प्रश्न सोध्लान् भनेर लास्ट बेन्चमा बस्ने विद्यार्थी म

जुनु रिजाल

आफ्नो बच्चाले ए प्लस या ए ल्याउँदा खुशी भएर हरेक अभिभावकले निर्धक्क सावैजनिक गर्नु हुन्छ वा सामाजिक संजालमा राख्नुहुन्छ । त्यो भन्दा तल आउने बच्चाको खासै देखिन्न । किन ?

खुशी भएर राख्नुस् । फेल भए पनि हिम्मत दिनुस् । किनकी, विश्वविख्यात मान्छेहरुको इतिहास हेर्नुस् त । के सबले पढाइमा उत्कृष्ट नम्बर ल्याएका थिए र ? यसो भन्दै गर्दा फेरि पढाइ केही होइन भन्ने होइन है ।

हरेक बच्चाको आ–आफ्नै विशेषता हुन्छ । केही न केही खुबी भगवानले हरेकलाई दिएको हुन्छ । बेलैमा पहिचान भयो भने बेलैदेखि उस्को भविस्य राम्रो बन्छ । हरेक विद्यार्थी जो उत्तीर्ण हुनुभो हार्दिक बधाइ र कम्जोर विद्यार्थीहरुलाई पनि उज्ज्वल भविस्य मिलोस् । जोस जाँगरले भरियोस् जीवन । हार्दिक शुभकामना ।

एक अर्को कम्जोर विद्यार्थी म । प्रश्न सोध्लान् भनेर लास्ट बेन्चमा बस्ने विद्यार्थी म ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button