
महिलामैत्री समाजमा महिलाकै भुमिका देख्छु म त
मिरा पुडासैनी
मुलपानी ६
लैङ्गिक हिंसाका अन्त्य नहुनु के पितृसत्ताकाे मात्र दाेष हाे त ??
म लैंगिक हिंसा अन्त्यको लागि प्रतिबद्ध छु । के तपाईं हुनुहुन्छ ? “लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धता”
१६ दिने लैङ्गिक हिंसा अभियान चलिरहेकाे बारे ममतालाई थाह नभएकाे हैन। ममता, एक शिक्षित कामकाजी महिला । उसका निम्न मध्यम बर्गिय परिवारका बा आमाले त्याे समयमा पनि छाेरीलाई शिक्षामा लगानी गर्नु पर्छ भन्ने जानेरै त हाेला स्नातक सम्मकाे पढाइ पूरा गराएरै बिवाह गरिदिएका थिए । भान्सा सगैकाे बैठक काेठाकाे टेलिभिजनबाट लगातार एक पुरूषकाे आवाजमा उक्त लैङ्गिक हिसा अन्त्यकाे लागि प्रतिवद्दताकाे नारा बजिरहेकाे सुनिरहेकि थिई। बस् उसलाई त कहिले काम सकिएला र एकक्षण आराम गर्न पाउछु भन्ने भईरहेकाे थियाे ।
शरद ऋतुकाे खुलेकाे माैसम तर उसकाे मन त्यति खुलेकाे नहुन सक्छ । हरेकक वर्षका झैं चाडवाड अघि र पछिका केहि दिनहरू सरसफाई, घर धन्दा, भात भान्सा, किन मेल, घर र अफिसका नियमित कामहरू हरेक घरका महिलाहरूका पेवा जतिकै हुने गर्छन्। ममता लाई त्यसाे त कहिल्यै फुर्सद हुने हैन । त्यसमा पनि चाडबाड, तिथि श्राद्द, आदिमा त झन फुर्सद निकाल्नै मुस्किल पर्छ । परिवारमा एक्लै बुहारी, तीन तीन सन्तानकि आमा, बुढा सासू र ससुरा अनि व्यस्त कामकाजी श्रीमान । कसलाई काम सघाउन भन्नू र खै ? उसलाई काम सक्ने चटाराे नै थियाे । भाेली देखि त अफिस पनि खुल्ने । त्यसाे त ढुङ्गा लाई माटाेकाे भर माटाेलाई ढुङ्गाकाे भनें झैं सासू ससुराले पनि सकेकाे काम सघाऊनु नै हुन्छ। छाेराछाेरीकाे पढाईलेखाईमा हेर्नू परेर्काे छैन ।
आजकल साना र हल्का फुल्का काम त छाेरा छाेरीलाई नि अर्हाउने गरेकि छे । छाेराछाेरीलाई घरव्यवहारका काम लगाउनु पर्छ, अर्हाउनु पर्छ भन्ने लाग्छ उसलाई, कमसेकम घरमा के कस्ता काम हुन्छन्, कसरी गर्नुपर्छ भन्ने थाह हुनुपर्छ र हाेस् भन्ने चाहन्छे ।
नत्र त घरपरिवार र सामाजिक व्यवहारकाे कतिपनि ज्ञान नलिकन आजकलका छाेराछाेरी विदेशी भुमिमा पलायन हुन थालेका छन् । सामाजिक मूल्य र मान्यताकाे थाेरै ज्ञान त दिनै पर्याे । त्यसैले भात भान्साका काम बारे छाेरा छाेरीले पनि जान्नु पर्छ भनेर उसले अलि अलि भान्सा र सरसफाईका काम गर्न छाेरालाई नि लगाउने गरेकि छे ।
“आ ! याे वर्षलाई दशैं र तिहार जसाेतसाे सकियाे । अब याे बर्षलाई चटाराे सकियाे”, निश्चिन्त हुन्छे । भाेली बाट त तिहार विदापछिकाे अफिस सुरू, भान्सा र पुजा काेठा सरसफाई र ठुला भाडाँकुडा माझी थनक्याउने तरखरमा थिई। काम त जति गरे पनि नसकिने के हाे के ?
