मेक्सिकोमा ओसियन मिटिङ, नेपालमा बस मिटिङ !

ईक्टापा क्लव मेड प्यासिफिक समुन्द्र नजिकै पुग्दा–१

प्रतिभा सुवेदी
संस्थापक अध्यक्ष, नारी चेतना केन्द्र, नेपाल

गरीबी निवारण हुनपर्छ भन्ने विश्वासका साथ काम गरिरहेका ५ सय मानिस । मैदानमा कार्यरत र परिवारिक फाउन्डेसन स्थापना गरेका स–साना दाताहरुको भेला । मेरो मनमा चाहिं यो गरीबी निवारण वारेको सम्मेलन किन यस्तो ठाउँमा आयोजना गरेको होला भन्ने लागेको थियो ।

आयोजकहरुले चाहिं कहिलेकाहि दुखका कुरा दुखी भएर मात्र होइन, राम्रो वातावरणमा बसेर गर्न पनि हुन्छ भन्दै थिए । धेरै सहभागी अमेरिकन संस्थाहरुसँग आवद्ध थिए । उनीहरुलाई खास मंहगो पनि परेन । विभिन्न विकासकार्यमा लागेका मानिसलाई आफनो व्यक्तिगत प्रयासमा सहयोग गर्नेहरु धेरै आएका थिए । कुन किसिमले सहयोग गर्दा सहि तवरमा मद्धत हुनसक्छ भन्ने चासो थियो ।
इक्टापा क्लव मेड प्यासिफिक समुन्दको छेउमा भएकाले पर्यटनको आकर्षणको केन्द्र पनि रहेछ । तसर्थ यो मेड क्लव वल्ड बैंकको अगुवाईमा बनाइएको होटल रहेछ । प्रकृतिको नजिक पुग्न र समुन्द्रको तरंग र छालहरुसँग रमाउन समुन्द्र नजिकको होटलमा जाने पनि रहेछन् । समुन्दमा पौडी खेल्दै किनारमा घाम ताप्ने अनि सेतो गोरो छालालाई कालो बनाउने प्रयास पनि गर्दा रहेछन् ।
मेक्सीको शहर हुदै पुगिने ईक्टापामा यो भेला गराउने अपरचुनिटी कोलावोरेसन नामक यूएसको सामाजिक संस्थाको प्रयास जारी छ । महिलाहरुका इतिहासमा पहिलो संयुक्त राष्ट्र संघीय महिला विश्व सम्मेलन सन १९७५ मा मेक्सिको शहरमा भएको थियो भनेर धेरै पटक पढेको र यस विषयमा लेखेको पनि थिएँ । मेक्सिको शहरको नाम मनमा कण्ठ थियो । यो सम्मेलनमा भाग लिन आउँदा मेक्सिको शहर पनि देखियो । सम्मेलनमा भाग लिन मलाई बोलाउने श्रेय भने विकास कार्यकर्ता महिलाको थियो । उनको सिफारिसमा मलाई निम्ता आएको थियो । राजसंभीनी वंशाली जो तत्कालिन इन्टरनेशनल डेभलपमेन्ट फर एक्सचेन्ज (आइडेक्स) नामक अमेरिकाको सानफ्रान्सिसमा रहेको विकास संस्थाकी निर्देशक थिइन् ।

सम्मेलन स्थान त धेरै राम्रो थियो । साथै खानाको परिकार पनि धेरै थरी थिए । खानापछि वा अघि बार पनि खुला हुन्थ्यो । धेरैले गिलास पनि समातेका हुन्थे । तर अनुशासित तवरबाट पिउँथे । क्लब मेडमा बस्दा पौडी खेल्न होटलको हातामा पनि स्वीमिङ पुल थियो तर समुन्द्रमा पनि जाने गर्थे ।समुन्द्रमा पौडी खेल्न जाँदा भने स्वीमिङ कस्टम लगाएपछि रुमाल बेरेर नै जानु पर्ने थियो । अनि फर्कंदा बस्ने कोठासम्म आउन पर्ने थियो । किनकी त्यहाँ लुगा फेर्ने र नुहाउने कोठा थिएन । रुमाल बेरेर नै फर्कन्थ्यौँ र त्यतिकै लन्चमा वा वारमा आएर खान बस्न हुने पनि रहेछ । संस्कृति नै त्यस्तो ।
विहान योगा व्यायाम गर्ने चौरको बीचमा छाप्रो जस्तो थियो ।

कुरा सन् २०१५ अक्टोवरको हो ।

ओसियन मिटिङ भन्ने शव्द सुन्दाचाहिं मलाई अचम्म लागेको थियो । पौडी खेल्दा कार्यालयका कामका कुराहरु पनि गर्यो । समुन्द्रमा आधा जिउ डुबाएर बस्यो । मिटिङ पनि कार्यालयका कुराहरु पनि गर्यो । त्या ओसियन मिटिङ रे । त्यसो भए बसमा यात्रा गर्दा हामीले कार्यालयका कामका कुरा गरेमा बस मिटिङ भने भैहाल्यो नि । नेपालमा पनि प्राय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा फोन गरेर कसैलाई खोज्यो भने उहाँ मिटिङमा हुनुहुन्छ भन्ने उत्तरमा मलाई पनि छक्क नै लाग्ने गथ्र्यो । सरकारी अफिसहरुमा पनि उहाँ मिटिङमा हुनुहुन्छ भन्ने प्रचलन नै बनेको छ ।

