जेष्ठ नागरिकसँग कस्तो व्यवहार गर्ने ?

सुशीला शर्मा

एक जेष्ठ महिला अमेरिकाको स्थानीय एक बैंकमा हातमा कार्ड लिएर टेलर समक्ष पुगिन् ।

उनले टेलरलाई भनिन्, “म दश डलर निकाल्न चाहन्छु ।” टेलरले उनलाई भने, “सय डलरभन्दा कम रुपैंया यहाँबाट निकाल्न मिल्दैन् । कृपया एटिएमको प्रयोग गर्नुहोला ।”

ती जेष्ठ महिला किन हुँदैन भनेर जान्न चाहन्थिन् । उनले टेलरलाई सोधिन्, किन “मिल्दैन ?”

टेलरले उनको कार्ड फिर्ता गर्दै झिझो मानेको स्वरमा भने, “यो नियम हो कृपया तपाई यहाँबाट जानुस्, तपाईको पछाडि लाइनमा अरु मानिस पनि बसिरहेका छन् ।”

ती जेष्ठ महिला केही सेकेण्ड शान्त भईन् । त्यसपछि टेलरसंग कार्ड फिर्ता लिईन् । अनि भनिन्, “कृपया मलाई मेरो बैंक खातामा भएको सबै रुपैंया फिर्ता गर्न मद्धत गर्नुस् ।”

टेलर स्तब्ध परिन् जब उनले ती जेष्ठ महिलाको बैंक खातामा जम्मा रकम देखे । उनले टाउको झुकाउँदै आदरभावमा भनिन्, “तपाईको खातामा तीन लाख डलर छ तर तपाईले यो सबै रकम निकाल्न पाउनुहुन्न । बैंकमा रकम थोरै छ । के तपाई यो रकम झिक्नको लागि समय मिलाएर भोलि आउन सक्नुहुन्छ ?”

त्यसपछि ती महिलाले सोधिन्, “मैले तत्काल कति रुपैंया निकाल्न सक्छु ?”

टेलरले उनलाई भने, “तीन हजार डलर निकाल्न सक्नुहुन्छ ।”

जेष्ठ महिलाले भनिन्, “हुन्छ मलाई अहिले तीन हजार डलर दिनुस् ।”

टेलरले जेष्ठ महिलालाई विनम्र भावले तीनहजार डलर दिईन् । जेष्ठ महिलाले दश डलर आफ्नो पर्समा राखिन र टेलरलाई बाँकी दुईहजार नौ सय नब्बे डलर पुनः बैंकमा डिपोजिट गरिदिन भनिन् ।

यो कथाको सारः जेष्ठ मानिसहरुसँग कठिन ब्यवहार नगरौं । उनीहरुले सीप सिक्दै आफ्नो जीवन व्यतित गरेका हुन्छन् ।

कथा साभारः सामाजिक सञ्जाल


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button