उसकाे मनसगँकाे दाेहाेरी निरन्तर चलिरहेकाे छ, “फेरि घरकाे मात्र भए पाे, हामी कामकाजी महिलाहरूका पीडा त कति कति, गार्हाे पाे छ त, याे कसले बझ्ने खै ?” मन मनै खिन्न हुन्छे ।
अहिलेका कामकाजी बुहारीका समस्याहरू धेरै नै छन् ।
उबेलाकाे जस्ताे पुरूषले कुल घरानकि छाेरी बिवाह गरेर आफूले बाहिरी काम गरेर अर्थाेपार्जन गर्ने अनि भात भान्सा, खेती पाती र छाेरा छाेरी हेर्ने श्रीमतीकाे काम मात्र हाे भन्ने समय रहेन ।अव त पुरूष र घरपरिवारले पनि कुल घरान साथ साथै शिक्षित र कमाउने श्रीमती अनि बुहारी खाेज्ने समय आईसकेकाे छ । त्यसैले गर्दापनि घरव्यवहार र अर्थाेपार्जन गर्नु पर्ने दाेहाेराे अनि छाेरा छाेरी जन्मिसकेपछि त सन्तान हुर्काउने जिम्मेवारीपनि थपिदा त झन् गार्हाे पाे छ त महिलालाई। यस्ता कुराहरू बुझिदिने घरपरिवार र श्रीमान भईदिए त अलि ठिकै हुन्थ्याे हाेला । पुरूषहरूले महिलाका समस्या सजिलै बुझन् त कहाँ सक्छन् र ? छाेरा भनेकाे छाेरै हाे, दिनभरि गाउँ गाउँ हिड्ने लण्ठु भएपनि घरायसी काम गर्नु हुन्न भन्ने मानसिकता उसैमा र परिवारमा पनि रहेकाे उदाहरण ममताले नदेखेकि हैन । यस्ताे कुरा बुझ्ने सासूहरू कमै हुन्छन् समाजमा । बुहारीहरूले त विवाह गरेर आएकै दिनदेखिनै भण्डार र ढुकुटीका ताला चावी बाहेक काम र घरव्यवहारका सम्पूर्ण जिम्मेवारीहरू लिनै पर्छ भन्ने साेचाई धेरैमा पाईन्छ। आजका जमानाका छाेरीहरू जाे बुहारी बन्दै हुन्छन् नि उनीहरू मानसिक रूपमा व्यवहार र जिम्मेवारी लिन तयार भएका हुँदैनन् । यसैले त घर र कार्यलयकाे दाेहाेराे जिम्मेवारी सम्हालिरहेका कामकाजी बुहारीहरूलाई निक्कै गार्हाे छ ।
सासू आफुले जमानामा गरेकाे जस्ताे काम त तिनिहरूका बुहारीलाई गर्नै नपर्ने अनि पर्याे भने पनि गर्नै सक्दैनन् भन्ने लाग्छ कतिपय सासूहरूलाई । समय अनुसारका जिम्मेवारी त जाे काेहिले निभाईरहेकै हुन्छन्। सासूहरूका जमघटमा यस्ता कुराहरू भईरहे जस्तै ममताकि सासू ले पनि सधैं केही न केही सुनाउने गरिरहन्छिन ।
“अहिलेकाे कतिपय बुहारीहरूले झैं दाेहाेराे जिम्मेवारी निभाउन परे के गर्दाहुन है यी सासूहरू” अस्ति भर्खर अफिसमा गरेकाे कुरामा प्रमिलाले गरेकाे गुनासाे उसले सम्झि ।
