जापानबाट फर्केकी रुपाको सिन्जो आबे सान सम्झना

हार्दिक श्रद्धाञ्जली सिन्जो आबे सान

रुपा अधिकारी

संसारकै सुरक्षित जापानजस्तो सभ्य अनि शान्त स्वभावका मानिस भएको देशमा पनि एकदम राम्रो नेतृत्वको छवि बोकेका, देश, जनता र विदेशी समेतलाई माया गर्ने र नेपाललाई धेरै सहयोग गरेका एक होनहार नेता सिन्जो आबे सानलाई दिनदहाडै गोली प्रहारबाट मारिएको खबरले स्तब्ध तुल्यायो ।

उनले नेपाल जापानबीच राम्रो मैत्री सम्बन्ध कायम गरेका थिए । जापानमा सन् २०११ को आएको ठुलो भूकम्प र सुनामीकालमा पनि तुरुन्त हेलिकप्टरबाट आफै गई जनतालाई बचाउन उनले आफ्नो ज्यानको बाज़ी थापेका थिए । जनता भोको रहने भए भनी जापानमा रहेका सम्पूर्ण नागरिकलाई आर्थिक सहयोग गरेका थिए । बुढ़ाबूढ़ी, बालक सबको नजिक रही समस्या बुझ्दै हिँड्थे ।

जापान सरकारको प्रारमभिक अनुसन्धाधान अनुसार अभियुक्तको परिवार धनी रहेको र उनको आमाले एक धार्मिक संस्थालाई ठुलो रकम दानस्वरूप सहयोग गरेको तर सहयोगपश्चात उनीहरुको परिवार कंगाल हुँदै गएको र अभियुक्तले आफ्नो परिवार कंगाल हुनुको दोष उक्त धार्मिक संस्थालाई दिँदै आइरहेका थिए । र, धार्मिक संस्थासँग रिसीबी बोकिरहेका थिए । एकदिन उक्त धार्मिक संस्थाको पदाधिकारीसँग धर्म प्रचारको क्रममा उसले पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई देखेपछि उनलाई मार्ने प्लान उसको मनमा बसेको र इन्टरनेटको सहाराले उसले शंका नरहने गरी आफै बन्दूक तयार गरेको थियो । र, आफ्नो घरका भित्ताभरी ट्रायल गरेको थियो । आबे सानलाई मार्ने मनसाय बोकी ऊ आबे सानको हरेक कार्यक्रममा सहभागी रहेको तर अनुकूल समय भने मिलेको थिएन । गएको शुक्रबार नारा सहरमा चुनावी प्रचारको लागि सिन्जो आबे पुगेका थिए । खुल्ला ठाउँमा १०, १५ जनाको समुह पनि नदेखिएको, सुरक्षाको त्यति बलियो व्यवस्था नरहेको मौका छोपी पत्रकारको भेषमा गएको अभियुक्तक गन सुट गरी भागेको थियो । गोली लागे लगतै आबे सान भुईंमा ढले । तुरुन्त अस्पताल पुर्‍याइयो । तर उनी संसारबाट बिलिन भए ।

यो युग असल मान्छेहरुको लागि होइन रहेछ । जस्ले जीवनभर आफ्नो ख्याल नगरी जनताकै लागि अहोरात्र खटे, आफ्ना देशका नागरिकहरुको शान्ति सुरक्षाको कडा ब्यबस्था मिलाएर जापानलाई संसारकै सुरक्षित देशको सुचीमा राखे, तर आज बीच सडकमा अपराधीको हातको गोली खाँदै गर्दा उनको सुरक्षा कसैले पनि गर्न सकेन । सुशासन र इमानदारिताको एउटा युगको अन्त्य भएको कालो दिन ।

१३, १४ वर्ष जापान बसेको आफ्नो कर्मथलो बनेको देश भएर होला माया धेरै छ जापानसँग । जनताको महत्वपूर्ण समय नलिनु, जनतालाई अलमलाई र झुट्टो आश्वासन नदिनु, जनतालाई खुशी दिन आफु अहोरात्र खट्नु, कोरोनाकालमा सम्पूर्ण कर्मचारीलाई घर बसिबसी ७० प्रतिशत तलब उपलब्ध गराई र विभिन्न नागरिकलाई अनेक सेवा सुविधा दिई जनताको राहतकर्ता बन्नु नै विशेषता थियो उनको । यसका बाबजुद पनि स्वास्थ्य अवस्थाको कारण आफूले जनताको लागि समय दिन नसकेको भनी प्रधानमन्त्रीबाट राजिनामा दिने यस्ता महान व्यक्ति आज आतंककारी प्रवृत्तिको आफ्नै नागरिकबाट निर्मम गोली प्रहार भई अल्पायुमा ज्यान गुमाउन पुगे । आबे सानको चिर शान्तिको कामना ।

अलबिदा आबे सान ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button