
प्रधानमन्त्री सुर्यबहादुरलाई ‘ए काइँंला कहाँ छस् तँ हँ’ भन्ने महेन्द्रध्वजको ‘अरविन्द’ सम्झना
परमधाममा महाविश्राम लिएका महेन्द्रदाइसँग बिदा
अरविन्द रिमाल
समय बडाे बलवान् ! हेर्दाहेर्दै एक वर्ष पनि बित्याे !
यस पटक जनैपूर्णिमाकाे दिनमा महेन्द्रध्वज सिँह, हाम्रा महेन्द्र दाइकाे प्रथम वार्षिक पुण्य तिथि परेछ — पाेहाेर भदाै सात गतेका दिन उनकाे शरीर छुटेकाे थियाे !
भाेलिपल्ट अपराह्न भाउज्यू सुभद्रा सिँहमा आफ्नाे श्रद्धासुमन बिसाएँ । सुखद दाम्पत्य जीवनलाई सदा समझदारीपूर्ण, मित्रवत् तवरले बिताएका दम्पतिमा काे अघिपछि हुँदा कसले कस्ताे जीवन भाेग्छ हाेला, भाेगेकाे हाेला, त्यसकाे कथाकाे आफ्नै व्यथा साेच्दा पनि मन गह्राैँ हुन्छ । याे लेख्दा मेरा कतिपय भाइबन्धु, इष्टमित्र, गुरुभाइबिहिनीकाे यस्तै दिनचर्या मेरा आँखा अगाडि सिनेमा पर्दामा झैँ दगुरिरहेका छन् ।
आजकै दिन पाेहाेरकाे कुरालाई आफू यसरी शब्दमा उतार्न गइरहेछु म !
२००७-८ तिर डिल्लीबजार चाेककाे तेस्राे चरणकाे लप्टनकाे हाेटेलकाे माथिल्लाे सदनमा ५ पैसामा दूधवाला चिया खाँदै डिल्लीबजारकाे यशाेगानकाे पृष्ठभूमिमा नेपालमा नयाँ प्रजातन्त्रकाे नयाँ युगकाे स्वागत गर्ने जबर्जस्त युवामा एक थिए, महेन्द्रध्वज सिँह, मभन्दा तीन वर्ष जेठा ।
उनी स्वतन्त्र ढङ्गले नेपाली काँग्रेसका समर्थक एवम् विश्वेश्वरप्रसाद काेइरालाका प्रशंसक । मचााँहि पुष्पलालकाे महासचिवकत्वमा नेपाल कम्युनिष्ट पार्टीको सक्रिय सदस्य भइसकेकाे बेला, काँग्रेस – कम्युनिष्ट आन्तरिक “शीतयुद्ध” चर्किसकेकाे बेला । अधिकाँश काँग्रेसजन हाेटलमा पसेर चिया खान वा खुला छलफलमा भाग लिन हिचकिचाउने बेलामा पनि हामीमा कहिल्यै भनाभन, नराम्राे व्यवहार भएन । पहिलाे र दाेस्राे लप्टनकाे चियापसलमा उनीसँग भेटघाट वा चियाचर्चा पातलै थियाे ।
त्रिचन्द्र कलेजमा विज्ञानका विद्यार्थी रहेका महेन्द्र कृषिविज्ञानकाे अध्ययन गर्न अलाहावाद गए, अरु पनि धेरै गए, पर्लजङ्ग राणा, पुरुषाेत्तम गाेर्खाली समेत गरी । उद्यानविज्ञानविद् भई फर्के, महेन्द्रदाइ। शङ्करनाथ, गाैरीनाथ, दुर्गानाथ तीन रिमालबन्धु सहपाठीहरु चाहिँ ईञ्जीनियरिङ्ग पढ्न कलकत्ता गए । सूर्यबहादुर थापा पनि तिनताक अलाहबादमै पढ्ने गर्थे । त्रिचन्द्र कलेजका र पछि अलाहबादका मित्रहरु सबैसँग उनकाे तँतँकाे घनिष्ठता थियाे, जाे पछिसम्म यथावत् कायम थियाे । सबै मित्र -साथीभाइमा यिनकाे आफ्नै रवाफ, आफ्नै वर्चस्व थियाे, र सदा रह्याे पनि– उनी भनिन्छ नि, समानहरुमा पहिला थिए– first among the equals !