सासूहरूले बुहारीहरूकाे चर्चा गरे जस्तै बुहारीहरूकाे माझमा पनि सासूकै चर्चा त हुने हाे नि । मान्छेकाे जात सबलाई आफैलाई परेकाे, अनि आफैले गरेकाे नै ठुलाे लाग्ने याे कस्ताे राेग हाेला ? याे सम्झिएर ममता पनि रन्थनिन्छे ।
समय, प्रविधिकाे विकाश र परिस्थिति अनुरूप सँसार चलेकाे हुन्छ । शिक्षा र राेजगारीले आर्थिक सम्पन्नता र प्रविधिकाे पहुँचले आजकाे पुस्ताका कतिपय कामहरू सजिला बनाईदिएका छन् । तर अधिकांश पुराना पुस्ताका सासूहरूलाई बुहारीहरूलाई मिलेकाे याे सहुलियत भने खाशै मनपरेकाे हुँदैन। याे कुरा सासू पुस्ताले त्यति सजिलै पचाउन सकेकाे पाईदैन।
अनि अहिलेका बुहारीहरू पनि पुराना जमानाका सासूहरूका अनुभवहरू सुन्न चहाँदैनन् । त्यसैले कतै सासूका कारणले कतै बुहारीका कारणले पनि आजकल घरपरिवारहरूमा सामाजिक टक्राव देखिने गरेकाे छ ।
ममता लाई पनि बेलाबेलामा यस्ताे कुराहरूले सताईरहन्छ । घरपरिवारमा यदि सासूकाे सहयाेग र समर्थन नमिल्ने हाे भने बुहारीहरूलाई गार्हाे पर्छ । त्याे भन्दैमा उ बेला यस्ताे गरियाे,उस्ताे गरियाे, यस्ताे गरेर घर गरेर आयाैं भनेर बुहारीहरूलाई सुनाईरहँदा पक्कै बुहारीलाई राम्राे नलाग्न सक्छ र समस्या आउन सक्छ। अझ्झ उमेर हुँदै गईरहेका उनीहरूलाई नै समस्या पर्न सक्छ। परिवारमा बाबू आमाले आ आफ्नै बल र वर्कतले भ्याएसम्म छाेरा छाेरीका निम्ति गर्नुपर्ने कर्तव्यलाई जवर्जस्ति लाँद्नु हुँदैन । सन्तान जन्मिनु हुर्काउनु, पढाउनु लेखाउनु नियमित प्रक्रिया नै हुन । छाेराले गर्नुपर्ने कर्तव्य हुन सक्ला तर आफ्नाे पालाका ताना र वाना सुनाएर अर्कै परिवेशबाट भित्र्याईएकि बुहारीलाई तनाव दिनु पक्कै बुद्दिमानी हाेईन भन्ने ममतालाई लागिरहन्थ्याे ।
ममताले यस्ताै कुरा बेला बेलामा सुनिनै रहनु परेपनि खाशै वास्ता गर्दिन थि, त्यतिबेला त जस्ले नि गरिहाल्थ्याे नि जमानै त्यस्ताे थियाे भनेर कहिलेकाही जवाफ सुनाउन पनि भ्याउँथि। जतिसुकै बुझेका जस्ता देखिएपनि सुनाउन पाकाे ठाउँमा त कस्ले बाँकि राख्थ्याे र ?
