
नोम चोम्स्की ‘एन्ड’ भाषा
सुशीला शर्मा
भाषा बैज्ञानिक, दार्शनिक, राजनैतिक अभियन्ता, लेखक नोम चोम्स्की म्यासाच्युसेट ईन्स्टिच्युट अफ टेक्नोलोजीका अवकास प्राप्त प्रोफेसर हुन् । यिनको जन्म संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा भएको हो । यिनको शिक्षा पेन्सिलभेनिया विश्वविद्यालयबाट १९४९ मा वि.ए.१९५१ म एम.ए.र १९५५ मा पि.एच.डि गरेका हुन् ।
चोम्स्कीलाई जेनेरेटिव ग्रामरको सिद्धान्तका प्रतिपादक एवं विसौं शताब्दीका भाषा विज्ञानमा ठूला योगदानकर्ताको रुपमा मानिन्छ । चोम्स्कीले मनोविज्ञानका ख्यातिप्राप्त बैज्ञानिक वि.एफ. स्किनरको पुस्तक भर्वल विहेवियरको आलोचना लेखे जसमा सन् १९५० को दशकमा व्यापक स्वीकृतिप्राप्त व्यवहारवादको सिद्धान्तलाई चुनौती दियो । जसले कग्नेटिव मनोविज्ञानमा एकप्रकारको क्रान्तीको शूत्रपात भयो । उनको अध्ययनले मनोविज्ञानको अध्ययन एवं शोधमात्र प्रभावित भएन भाषाविज्ञान, समाजशास्त्र, मानवशास्त्र जस्ता कैयन क्षेत्रमा आमूल परिवर्तन आयो ।
आर्टस् एण्ड हयुम्यानिटिज साइटेसन इण्डेक्सका अनुसार १९८०÷९२को दौरान जति पनि शोधकर्ता तथा विद्धानहरुले चोम्स्कीको लेखहरुबाट उद्धृत गरेका छन् । १९६०को दशकमा भियतनाम युद्धको आलोचनामा लेखिएको पुस्तक “द रेस्पोन्सिविलिटी अफ इन्टलएक्चुअल्स” पछि अन्तरर्राष्ट्रियस्तरमा मिडियाको आलोचक तथा राजनीतिका विद्धानका रुपमा चिनिन लागे । बामपन्धी एवं अमेरिकाको राजनीतिमा उनी एक प्रखर बौद्धिकको रुपमा परिचित र प्रतिष्ठित छन् । चोम्स्की एक व्यवहारवादी विचारक थिए । यिनले ठूलो काम भाषा मनोविज्ञानमा गरेका हुनाले यसैलाई यो लेखमा उल्लेख गरिएको छ । चोम्स्कीका अनुसार बालकमा व्याकरण र भाषा सिक्ने क्षमता जन्मजात नै आउँदछ । भाषा विकासको चोम्स्की सिद्धान्त सन् १९५९ मा प्रकासित भएको थियो । उनको यस सिद्धान्तका अनुसार भाषा आर्जन गर्ने क्षमता केहि निश्चित समयसम्म हुन्छ । बालकको भाषा ग्रहण क्षमता शुरुआती ५ वर्षसम्म प्रभावशील हुन्छ । यस पश्चात हामीलाई कुनै पनि भाषा सिक्न कठिनाई हुन्छ किनकि यो क्षमता विस्तारै कम हुँदै जान्छ ।
चोम्स्कीका अनुसार बालकमा भाषा ग्रहण यन्त्र हुन्छ र जसको सहायताले उनीहरु कुनै भाषा तीब्र रुपमा सिक्न सक्छन् । यो यन्त्र हाम्रो दिमागको एक भागमा हुन्छ । जसलाई निकालेर हेर्न त सकिदैन तर यो प्राकृतिक देन हो । तर यो पनि सत्य हो कि बालकको त्यो भाषा सिक्ने क्षमतालाई वातावरण र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
चोम्स्की सिद्धान्तको विशेषतालाई सरर बुझ्दा यो जन्मजात क्षमता हो । भाषा सिकाईलाई पर्यावरणले असर पार्दछ । भाषाहरुबीच सम्बन्ध हुन्छ र यिनीहरुको तत्वमा एकदेखि दोश्रोसंग सम्बन्ध हुन्छ । कुनै पनि प्रकारका भाषालाई संज्ञा, क्रिया र विशेषणको आधारमा विभक्त गर्न सकिन्छ । भाषा तथा ब्याकरण सार्वभौमिक हुन्छ । भाषा सिक्नुका अतिरिक्त ब्याकरण सिक्दा भाषामा शुद्धताको मात्रा बढ्ने गर्दछ । त्यसैले भाषा सिक्नु र व्याकरण सिक्ने प्रकृया सार्वभौमिक हो ।
चोम्स्कीका अनुसार विद्यार्थीहरु भाषा ग्रहण गर्ने सिलसिलामा दुईवटास्तरको उपयोग गर्दछन् । सतही संरचना र गहिरो संरचना । सतही संरचनामा विद्यार्थीहरुले सिर्फ भाषाको ध्वनी र शब्दज्ञान प्राप्त गर्दछन् तर यसको अर्थ बुझ्न असमर्थ हुने गर्छन् । उदाहरणको लागि खानु,पिउनु, आमा बुवा आदि ।
गहिरो संरचनामा बालकले शब्द र ध्वनीको अर्थ बुझ्न थाल्दछन् । यसको विस्त्रित व्याख्या गर्न समर्थ हुन्छन् । यस अन्तर्गत विद्यार्थीले कुनै पनि बस्तुको परिभाषित गर्नको लागि उपयुक्त शब्द चयन गर्न सक्दछन् । यो उनीहरुको भाषाको विकासको परिपक्व रुप हुने गर्दछ । चोम्स्कीका अनुसार बालकले जन्मजात प्राप्त गरेको भाषा सिक्ने क्षमताको विकास गर्ने कार्य समाजद्धारा हुने गर्दछ ।
अवश्य पनि नोम चोम्स्कीले भने जस्तै मानिसको एकापट्टि दिमागमा भएका भाषा ग्रहण यन्त्रलाई परिपक्व र असल पर्यावरणको बनाउने काम पनि ठूला मानिसहरुको हो । हाम्रा छोराछोरीहरुका भाषा ज्ञान,उनीहरुले बुझेको रयाप व्याटल संस्कृति, ठूला अझ नेता भनिनेहरुले नै पनि अनौपचारिक रुपमा बोल्ने अश्लिल मानिएका भाषा अभिब्यक्तिबारे पनि अबका दिनमा बहस गर्नुपर्ने भईसकेको छ । भाषा भाषा मात्र नभइृ यो शब्दमार्फत उच्चारण हुने सञ्चार हुने मनसाय पनि हो । अभिब्यक्त मनसायलाई प्रष्ट र स्वीकार्य बनाउने काम त फेरि मानिसकै हो । चोम्स्कीलाई बुझ्दैगर्दा यति चाँहि ग्रहण गर्दै गर्नुपर्छ होला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)