नेत्र नानीले जे लेखिन्, गज्जब लेखिन्

एउटा फरक कविता लेख्ने प्रयास

विद्या खड्का

प्रिय विद्या
मीठो सम्झना
तिमीले सम्झेकी छौ कि बिर्सियौ
तिमी सानी हुँदा
तिम्री आमाले लपक्क मलाई गाजल लगाईदिँदा
तिमी धेरैबेर ऐनामा हेरिरहन्थ्यौ
म दङ्ग पर्थे तिमीलाई मुग्ध पार्न सकें भनेर
तिमी मलाई तिम्रो घर माथिको वनभरी डुलाउँथ्यौ
म अत्यन्त शीतल महसुस गर्थे
तिम्रो घरैमुनीको खोलामा पुर्याऊथ्यौ
म त्यही खोलासँगै बहिदिन्थे
तिमी आफ्नो किताबका पानाभरी दौडाउँथ्यौ
म दौडीदिन्थे व्यग्रसँग
तिमीलाई मनपर्ने तिम्रा गाजलु ठुला आँखा
हेर त आज तिम्रो उमेरसँगै बिस्तारै
लत्रिएका तिम्रा आँखीभौंका छालाले
साना हुँदैछ
अचेल तिमी कङ्क्रीटको शहरमा बसाईं सरेदेखि
तिमी मलाई धुँवा र धुलोको बादलमा लखेट्छौ
तिमीले कहिल्यै सोचेकी छौ
ती धुलोका कणहरूले कति घोच्छ मलाई
ती धुँवाका बादलहरूले
मेरो आकाशभरी झरी गराउँदा
बिझाऊँदैन तिमीलाई
रूझाउँदैन तिम्रो हृदयलाई
तिमी फुर्सद हुने बित्तिकै मलाई
मोबाइल, टीभी र ल्यापटपका स्क्रिनमा दौडाउँछ्यौ
जसले दिनानुदिन मेरो क्षमता ह्रास हुँदैछ
तिमीले अनुभव गरेकी छ्यौ
तिमीले त नयाँ साथी पाउलिऊ
मेरोभन्दा बढी क्षमताको चस्मा
तर म तिमी जन्मदादेखिको साथी
तिमीलाई हमेसा साथ दिनेछु जीवन रहेसम्म
साँच्चै तिमी पनि मलाई उत्तिकै माया र्गछ्यौ भने
एकपटक मेरो कुरा विचार गर है ।

उही तिम्री नेत्र ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button