त्याे समाजकाे परिवेशमा पढेलेखेकि कामकाजी, ऊ कहिल्यैपनि व्यवहारका काम पर्दा पछि हटिन, नाता गाेता, ईष्ट मित्र, कुटुम्ब कसैलाई जानेर नराम्राे गरेकि छैन। जे जस्ते जानेकि छ, जे जस्ताे सकेकि छ चाडवाड, तिथि श्राद्द सबैमा सबैलाई आफ्नाे गच्क्षे अनुसार गरेकि छ। साँचाे र खराे बाेल्ने बानी छ ,गलत लाई गलत नै हाे भन्ने बानी र सकेसम्म अन्याय नसहने उसकाे बानीले कहिले काहीँ अप्ठ्यारोमा पार्ने गरेकाे छ ।
नारी अझ बुहारीले त सहनै पर्छ भन्ने मानसिकताले ग्रस्त हाम्राे समाजमा उसकाे त्याे बानीले कहिलेकाही अप्ठ्यारो पारेपनि आफ्नाे कुरामा सधैं अडिक र स्पष्ट छे।
उसलाई कामकै चटाराे थियाे , भाेलीकाे निम्ति केही काम बाँकि नरहाेस् भनेर उ छिटाे छिटाे काम सक्ने तर्खरमा छ । घरमा अझैं केही पाहुना बाँकि नै छन्। तिनलाई खाजा नास्ता पकाउने तरखरमा लागिरहेकि उसले सगैंकाे काेठामा भईरहेकाे गफगाफ सुनिरहेकि छे ।
उसकी सासू आफ्ना छाेरीहरूकाे तारिफ, उनीहरूले गरेका कुराहरू सगर्व सुनाईरहेकि छिन। पाहुनाहरू त्यहाँ आ आफ्ना छाेरीहरूकै बखान गरिरहैकै थिए ।
सबै छाेरीहरूले आ आफ्ना घरमा नै त गर्ने हाे नि भनेर कस्ले बुझाउने खै ? अनि तिनका बुहारीले पनि त आफ्नै घरमा त व्यवहार गरिरहेका छन् त । छाेरीका बखानमा नथाक्ने तिनका आवाजहरू किन बुहारीले गरेका कामहरूमा पर्दैनन् ।
“छाेरी आफ्ना राम्रा अनि बुहारी चाहिँ अरूका राम्रा” भन्ने त्यसै सुनिएकाे हैन हाेला । यहि भएरै बुहारीहरूले पनि सासूहरूमा आफ्ना आमाकाे झैं छवि नदेखेका हाेलान् । ममतालाई नराम्राे लाग्छ। जति नै काम गरेपनि उसले कहिल्यै सासूकाे मुखवाट उसकाे राम्राे पक्ष सुनाएकाे थाह छैन। बरू गरेका कामहरूमा खाेट ओैल्याउने काम भने भएका छन् ।
सासू पनि आमा नै हुन भनिन्छ भन्नलाई त तर अपवाद वाहेक धेरै जसाे सासूहरू आमा बनेका पाईदैनन्, न त बुहारी छाेरी झैं बनेका पाईन्छन् । यस्मा कस्काे दाेष हाेला ?
लैङ्गिगक हिंसाका विरूद्द १६ दिने अभियान चलाईरहेका बेला ममतालाई महिलाका विरूद्ध महिलाले गर्ने गरेका हिसांकाे लामाे फेहरिस्त राख्न मन थियाे, जुन उसले यहि समाजमा सासूले बुहारीलाई, बुहारीले सासूलाई, नन्दआमाजूले बुहारी र हरेक परिवारमा कहि न काेहि न काेहि महिलाले अर्कि कुनै महिलामाथि नै गरेकाे हिंसा देखेकी, सुनेकि र कहि कतै भाेगेकिपनि थिई ।
उसलाई लाग्छ, याे पितृसत्तात्मक समाजमा जवसम्म एउटी महिलाले अर्की महिलाकाे अस्तित्वलाई सजिलै स्वीकार्न सक्दैन नि तबसम्म अपवाद बाहेक लैङ्गिक हिसांकाे नाममा केवल पितृसत्ताले नै अपजस पाईरहन्छ । नत्र त किन धेरै जसाे घरमा ससुरा बुहारीकाे सम्वन्ध त्यति विग्रिएकाे हुँदैन जति सासू र बुहारी वा महिला सदस्यहरू विचकाे सम्वन्धमा तिक्तता देखिन्छ ।
