट्टिने छौं ! बिहान ब्रेकफाष्ट खाएर चूडामणि जी परिवार जान तैयार हुनु भयो । त्यतिवेला वहाँको सानु छोरा रामु जो कक्षा ४ मा पढ्छ, मसंग छुट्टिंदा उसका टिल्पिलाएका आँखाले सबैलाई नतमष्तक बनाएको थियो । मैले उसलाई तिमी धेरै पढ्दै गर्नु अंकल अब आई रहन्छ है भनेर सबै बिदावादी भयौंं ।
वहाँहरु बिदा भएपछि गणेश बहादुर खत्री तथा उनकी श्रीमती मनरुपा खत्री दम्पति यसमा उल्लेखित त्यहाँको ठूलो फराकिलो कम्पाउण्डमा बनेको बंगलामा बसेका नियाल्न पाइयो । त्यहीं नजिकै ठूलो लगानीमा व्यवसाय सञ्चालन गरेका रहेछन् । मेरो बसाई त्यसै बंगलामा थियो भने खानपिन बैंक्वेटमा हुने गर्दथ्यो । त्यसै दौरानमा एक दिन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री रविन्द्र अधिकारी भ्रमणको शिलशीलामा एक दिन त्यहाँ बैंक्वेटमा डिनर खान पुगेका थिए । नेपाली दूतावासमा जो कोही भिआईपी भ्रमणमा गएर यदि टोरण्टो घुम्ने अवसर पाउँछन् भने अवस्य त्यहाँ स्थित जुनसुकै नेपाली समुदायले गणेश खत्रीबाट सन्चालित त्यस बैंक्वेट तथा उनको यम छोराको काठमाडौं रेस्टुरेन्टमा एक–दुई छाक ख्वाउने व्यवस्था मिलाई हालेका हुने रहेछन् ।
यसैगरी छोरा यम खत्री र बुहारी यमुना खत्री दुई नाती यमन खत्री, योजन खत्रीसहित भिक्टोरिया पार्क स्थित बंगलामा उनका परिवार बस्छन् । यमले काठमाडौं रेस्टुरेन्ट सञ्चालन गरेका छन् । यमुना खत्री सरकारी अफिसमा काम गर्छिन् । उनीले घरमा सासुआमा तथा सालाभाइलाई समेत संगै राखेका छन् । गणेशका कान्छो छोरा प्रेमबहादुर खत्री (पवन) उनको समेत डाउनटाउन टोरोन्टोमा घरवास छ । पवनले टीडी बैंकमा प्रडक्ट मेनेजरको काम गर्छन् । उनको संगै काम गर्ने एक रेनी नामकी बिदेशी केटीसंग प्रेमसंबन्ध गाँसिएको सुन्न पाइयो । भगवानले त्यो सम्बन्धलाई अटुट बनाई दिउन् अग्रीम शुभ कामना ।
आफ्नो गाउँको स्थानीय विद्यालयमा साधारण शिक्षा लिएर बाहिरिएका मध्यम वर्गीय परिवारका गणेश बहादुर खत्रीले बिदेशतिर रोजगारी गर्ने सिलसिलामा भारत र खाडी मुलुक हुंदै यहाँ क्यानडामा आएका थिए । दुई छोरा एकछोरी लाई राम्रो शिक्षा दीक्षा दिनु र आ–आफनो व्यवशायमा लगाउनु र नेपालमा करोडौं घरवास र जग्गा जमिन जोड्नु वा लगानी गर्नुलाई सामान्य आर्जन मान्न सकिंदैन । वर्तमान अवस्थालाई आँकलन गर्दा उनको उन्नति प्रगति अति उच्च देखिन्छ । साँच्चै उनी यता साइत गर्दा चन्द्रमा दाहिना पारेरै मुग्लान् पसेका रहेछन् म ठान्दछु । उनले त्यो भेकका आफन्त नातागोता र छरछिमेकी समेतलाई क्यानडामा