अध्ययन सकेर आएपछि उनी निकै महत्त्वपूर्ण सरकारी जिम्मेवारी सम्हाल्दै उनले आफ्नाे गरिमामय हैशियत कायम गर्दै अनगिन्ती मित्र एवम् सहयाेगी बनाउँदै- बढाउँदै गए ।
राणाघरानियाकी युवती सुभद्रा राज्यलक्ष्मी राणासगँकाे विवाहसम्बन्धकाे सूत्रपात पनि साेही वैज्ञानिककाे रूपमा बिक्रम भवनमा बाेलाइएर जाँदा भएकाे थियाे । विधिकाे विधान त्यस्तै रहेछ । त्यसै क्रमबाट श्री ३ महाराज प्राइममिनिस्टर जुद्धशम्शेर जङ्गबहादुर राणा खान्दानका पनातिनी ज्वाँइ हुनगएका महेन्द्रदाइ सदासर्वदा जनसाधारणकै उचाइमा रहे । अनि जीवनसँगिनी सुभद्रा सिँह आफ्नाे जीवनसाथीसँग सदा एकरसमा– अद्भुत ! अनुपम तवरले !
मित्रजनका लागि त उनी बिल्कुल अभिमानरहित, सहृदयी, सहयाेगी गुणवान् मित्र थिए नै । अनि स्वतन्त्ररूपका हक्की पुरुष उनी सरकारी कार्यमा आफ्नाे विशिष्ट याेग्यता, दक्षताकाे हकमा पनि प्रतिष्ठित रहे । यसैकारणबाट उनकाे नेपाल सम्राटसरहका तत्कालीन महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेवसँग पट मिलेन, सरकारी कामकै सवालमा । स्वाभिमानी महेन्द्रध्वजले तत्कालै राजीनामा गरी, सिँह दर्बारभित्र कहिल्यै नपस्ने प्रण गर्दै घर लागे, र साे प्रण कहिल्यै गिर्न दिएनन्– स्वयं दरबारैबाट, सरकारी पक्षबाट, प्रधानमन्त्रीसम्म हुन पुगेका मित्रबाट नै कतिकति आश्वासन प्राप्त भए पनि, कदाचित कतैबाट धम्की पनि आउँदा पनि । निर्भीक, निडर महेन्द्रले त्यसपछि सत्तासीन र सत्तालाई फर्केर पनि हेरेनन्, यद्यपि सत्तामा रहेका राजनेता वा उच्च कर्मचारीहरु उनकाे मित्रताका लागि लालायित रहन्थे । मान नचाहने स्वभावका कारण आफूमा अपमान नलिने गुणले युक्त उनीबाट कसैले पाे सहयाेग पाएनन् !
चाेटलाग्दाे कुरा के भने, राजाकाे हैशियतले आफूले २०२१ सालमा लागू गरेकाे भूमि सुधार कार्यक्रम लिम्बुवान जस्ताे घनघाेर “वागी” क्षेत्रमा आफ्नी पत्नीसहित आफ्नाे ज्यूज्यानकाे परवाह नगरी भाेजपुर, इलाम, झापा ओहाेरदाेहाेर गर्दै लागू गर्न खटेका र लागू गराइछाडेका निर्भीक राष्ट्रसेवककाे कदर गर्न जानेनन्, राष्ट्राध्यक्षले– दर्बारे कुराैटेहरुलाई कान दिएर ! राजा त विवेकशील तथा समदर्शी पाे हुनुपर्ने, तर भएनन् ।
खद्दरकाे कुर्तासुरुवाल, खद्दरकै ज्वारकाेट, खद्दरकाे टाेपीकाे पहिरनमा पनि रवाफिलाे देखिने महेन्द्रदाइ फूर्तिलाे पाराले लम्कँदै यदाकदा आफ्ना एक घनिष्ठ मित्र तर शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापाकाे दरबारमा जाँदा उनी भर्याङ्ग उक्लिँदै, मन्त्रीगण तथा उच्च सरकारी पदाधिकारीहरु चकित पर्नेगरी “ए, काईँला, कहाँ छस्, तँ, हँ ?” भन्दा प्रम थापा मित्रकाे स्वागत-अभिवादन गर्न निहुरिँदै पुगेकाे देख्दा डाड गर्ने, ईर्ष्या गर्ने,वा तर्सिने नै पनि कति हुँदा हुन् ! तर यी त आफ्नाे पैत्रिक श्रीसम्पत्ति त आफ्ना दाजुलाई अर्पण गरिदिने दानवीर र आफ्नाे आर्जन बाहेक अरु वैभव आदिलाई घाँस बराबर ठान्ने निराभिमानी पुरुष हुन् भन्ने कुरा ती बबुराहरु के जानून् !