महिलाका समस्यालाई नजिकवाट नियालिरहेका सासू अनि बुहारी त परिपुरक हुनु पर्ने हैन र ? किन सजिलै कतिपय सासूहरूले बुहारीकाे अस्तित्व स्वीकार्दैनन् अनि कतिपय बुहारीहरूले पनि विवाह गरेर भित्रिने बित्तिकै किन त्याे घर, अनि श्रीमानमा आफ्नाे मात्र हक लाग्छ झैं गर्छन हाेला ? बुहारीले पनि उसकाे श्रीमानलाई उनै सासूले जन्माएकाे छाेरा बिबाह गरेकै दिनदेखि उसकाे मात्र हुनुपर्ने जस्ताे गरि व्यवहार गर्न सक्छन् ? अनि सासूलेपनि त घरमा भित्रिएकि बुहारी जाे आफू जन्मिएकाे घरपरिवार र सर्वस्व त्यागेर आएकि छे उसलाई पराई देखेर आफ्नाे छाेरालाई आफूबाट टाढा पारिदिने भ्रम र आफ्नाे अस्तित्व प्रति असुरक्षा भएकाे महसुस गर्न थाल्छन् ।
श्रीमान, वा छाेरा जाे भएपनि एउटा पुरूषकाे निम्ति आमा र श्रीमतीकाे स्थान बरावर हुनुपर्छ भन्ने सायद दुवैले बुझ्नु पर्ने हाे । अनि दुवैप्रति समान व्यवहार र सहअस्तित्वकाे ज्ञान परिवारका सबै सदस्यमा भईदिए परिवार र समाज बेग्लै हुने थियाे कि। बेलाबेला ममतालाई याे लागिरहन्छ ।
मानिसकाे जीवनमा हरेक सम्वन्धका आ आफ्नै विशेषता अनि महत्व हुन्छन् । कुनै पनि सम्वन्धमा बाँधिईनु नियम हाेला र हुनसक्छ तर वन्धन भन्ने बित्तिकै त्यहाँ स्वतन्त्रता कहाँ रहन्छ त ?
त्यहि भएरै जन्मेपछि जाेडिएका सम्बन्ध र जन्मसगैं जाेडिएका सम्वन्धमा केही फरकपन हुनेगरेकाे। यस्तै साेचाई आउथ्याे ममतालाई पनि, हरेक वन्धनमा पनि सम्बन्धकाे मिठास खाेज्दै जानू नै जीवनप्रतिकाे आफ्नाे धारणा बनाएकि थिई उसले । याे सम्झाैता हाे कि ? तर के त्याे एउटा बाेझ हैन र ? मनै नलागेपनि बाेक्नै पर्नै, भाेकै नभएनि खानै पर्ने ? मन खिन्न पार्दै सकारात्मक हुन खाेज्छे ममता।
यसरी सुमधुर सम्बन्ध वनाईराख्न नै यहाँ कतै सासूहरूले त कतै बुहारीहरूले सम्झाैता गरिरहेका छन्। कतै छाेराले त कतै बावुले पनि सम्झाैता गरिरहेका हाेलान्। सम्झाैता गर्न नसक्नेहरू याे बन्धनवाट भागिरहेका छन् घरै छाेडेर अनि देशै पनि छाेडेर।
यस्तै परिस्थिति सगँ सम्झाैता गरेर आफ्नाे आत्मसम्मानकाे निम्ति सङ्घर्ष गरिरहेका ममता जस्ता धेरै नारीहरूले पारिवारिक बन्धनबाट उन्मुक्ति खाेजे भने हाम्राे पारिवारिक सम्रचना कस्ताे हुन्छ हाेला ? त्यसैले महिला हिंसाकाे अन्त्य केवल पुरूषकाे साेच परिवर्तन र मानसिकताले मात्र निर्धारण गर्दैन एउटा समावेशी, महिलामैत्रि समाज आजकाे आवश्यकता हाे भन्ने कुरा हरेक नारी स्वरूपले बुझ्नु जरूरी भईसकेकाे छ । बिहान ६ बजे उठेदेखि काम सकाएर एकक्षण थकाई मार्छु भन्ने साेचेकि उ, साझँ ८:०० बजेसम्म ममता भान्सामै छे ।
एकाध घण्टापछि उसकाे विश्रामकाे समय हुनेछ। यस्मा भने उ निश्चिन्त देखिन्छे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)