ल्याएको देखें । गणेशलाई त्यहाँ नाम–माम्–ठाम् सबैको राम्रो संयोग मिलेको लाग्यो । छोरा दुबैले मास्टर्स् गरे भने छोरी देबुले व्याचलर गरिन् । त्यसपछि उनको उतै बाग्लुङ्ग गल्कोट भेकका एक युवा वीरबहादुर बस्नेतसंग विवाह गराई दिएका थिए । देबुका दुई साना छोराहरु सागर बस्नेत र सम्राट बस्नेत छन् । उनको पनि भिक्टोरिया पार्कमा स्थायी घरवास छ । उनीहरुको व्यवसाय टोरण्टोस्थित द इन्डियन कुसिन रेस्टुरेन्ट सञ्चालनमा छ । उनको घरको बसाईमा रहंदा जहाँसम्म मलाई जानकारी छ, उनका श्रीमान् तथा श्रीमती दुबैजना ५–६ मिनटको ड्राइभमा पार्टी हल बिहान ७.०० बजेनै खोल्न जाने गर्दथे । त्यसो हुंदा म पनि बिहान उठेर आफना नित्य कर्म गरी फलपूmल खाएर ४०–४५ मिनट घुमेर त्यहाँ पुग्ने गर्न थालें । कुनै कुनै दिनमा यम खत्री (गणेशको जेठो छोरा) फुर्सद मिलाएर मलाई घुमाउन निमित्त सबेरै घरमा लिन आई पुग्दथे । यसरी म उनीसंग टोरण्टो सिटीका थुप्रै स्थानहरु घुम्दै दृष्यावलोकन गरेको थिएँ ।
यसै सिलसिलामा एक दिन मेरा पुराना मित्र इन्द्रप्रसाद चापागाईं पनि मलाई लिन आएका थिए । उनी टोरण्टोमै रहेछन् । उनी पेशाले ईन्जिनियर हुन् । उनीसंग लामो समय पश्चात भेट भएको थियो । उनले आफनो कारमा पिकअप गरी आफ्नो घरमा लगे । आइतबारको दिन थियो उनकहाँ मैले स्वादिष्ट सात्विकी खाना खाएँ । हामी दुई भाइ जापानमा दुई बर्ष संगै बसेका एउटै जिल्लाका साथी थियौं । दुबै जना पूनः क्यानडा नेसनल टुर एन्ड एक्वरियम हेर्न गयौं । साँधm परेपछि फर्केर उनकै घरमा खाना खाई बेलुकी आफनो गन्तव्य गणेश निवासमा फर्किएँ । यसरी गणेश बहादुरको संयोजकत्वमा टोरण्टो घुम्ने धैरै बर्ष पुरानो धोको पुरा भयो । त्यहाँको यात्रा पुरा गरी टोरेन्टो पयिर्सन विमानस्थलबाट जाने अफ केनेडी विमानस्थल, न्युयोर्क हुंँदै बोस्टनसम्मको मेरो उडान तयको टिकट भैसकेको थियो । त्यसै अनुसार मलाई एयरपोर्ट पु-याउन यमबहादुर खत्री र उनको सानो प्यारो छोरा योजन मसंगै आएका थिए । यसरी मेरो पाँच हप्ताको आनन्दमय यूएस–बोष्टन देखि क्यानडाका क्यूवेक, ओटावा र ओण्टारियो टोरोण्टो यात्रा पुरा भयो । यो आनन्दमयी यात्रा गराउनमा आत्मीय भाइ गणेश बहादुर खत्री परिवार र चुडामणि गोतामे परिवारबाट मलाई जुन किसिमको सौहार्दपूर्ण आतिथ्यता प्राप्त भयो, त्यो स्मरण आँखामा पानी, मुटुमा धड्कन रहंदासम्म रही रहनेछ । दुबै परिवारमा हार्दिक हार्दिक धन्यवाद । जयहोस् । सबको कल्याण होस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)