उनकाे ज्ञानेश्वरकाे घर मित्रहरुका लागि त सदा खुला थियाे नै । तर टाेले वा छिमेक टाेले कीर्तिनिधि बिस्ट, त्रैलाेक्यनाथ उप्रेती, सुरेन्द्रसिँह केसी, डिल्लीराज उप्रेती आदि अग्रजहरु पनि शनिवारे बिहानी चियाकाे आथित्यता पाउँदाकाे आनन्द बाँड्न र त्यसकाे वयान गर्न चुक्दैनथ्ये ।
यता ठाडै दरबार नभए पनि “दरबारियाहरु” उनीलाई “विद्राेही” भनी ठुँगिरहने गर्दा उनी एकान्तताकाे खाेजमा देवघाटमा आफ्नाे घनिष्ठ मित्र शङ्करनाथ रिमालकाे डिजाइन र तजबीजमा बनेकाे वन्यघरमा बस्न गए । तर त्यहाँ स्वेच्छाले बस्ज जाँदा पनि माओवादीहरुले “दरबारिया” भन्ने आराेप लगाउँदै शारीरिक डरधम्की दिन नछाडेपछि ती दुवैथरिका असहिष्णु, डाडे र हत्यावादीलाई धिक्कार्दै आफ्नी नातिनी सुहशालाई बाेक्दै त्रिवेणीकाे अनुपम आनन्दलाई त्यागेर सदाका लागि देवघाट छाडी दिए ।
यस्ता आफ्ना पुराना मित्रसँग जीवनरेखाकाे कारण स्वाभाविकरूपले टुटेकाे धागाे एकदिन भतिजा गाैरीमार्फत गाँसिन पुग्याे, मेराे– कुनै गाँठाे नपरी सहज तवरले । याे १९६२ सालताकाकाे कुरा हाे भन्ने लाग्छ, जतिबेला म आफ्नाे “१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन”लाई आफ्ना पूर्वज, पुर्खा, अग्रजहरु तथा भाइबन्धुहरुकाे समुचित उल्लेखबाट पूर्णता दिने उद्देश्यले गाैरीकाे सहयाेग लिँदैथ्येँ ।
दिउँसाेकाेे बेला थियाे ज्ञानेश्वर घर पुग्दा । सुखद आश्चर्य भावले महेन्द्रदाइले छाती मिलाए । मैले पनि उत्तिखेरै आफूलाई पुरानै मित्रमण्डलकाे सदस्य भएगरेकाे अनुभव गरेँ । पतिका मित्रहरुका लागि फलफूल काटेर प्लेटमा राख्न तल्लीन भाउज्यूसँग परिचय भइसकेकाे थिएन । तथापि सुभद्रा भाउज्यूलाई अनुमानबाटै सबै कुरा स्पष्ट भएकाे लाग्याे, मलाई । अनि ज्ञानेश्वरमा बराबरकाे उठबसपछि आफूलाई जाउलाखेल घर, त्यहाँकाे शान्त सुरम्य वातावरणमा नियमितरूपले हरेक शनिवार भाउज्यूकाे गरिमामय उपस्थिति तथा आतिथ्यबीचकाे भव्य मित्रभेलामा सरिक हुँदा पाे मैले याे मित्र समूहकाे मित्रताकाे गरिमा,महत्त्व र सार्थकता बुझ्ने माैका पाएँ, जुन मित्रतामा सबै परिवारहरु पनि गाँसिएका थिए ।