
चिसिएको तिम्रो शरीर छुनै पाइन
विमला भुषाल
चिसिएको तिम्रो शरीर छुनै पाइन
अन्तिम सासमा तिम्रो सामु हुनै पाइन ।
तिम्रो नयनले मेरो बाटो कति कुरेको थियो
समयले घात गर्दै दिनु चोट दियो ।
अताल्लिएको थियो मन तिम्रो बोली सुन्न
यो संसारमा अब तिम्रो हाम्रो भेट हुन्न ।
सत्य सधै मृत्यू थियो, अन्य थय्यो माया जाल
मुटु छिया छिया पार्ने डरलाग्दो रैछ काल ।
तिमीले बेलेका ति बोलीले, सपनीमा आउदै भन्छ
स्वर्गको ढोका एक चोटी खोल्दै तिमीलाई हेर्ने मन छ ।
धर्ती टेकाउने संसार देखाउने केवल एउटै थियो
सुख दुख बाड्न सिकाउदै अन्तयमा उसैले लियो ।
दिन गन्दागन्दै महिनौ पुगिगयो
तिमीलाई भेट्ने अन्तिम इच्छा सधै अधुरो रह्यो
तिमीलाई भेट्ने अन्तिम इच्छा सधै अधुरो रह्यो…
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)