सन् २०१६ मा चाहिं हामी हाम्रो संस्थाबाट तीन जना मेक्सिको गएका थियौं । त्यहाँ हाम्रो अनुभवमा आधारित सामुदायिक विकास अन्तर्गतको बचत ऋण कार्यक्रममा बचत र लगानीका प्रक्रियाहरुबारे छलफल रहेको थियो । नेपाली ग्रामीण महिला समूह र उनीहरुका आर्थिक क्रियालाप अनि त्यसका लगि उनीहरुको बचत संकलनको तरिका, चुनौती र समस्याका बारे अनुभव आदानप्रदानका क्रममा मेक्सिको आयौँ ।

हामी तीन जनामध्ये दुई जनाको अमेरिकाको भिसा थियो । एकजना साथीले भने मेक्सिको भिषाका लागि आवेदन दिन पर्ने थियो । दिल्लीमा दूतावास रहेछ । त्यहाँ गएर भिसा निवेदन दिन पर्ने अनि ज्यादै कन्जुस गर्दा रहेछन् । अचम्म लागेको विषयचाहिं मेक्सिकोको भिषा हतपति दिदोरहेनछ । किनकी मेक्सिकोवाट अवैध तवरले मानिसहरु अमेरिका जाने गर्दा रहेछन् । नेपाली मात्र होइन अफ्रिका, भारत र नेपाल जुनसुकै देशका सहभागीलाई पनि मेक्सिकन भिसा पाउन कठिन भएको थाहा पायौँ । गीता दाहालले दिल्ली गएर मेक्सिको भिषा पाउन सफल भइन् । म र सृजना पौडेल कतार एयरवेजवाट दोहा हुँदै अमेरिका हुँदै अनि गीता ओमन, पेरिस हुँदै मेक्सिको सम्मेलनस्थल पुगियो । मेक्सिको सीधा जाने साथीलाई नेपालको टिकट काउन्टरदेखि नै मेक्सिको किन जाने भनि सोधपुछ गरी मुश्किलसँग यात्रा पुरा भयो ।

हाम्रो जस्तो महिला बचत ऋण समूहको आर्थिक कारोवार जुन अनौपचारिक वित्तिय सस्थाबाट फाइदा लिन सक्दैनन् उनीहरुका लागि विकल्प भएको छ । र काम दिगो शैलीको देखेर उनीहरुले सिकेर द्यगभल ख्ष्खभच ँगलम नाम दिएर एउटा कोष खडा गरेछन । त्यो कोष संचालनका लागि कसरी गर्ने भनेर सवैको विचार लिने क्रममा अनुभवी जतिलाई संस्थापक सदस्य बनाईएको थियो । विश्वका विभिन्न भागका १६ वटा संस्थाहरुका प्रतिनिधिहरु मध्ये हामी नेपालवाट नारी चेतना केन्द्रका हामी पनि ायगलमष्लन अष्चअभि या द्यगभल ख्ष्खभच ँगलम निर्माण समूहमा छानिएका थियौ ।

यो कार्यक्रम सन् २०१६ अक्टोवर ९ देखि १६ मा आयोजना गरिएको थियो । विभिन्न देशका विकास कार्यकर्ता र लगानीकर्ता भेला भएका थियौ । अमेरिकामा मुख्य कार्यालय भएको ईन्टरनेसनल विकास अनभव आदानप्रदान संस्थासँग साझेदार भै काम गर्ने नारी चेतना केन्द्र जस्ता संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सबै सहभागीहरु मेक्सिको शहरको कासा सिट्ला नामक तालीम केन्दमा भेला भयौ । खाने बस्ने वन्दोवस्त थियो । मेक्सिकन किसिमको खाना नेपालीसँग मिल्दोजुल्दो र मिठो थियो ।

विभिन्न देशका महिला र केही पुरुषहरुले आफुले गरेको काममा कसरी यो विचार समाहित गर्न सकिन्छ भनेर छलफल गरी रणनीति बनाएका थियौ । किनकी, हामी पनि समुदायमा आर्थिक कार्यक्रम भनौँ वा विपन्न महिलाहरुका लागि वैकल्पिक आर्थिक क्रियाकलाप गर्न सफल रुपमा संचालन गरेका मध्यमा पर्दछौ । त्यहाँ मैले व्युन भाइभर भन्ने शब्दावली सुनेँ । समुदायमा न्यायसंगत तवरबाट आर्थिक श्रोत लगानी गर्ने र उनीहरुका फाइदालाई ध्यानमा राखेर समुदायमा पुन आम्दानी वृद्धि हुने गरी लगानी गर्ने पद्धतिलाई यो नाम दिएका रहेछन् । एक किसिमले समूह बचत सहकारीहरुले वचत र लगानी गरेको जस्तो पनि रहेछ ।

यसरी अन्य देशमा र हाम्रो परिवेशको बचत ऋण समूह, आमा समूह जस्तो र सहकारी जस्तै कार्यक्रम उनीहरुले पनि गर्न चाहेर अमेरिकाको सान्फ्रान्सिकोमा पनि समूह गठन गरी कार्यक्रम शुरु भएको छ ।
क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button