
मोबाइल हराउँदा पनि खुशी लाग्ने क्या !
अविस्मरणीय पाना डायरीको
चित्रबहादुर केसी तिमिल्सिना
दिउँसोको बाहिरी तापक्रम ४५ डिग्री फरेनहाइट हुनाले घुम-घामलाई निस्कन सकिने अवस्था थिएन । त्यसैले आज अष्टिनको Lake Pfllagervile Park जो ३ माइलमा फैलिएको रहेछ । साँझ ०६/०७ बजे घुम्न जाने योजना बन्यो ३०/३५ मिनटको ड्राइभमा । त्यो भन्दा पूर्व विराज अर्यालका सहपाठी साथीद्वय सिजन श्रेष्ठ / पवित्रा तामाड०ले हामी बुढा + बुढीलाई डिनर खान बोलाएका छन्, हजुरहरु पनि जाउँ ल अंकल विराज भने ! हामीसमेत त्यहाँ जाने भयौं । हामी पाँचजना विराज अर्याल, प्रायुश पोखरेल, ओशु बिक्रम क्षत्री, उनकी आमा पद्मावती केसी तथा यो पंक्तिकार सिजनको अपार्टमा पुग्यौं ! दुबै जनाले हामीलाई ख्वाउने बिभिन्न परिकार बनाउन व्यस्त थिए।
भेटघाट-परिचयपश्चात ती स्वादिला परिकारहरु खानपिन गर्दा करिब ८ बज्यो । अझै डिनर खाने भन्दै एकआद् घण्टा नजिक लेक ( Lake) घुम्ने इच्छा भयो र हामी सातै जना त्यता लाग्यौं । त्यहाँ मानव निर्मित तलाउमा पानी कमी नै थियो । चारैतिर सफा पैदल यात्रा गर्न मिल्ने बाटो र तलाउमा वरिपरी चक्कर लगाउनलाई स-साना डुंगाहरु राखिएको थियो । साँझको पौने नौ बजे घाम अस्ताउने समय थियो । हामी दुईटा कार लिएर पार्किड्० एरियामा पुग्यौं ।को कस्ले कति फोटोहरु खिचियो आदान प्रदानको क्रम पनि शुरु भयो। अब त्रिलोचनले आँखा चिम्लि सकेको ( सूर्यास्तको भैसकेको ) अवस्था थियो । प्रायुश बाबुको फोन कतै खसे छ, बर्बाद भयो ! त्यो पनि आइ फोन १३ (प्रो) वर्तमानको चल्तिको रे, महंगो खरीद ! ओशु र प्रायुश तुरुन्त खोजीमा लागे ।अँध्यारोले गर्दा पत्ता लागेन ! कता खसे होला ? संभावित स्थान सम्म पुगेर सबै जना खोजी कार्यमा लाग्यौं । उनी हिडे जति स्थापनामा दोहोर्याएर खोजी गर्यौं कतै भेटिएन ! साँझको सफर गर्नेको जत्था कसैले हात पार्यो कि पारेन भनेर हेर्नलाई उनकै Apple Watch को चार्ज पनि सकिएको रहेछ ! संभव भएन…दिक्क लाग्यो ! अब डिनर पनि छाडियो ! छिटो छिटो कोठामा आएर labtop खोली हेरे प्रायुशले । तालको छेउमै मोबाईल देखियो । खुशि मोबाइल हराउनेलाई भन्दा हामी बुढाबुढीलाई भयो ! किन .. ? हामीले त्यो कडि नबुझेको हुनाले !
तब मेरो यो मानसपटलमा कुराको ओइरो लाग्यो । २०२७ साल आश्विनमा मेरो रु ८५०/- को Omega Seamaster Watch बाटोमा खसेको थियो । तुरुन्त त्यही बाटो हिड्ने एक परिचितले त्यो घड़ी टिपेर लगेको निधो भो तर दिएन ! उपाय केही नलाग्ने भई ज्योतिष हेराउन जाँदा त्यो घडि पाईंदैन, आफ्नैले लगेछ, टाढा लगेर बेची दिन्छ भन्यो ! आखिर त्यस्तै भयो कुरा सिद्धियो । अहिले त कस्तो जमाना ? मोबाइल हराएको हेर्नु परे हाते+ काखे पो ज्योतिष काफ़ी हुँदा रहेछन् (?) अब त्यो मोबाइल लिन जान प्रायुशलाई ३०/३५ मिनट दौड्नु पर्थ्यो । त्यो भन्दा रिजन श्रेष्ठलाई खवर गरी ल्याउन भन्नु सजिलो पर्यो । तुरुन्त फोन गरेर त्यो काखे ज्योतिष (Laptop) ले दिएको लोकेशनको फोटो पठाएको तुरुन्त रिजनको हातमा मोबाईल पर्यो । वाह ! क्या जमाना ?
हाते ज्योतिष (Apple Watch) को चार्ज नसकिएको भए ठाउँका ठाउँ बताई दिने रहेछ ! त्यो मोरो भोको हुनाले हामीले तत्कालै थाह नपाउँदा टेन्शन भो ! बाबु रातो समय त्यत्रो साँझमा घुम्नेको घुईंचो कस्ले हात पारे होला त्यस्तो महंगो मोबाईल भनेर एक चिन्ता । अर्को हामीलाई घुमाउने भनेर तिम्रो त्यत्रो करिब १६०-६५ हजार डुबेको थियो धन्न पाइयो भनेर प्रायुश संग दुःखेसो गर्दै थिएँ । प्रायुश भन्छन्, कहाँ अंकल त्यो मोबाइल ५/६ महिना पुरानो भो ! त्यो हराएको भए त मलाई नयाँ फोन आउँथ्यो । भेटिई हाल्यो नयाँ आएन ! गुनासो पो रहेछ । यही कुरा हामीले नबुझेर प्रेशर बढाइएछ लाग्यो ! अन्ततः आजको यो डायरी अविस्मरणीय बन्यो ! अस्तु ।
सबै भइयो खुशी,
हामीले झट्ट नबुझेर
एकैछिन् बनेछौं छुसी !
नमस्ते रातकी रानी,
तिमीले लुसुक्क तानी
बनाई दियौ यी आँखामा
निद्राको झुसी !
अस्तु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)