
जन्मदेखि मृत्युसम्म ‘म’ नै ठूलो
राम्रो म
मेनुका शर्मा
अक्षर चिन्दा नै राम्राे “म” भनेर सिकियो । यसकारण म पात्रले कैयौँ आलोचना खेप्नु परेको छ । राम्रो हुँदाहुँदै पनि वास्तवमा एक्लो छ “म” पात्र तर “म”मा नै सबथोक छ । कहिले यही “म”ले दुनियाँ चकित पार्छ, कहिले यही “म”ले दुनियाँ दुःखित पार्छ । “म”ले कहिल्यै “तँ” भन्नै जानेन भन्ने गुनासो फेरि “म”पात्र बाट अत्याधिक आउँछ ।
अक्सर “म”हरू नै काम मैले गरे त्यसबापत मलाई “तँ”ले कहिल्यैँ जस् दिएनन् भन्ने चलन आजको मात्र होईन यो परम्परा, मानव सभ्यता सुरु या भनौँ न भगवानको पालामा पनि भएको छ भन्ने कुरा हाम्रा पुराण, शास्त्र, गीतामा एकदम सुन्दर तरीकाले वर्णन गरिएको पाइन्छ । झन् यो कलियुगमा जन्मदेखि मृत्युसम्म “म” नै ठूलो हुन्छ ।
“म” जस्तोसुकै हुँ, मलाई मैले गरेको कुरा सहि लाग्छ । मलाई आत्मसन्तुष्टी पनि त्यहीँ मिल्छ । यति सवैले मनन गर्दा अरूले बोलेको सोचेको कुरालाई पनि बुझ्नुपर्छ भन्ने सोच भएका “म”हरुलाई कहिल्यै घमण्ड आउँदै आउँदैन न नी ! यहाँ दुनियाँले “तँ”लाई अबुझ बनाइदिनु छ, आफूलाई सुझबुझ, ईमान्दार बनाउनु छ बस् यती प्रष्ट बुझ्नुस् जुन “म”लाई आफ्नो कुरा मात्र उत्तम अरूको खत्तम लाग्छ ती अवस्य घमण्डी हुन्छन् ।
हुन त “म”जस्तो अरु त पक्का हुँदैनन्, हरेक पिडामा होस् या खुशीमा मलाई “म” नै चाहिन्छ । हरेक “म”लाई ‘म” चाहिन्छ, मतलव सबैलाई आफूले गरेको नै ठीक लाग्छ भने “तँ” पात्रलाई दोषी ठहर गर्नु पनि गलत हो जस्तो लाग्छ । यहाँ जिन्दगीमा अरुलाई खुशी बनाउन प्रयास गर्दागर्दै जिन्दगी कतिखेर सकिन्छ थाहै छैन तर कोही खुशी हुनै सकेनन्, एउटा न एउटा विङगो लगाएर दोष थुपारेको पाईन्छ । अरुलाई बुझ्न खोज्नेले आफूलाई बुझ्न चाह नै राख्दैनन् भन्दै “म” पात्र “तँ” पात्र सधैं अलमलमा परेका छन् ।
“म”भित्र नै सन्सार छ । म यसो गर्छु, उसो गर्छु । म योजना आफै बनाउँछु बिहान उठेदेखि बेलुकासम्म मात्र किन भोलि, पर्सी, एकमहिना, वर्ष कति हो कति अनि बल्ल अरूलाई सोध्छु, जबसम्म म जीवित छु, जबसम्म मेरा इन्द्रीयहरुले मलाई जीवित राख्छ तबसम्म सबथोक छ । मैले हेर्न सक्दा सब देख्छु, हिँड्न सके सन्सार छ, नभए सन्सार ओछ्यान बन्छ भन्ने कुरा कूनै नौंलो विषय होईन हामिले हाम्रा परिवार,समाजमा देख्दै-भोग्दै आएका छौं ।
सबैले “म”लाई दोष दिनुभन्दा “म”को मर्म बुझ्नु आवश्यक छ । सायद मेरो प्रकृती, मेरो मौनता, र मेरो रौनकतालाई “म”ले भन्दा धेरै अरूले चिन्न सकेको छैन, त्यसकारण एकले अर्कोको भावना बुझ्ने कोशिश गर्न कोही चाहँदैन किन भने ऊ पनि “म” पात्र नै हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)