याे हाम्रा महेन्द्रदाइकाे विशाल मित्र समुदायकाे अन्तर्भाग रहेछ । अब शङ्करनाथ रिमाल, गाैरीनाथ रिमाल, पुरुषाेत्तम गाेर्खाली, लक्ष्मणप्रसाद नेपाल, शङ्करराज सत्याल, खड्गजीत बरालसहितकाे विशिष्ट समूहमा मैले आफूलाई आफ्नाे परिवारसहित पाउँदाकाे आनन्दबाट आफू आज पनि अभिभूत छु एवम् रहिरहने छु । यी भेलाहरुलाई अरु रमणीय, अरु हार्दिकतापूर्ण बनाउनमा छाेरी सुनीता, नातिनी सुहाशाकाे उल्लेखनीय भूमिका रहेकाे पनि अहिले झनै सम्झना आइरहन्छ ।
हरेक मित्रकाे प्रसन्नभावले स्वागत गर्न महेन्द्रदाइ आफैँ जाने गरेकाे, बरालजीले घन्किदाे स्वरमा उनलाई “ओहाे, परमहँसज्यू” भन्दै हामीलाई “शुभान अल्लाह” भन्दै अभिवादन गरेकाे, देशहितमै लक्ष्यित विचारविमर्श हुँदा दाइ विशेषत: पुरानै कालखण्डकाे स्मरण गराउँदै नयाँ साेचकाे आवश्यकता बताउने अनि आफ्ना अर्जुनकेशरी, राेहितबहादुुर, थापा, डा. द्वारिकानाथ रेग्मी, भाेगेन्द्रनाथ रिमाल, चन्द्रकान्त अधिकारी आदि मित्रहरुसँगका भेटघाट- कुराकानीकाे राेचक वर्णन गर्ने, बरालजी तिनमा आफ्नाे अनुभव जाेड्ने, शङ्कर सत्याल राजनीतिक चलखेलका रहस्यमयी जुजुल्टाे फुकाउने, भतिजा शङ्कर वैज्ञानिक व्याख्या गर्ने, गाैरी सूत्रात्मकरूपले टीकाटिप्पणी गर्ने, लक्ष्मण नेपाल तथा गाेर्खाली आफ्नै समुचित विचार राख्ने, बीचबीचमा भाउज्यू नजानिँदाे पाराले गम्भीर जिज्ञासा राख्ने, सुनीता आफ्नै युवकाेचित परन्तु पाकाे निष्कर्ष झिक्ने, म चाँहि आफ्ना आगामी राजनीतिक लेख तथा “डिल्लीबजारकाे लप्टनकाे हाेेटेल” नामक निबन्ध- संग्रह पुस्तककाे लागि यस्ता छलफलबाट मूल्यवान सन्दर्भ- सामग्री जाेगार गर्दैजाने जस्ता आनन्दकाे स्मरण गरिरहुँ रहुँ जस्ताे हुन्छ । त्यसमाथि कवि पिताका कवि पुत्र बरालजी नफीज उर्दूमा “अर्ज किया है” भनेर शेर सुनाउन पुग्थे, त्यतिबेला उत्तिकै नफीज उच्चारणबाट शङ्कर- गाैरी रिमाल शायरी गर्न पुग्दाकाे रमणीय- राेमाञ्चक वातावरण आफैँमा उल्लेख्य हुन्थ्याे । यस्ताे भेलामा “काका, म त खबरै नगरी आएँ” भन्दै कमलमणि दीक्षित कुनै दिन आउँदा उनी पनि यसकाे रसास्वादन गरेन चुक्दैनथे । वास्तवमा याे कुनै प्रकारकाे निजी स्वार्थले नछाेएकाे, सर्वथा हितकारी मैत्रीपूर्ण भेला रह्याे– सदा !
