बेसरम रहिछ, कति ठूलो स्वरमा कस्तरी हाँसेकी !

माला लिम्बु

जमघटमा कुनै कुरा घत पर्यो, उल्लासको हासो हाँसिन् उनी ।

उताबाट कुरा आयो, ‘कस्तो बेसरम रहिछ, कति ठूलो स्वरमा कस्तरी हाँसेकी !’

अफिसमा बेरसम्म काम पर्यो आउन केही ढिला भयो ।

उताबाट कुरा आयो, ‘केटीको चालमाल ठीक छैन, देर रात घर फर्किने रहिछे ।’

बाटोमा चिनेको दाइ भेटियो, ढिला भएकाले लिफ्ट मागेर बाईकमा बसिन् ।

उताबाट कुरा आयो, ‘केटा फेर्दै बाईक चढ्छे ।’

हुँदाहुँदा, जमानामा कसैसँग माया बस्यो, कुरो मिलेन, प्रेम बीचमै टुट्यो ।

उताबाट कुरो उठ्यो, ‘केटी पहिल्यै पोइला हिँडेकी, परिवारले फिर्ता ल्याएको ।’

मन परेको पहिरन लगाईन्, हल्का मेकअप गरिन् ।

उताबाट कुरा आयो, ‘केटी नक्कली रहिछ, कतिविधि गुण्डेकी !’

अलिअलि त कुरो बढाउनै पर्यो नि । हैन र हजुर ? किनकि उनी केटी मान्छे हो, त्यो पनि आफ्नो केटोले आफै रोजेको ।

‘कुछ रीत जगत की ऐसी है, हर एक सुबह की शाम हुई
तू कौन है, तेरा नाम है क्या, सीता भी यहाँ बदनाम हुई
फिर क्यूँ संसार की बातों से, भीग गये तेरे नयना …’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button