म आफ्नै दर्दनाक जिन्दगीको कथा हुँ
घात
सुशील लामा
लिमासोल, साइप्रस
थाहा छैन
किन हो कुन्नी विनाकारण
विश्वासको बादल फाटेलगत्तै
कालो कुरुप आकाशको अनुहार चिरेर
तिमी क्रुर घातको घाम बनेर उदाएँ
अनि
अभिमानको टाकुरोमा घुँडा टेकेर
मेरो पिडित आत्माको गहिराईमा डुबेर
तिमी दृश्यपान गरिरहेँ
धेरै दुखेर दुख्न बिर्सेको
मेरो आलो पुरानो पीडाहरुको
छिनेर अलग भएको मायाको भावहरुको
नदेखिने मनको अनुभुतिमा अझै छ तिम्रो साथ
बिर्सन नसक्ने आहत तिमी घात ।
रात बितेपछि आउने बिहान बनेर झुल्किरहेँ
मौनतामा डुबेको मौन पीडा
मुटु टुटेको महसुस गर्दैं
थाहा नभएको अनविज्ञ भूमिकामा डुबिरहेँ
चकनाचुर भएर क्षतबिक्षत भएको हृदय
भ्रमित आश्वासनमा अन्धो भएर
मैले देख्न सकेन
मैले गरेको प्रिय छनोट
जुन गुमाएर अन्धकार भएको औंसिमय
आकाशजस्तै रहेछ तिम्रो साथ
मैले भोगेको आहत घात ।
धेरै अटल अग्लो विश्वास गरें
गहिरो झूटमा विश्वास गरें
आफैले आफैलाई बेवास्ता गरियो
आफ्नै आत्मासँग पटकपटक छल गरिरहेँ
बादलको दुनियाँमा
बालुवाको महल बनाउँदै
उत्साहित भएर उमंगको उत्सव मनाएँ
मैले मेरो मुटुलाई क्यानभास बनाएर
तिमीसँग बिताएको हरेक पलहरुको
सुन्दर चित्र बनाएँ
तिम्रो मायाको भुलभुलैयामा
आफुलाई त्यसैत्यसै भुलाई राखेँ
कति मीठो थियो तिम्रो साथ
जीवनभरी नबिर्सने गर्यौ घात ।
अब म चिराचिरा परेर
चकनाचुर सपनाहरुसँग बाँकी छु
एक डरलाग्दो यथार्थमा म यस्तैयस्तै देखिन्छु
पछुताउनु मन छैन मनले मनलाई सताउँदै
प्रेमको शोकमा पर्दा
फेल बनाउन आएको असफलता
आफैले बनाएको घाउको पीडा
बिचित्रमय दुखको दुखाई दिने धुन
म आफ्नै दर्दनाक जिन्दगीको कथा हुँ
खत बसिसकेको घाउहरूबाट सिक्दैछु
हृदयलाई पुनर्निर्माण गर्ने सपथ
सम्झना बाँच्न जानेको अँगालोको स्पर्श
जुनीभरी अनुभूतिमा बाँचिरहने
नपाउने मीठो साथ
भुल्न नसक्ने कालो घात ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)