बालापनका साथीलाई चिठी
मातृका भण्डारी मुना
प्रिय् मित्र ! आज धेरै दिनपछि तिम्रो यादमा
मनभित्रका कुरा खोल्दै तिम्रो लागि
यो पत्र कोर्दैछु ।
अनि ए साथी के छ्त खबर भनन् दिपु
साँच्चिकै मलाई भुल्यौ कि कसो ?
तिमीलाई थाहा छ, हामी दुई गोठालो जाँदा
पाकेको बेल टिपेर फोरेर
खाथ्यौं नि है ?
सायद तिमीले बिर्स्यौ क्यारे हाम्रो
त्यो रमाइलो पलहरु ।
मलाई त अहिले जस्तोलाग्छ सम्झना
सबै ताजै छ दिपु मेरो स्मरणमा
ती दिनहरु ।
शनिबारै पिच्छे गाई बाख्रा चराउन जान्थ्यौं
कहिले कालीअंगेरी खान्थ्यौं
र एक अर्काको जिब्रो कति कालो भयो
भनेर हेराहेर गर्थ्यौं ।
सम्झ त दिपु, एकान्तमा बसेर कत्ति
प्रेममय थिए हाम्रा अतितका ती क्षणहरु ।
कत्ति मार्मिक थिए त्यो बनपाखा
रन्काउँदै हाम्री यान कि तिमी र
मैले दोहोरीमा हानेका ।
प्रत्येक उत्तरमा शब्द शब्दैपिच्छे तिता मिठा ती झटाराहरु
तिमीले कसरी बिर्सनसक्यौ दिपु ?
घरीघरी सम्झन्छु मलाई लाग्छ तिमीले
यति चाँडै कसरी भुल्न सक्यौ
दिपु यस्ता पलहरु ।
सायद तिमी छोरा मान्छे भएर होला
तिम्रो लागि यी सब हिँड्न छोडेका
बाटा होलान हो गि दिपु ?
तर म त छोरी मान्छे परेँ
त्यसैको प्रभाव
यो मुटुको कुनामा अझैसम्म
जस्ताको तस्तै छ दिपु ।
सुन न ऐ दिपु सबथोक बिर्से पनि
मैले तिमीलाई मायाले गरेको सम्बोधन
कहिले नबिर्स है ल कालु ।
अनि ए मायालु यो चिठी झर्को नमानी
पढेर तिम्रो सिरानीमुनि जतनले राख न है ?
ल ।
अन्त्यमा बाँकी मनको कुरा अर्को पत्रमा सुनाउने
वाचा गर्दै आजलाई बाईईईई गर्ने
उहि तिम्री पुरानी साथी
दिपिका ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)