अनि महेन्द्रदाईकाे आध्यात्मिक साधनामा उनकाे नियमित श्रीमद्भागवद् पाठ, प्रत्येक मङ्गलवारकाे माैन व्रत, वर्षभरि तीनतीन महीनाकाे नवरात्रिमा पाक्षिक माैन व्रत,सन्त सेवा- सहयाेगकाे उल्लेख विना उनकाे जीवनकाे वर्णन अपूराे रहन्छ । उनी सन्त सहयाेय प्रचारकाे विषय हाेइन भन्ने मान्यता राख्ने व्यक्ति हुन् । कदाचित याे प्रचारमा आएकाे देखिए यसलाई उनकाे इच्छा नभई, पाउनेकाे आग्रह ठान्नुपर्ने पनि यहाँ उल्लेखनीय छ । तर, उनी साँच्चै निजी सदकर्ममा सहयाेग गर्दा एउटा हातले दिएकाे अर्काे हातले थाहा नपाओस् भन्ने आचारका अनुयायी थिए । तर सार्वजनिक वा आध्यात्मिक हितकाे कुरा छ भने उनी आफूसमेत आफ्ना मित्रहरुकाे सहयाेग जुटाउन पछि पर्दैनथे । स्वामी रामानन्द गिरिलाई देवघाटधाममा आफ्ना सदगुरु महेषानन्द स्वामीकाे कीर्तिमा स्थापित आश्रममा शिवमन्दिर स्थापना गरेने इच्छा भएछ । याे कुरा स्वामीजीले महेन्द्रदाइलाई भन्दा उनले आफ्नाे वास्तुकार- ईञ्जिनीयर मित्र शङ्कर रिमाललाई उक्त आश्रम परिसरमा साेकाे निर्माणमा सम्पूर्ण प्राविधिक सहयाेग गर्न प्रेरित गरेका थिए ।
आफ्नाे लागि अत्यन्त अल्प एवम् साधारण सात्त्विक भाेजन उनकाे एक अटूट विशिष्टता हाे । तर हरेक मित्रकाे मनपर्ने खानेकुराका लागि, मेरा लागि न्यानाे पारिएकाे फलफूल रस र फलफूल तथा निरामिस भाेजनका लागि भाउज्यूकाे निरन्तर अभिरुचिमा उनकाे सहभागिता, उपन्यासकार जगदीश घिमिरलेे समेत आफ्नाे “अन्तर्मनकाे यात्रा”मा विशेषरूपले उल्लेख गरेका चिया बनाइने शैली, चिया तयार गृह सहायिका बेली, मलाई बेलाबेलामा घर लिन- फर्काउन पठाइने माेटर ड्राइभर तथा सहायक हरिकृष्णकाे पनि सम्झना नआइरहन सक्दैन । अनि विशेष सम्झना त मलाई भाउज्यूले “रिमालजी, यी केही उपहार घरमा भाउज्यूलाई लगिदिन” भन्दै मलाई दिँदा, सुनीताले “काकीलाई मेराे दर्शन भनिदिसेला, काका” का शब्द, मित्रहरुलाई अर्काे साताकाे निम्तादिँदै उनीहरुकाे सवारी साधनसम्म पुर्याउन आउँदै गर्ने दाइकाे ती अतुल्य हार्दिकताले आज पनि मन भरिएर आउँछ । अनि हेदाहेर्दै SLC topper भई IA, BA, अनि Masters गरेकी नातिनी सहाशाले आ-आफ्नाे घरमा याे समूहकाे दिन्हाैँ आपसमा भेट हुने जस्तो गरी खिचेर, माउन्ट गरी उपहार दिएकी सात मित्रहरुकाे सामूहिक फाेटाेमा गाेर्खाली छुटे पनि त्यहीँ कतै उ पनि छ है भनी सम्झाउने गरी आफूले टाँगेकाे फाेटाे देख्दा ती अतुलनीय रमाइला दिनहरुकाे स्मरण गर्दै महेन्द्र दाइमा यी श्रद्धासुमन चढाइरहेछु । उनकाे आत्माले परमात्माका चरणमा सायुज्ज पाओस् भन्ने कामना गर्दै सुभद्रा भाउज्यूमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य एवम् शक्ति राष्ट्रदेव भगवान श्रीपशुपतिनाथले उहाँमा र छाेरा, बुहारी, छाेरी, नातिनातिना आदि परिवारका सम्पूर्ण सदस्यहरुमा सदासर्वदा देउन् भन्ने पुकार गर्दछु ।
अहिले आफ्ना परम पूज्य पिताकाे क्रियामा पूरै शास्त्रीविधि एवम् परम्परा अनुसार बसेका छाेरा निमेषसँग आफ्नाे विशेष उठबस नभएकाेले खास सम्झना उल्लेख गर्न नपाउँदा म बडाे दु:खी छु ।
अत्यन्त सरल एवम् सहज जीवनयापन प्रणाली निर्वाह गर्ने तर अति उच्च साेचका यस्ता विरला काेटी पुरुषसँग लामाे समयसम्म सान्निध्य पाउनुलाई मैले आफ्नाे जीवनकाे एक अमूल्य निधि ठान्दै साह्रै गाह्राे मान्दै हामीलाई छाडी परमधाममा महाविश्राम लिएका महेन्द्रदाइसँग बिदा लिँदैछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)