मध्यरात थियो, चारैतिर सुनसान थियो अनि ओठमा मन्द मुस्कान थियो

कविता: मेरो जन्मदिन

रितिक दास

मध्यरात थियो
चारैतिर सुनसान थियो
आमाको आँखा भरी पिडाका आँसु
अनि ओठमा मन्द मुस्कान थियो ।

किनकि हातमा ईश्वरको उपहार
अनि परिवार भरी हर्षोल्लास थियो
त्यो रात ! त्यो समय !
मेरो जन्मदिन थियो ।

आफैमा बलवान थियो
मेरो जन्म भएको त्यो रात थियो
किनकि पुरै नौ महिना पछिको
घरमा खुसीको त्यो बर्सात थियो ।

टोल-छिमेकमा मेरै चर्चा र बात थियो
शिरमा हरेक आशीर्वादका हात थियो
सबैका काखमा म
अनि सब मेरो साथ थियो
त्यो रात ! त्यो समय !
मेरो जन्मदिन थियो ।

आज म २० वर्षको भए
आमा ४२ र बाबा ५२ को हुनहुन्छ
सपना अझ साँचेकै छ
इच्छा अझ बाचेकै छ ।

बा-आमाको आङमा सफा-सुकिला लुगा काँच्नु छ
अनि सङ्गै नाच्नु छ
आफू लागी नभए पनि, आफ्नाका लागी बाँच्नु छ
अनि सङ्गै रमाउनु छ
राम्रो पैसा कमाउनु छ ।

एउटा सुन्दर घर बनाउनु छ
छुट्टै पहिचान बनाउनु छ
बस् ! पुरा गर्न लाग्ने समय
मिहिनेत र परिश्रमको खाँचो छ !

त्यसैले, निरन्तर पाइला चाल्दै छु
आस र सास रहुन्जेल
यसलाई कायम राख्नु छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button