ऐना हेरेकाे त केटाकेटी तर्साउन भाडामा जान मिल्नी पाे भएछु

ख्याउटे मान्छे

बाबुराम पाैडेल
शंकरनगर, रुपन्देही

हाटबजाराँ गए दुई चार रुप्पे सस्ताे पर्नी भएसी म पनि प्राय: जसाे जान्छु तर्कारी किन्न। आज किनमेल सक्नै लाबेलाँ तिन्ले परैबट फर्की फर्की म तिर नजर लाएकाे मैले देखें ! पैसा तिरेर फिर्ता लिंदै गर्दा त तिनी झुप्लुक्कै अगाडि आएर नमस्कार बा पाे भनिन् त ! मैले नचिने नि नमस्कार फर्काएँ। किनमेल सकियाे बा? तिन्ले साेधिन्। अब भने यिनी पक्कै काेही आफन्त-चिनजान पछि बिर्सिएकी वा छाेरी ब्वारीकी साथी पाे हुन् कि? झैं अडकल काटेर “अँ, किनकान सकियाे नानी, खासै केही त थिएन अलिअलि तर्काली सर्काली हाे ” मैले भनें।

भरीएका दूईटा फाईवर झाेला दाईने हाताँ र अर्का हाताँ माेबाईल समातेकी तिन्ले भनिन् “जाम् बा हाम्रा घर च्या` पानी गरेर फर्किन्वाेला । मैले “तिमी काे हाै र नानी?”” भनम् भने एक/ दुई पटक यिनी हाम्रा घरै आएकाे हुनु पर्छ र पाे एसेरी घरै जाम् भनिन् जस्ताे लाओ। खासमा ५५ बर्ष पछि अलिअलि बिस्मृति हुन थालेर मैले धेरै पहिले चिनजान गरेका कतिपय मान्छेका नाम समेत भुलेकाे छु र धेरै पटक तिनीहरु संग आक्कल झुक्कल भेट हुँदा नाम नसम्झेर हैरान परेकाे छु। तर यिनकाे त अनुहारै पाे याद आएन मलाई !

“भाे नानी नजाम्, याे तर्काली घर लएर बनाउनी पकाउनी गर्न पर्ला कर ! घराँ नि बुढाबुढी मात्रै छम्। एउटी नातिनी छ दुई बर्षकी। छाेरा ब्वारी जाईरमा गा`छन्, कथ्थेर आउनी हुन् ! फेरि फेरि जाम्ला !” मैले भने।

“ह्या बा पनि, के काे हतार हाे र घर जान? बल्ल ५ त बज्या छ ! सर्…र्र गैन्च, च्या पानी गरेर आईहाल्न्वला ! ल ल जाम् हिन्नुस्! पाकाे मन्छे भएर नि ब्वारी जस्ताे के घरीकाे घरेस घराँ हाजीर हुन पर्च र ?” तिन्ले भनिन्। हैतेरी, यिनी काे हाेचिन् र एसेरी जाेड गरीन् हए? म अनसन्नएमा परें ! तेई बेलाँ नएँघरे काईलाे आओ र म उसैसँ कुरार्न लाएँ। तिनी “ल बा म बाहिर बाटामा पर्खिन्चु, आउनुस् ” भन्दै गइन्।

हाटबजारबट चल्तीकाे बाटाँ निस्कन बित्तिकै तिनी पर्खेरै बसेकाे देखें। हैन काे हाे याे? एस्ले त मला कुरेरै बसेई छ ए बाए! म थप आश्चर्यमा परें। "लाै बा आउनुस् बस्नुस् " भन्दै तिन्ले त सेताे कारकाे ढाेका पाे खाेलिन् बाए ! म हक्क न बक्क भएँ।ए, ए भाे अईले नजाम्, पाेछी कुनै दिन जाम्लाभन्दा भन्दै मेराे तर्कालीकाे झाेला तानेर कार भित्र राखिन्,मला अगाडीओ सिट तिर धकेलिन्।ए बा.. म केमा परें हए आज?` भन्नी मन मनै साेंच्दै कारकाे सिटमा बसें। तिन्ले आफ्ना झाेला पनि कार भित्रै राखिन् र डाईबरी सिटाँ त आफै पाे बसिन ए !

“चल्ती गाडीमा ड्राईभर से बात ना करें” भनेर उहिलै म सानाे छँदै बसमा लेखेकाे देखेकाे थिएँ। “तिमी काे हाै र नानी?” भनेर साेधि हालम् झैं लाओ थ्याे, तर तेई बेलाँ तिनीसँग कस्ले पाे हाे माेबाईलाँ कुरा गर्दै गरेकाे देखेर चुप लाएँ। सिट बेल्ट बाँधेसी एसी चलाएर तिन्ले गाडी हाँकीन्। बाहिर हपहपी गर्मी भा बेलाँ गाडी भित्र ची ..साे भओ। गाडीनै बसाउनी गरेर अत्तरकाे वास्ना हर्हर्ती भओ। “काे हाै तिमी?” भनेर साेध्नी कुरा नगरम् भाे, ईन्का घरै गएसी ता तेसै चिनिन्च कर` भन्नी मेराे बिवेकले ठहर गराे।

काला चस्मा कपालमा,कलर गरीएकाे कर्ली कपाल, ३०/३२ बर्ष जस्ताे उमेर, केमराकाे फुल जस्ताे सुट, गाेराे अनुहार, जाे सुकै फिदा हुने हँसमुख, यथाेचित हाईट र कुँदेर बनाए जस्ताे शरीर तिन्काे। ए हरी…, काे हाेला याे नानी? अहँ, मेराे नाता कुटुम्बकाे त हुँदै हैन याे, भए ख्याल गर्तें। छाेरी ब्वारीकाे साथि पाे हाे कि? मनमनै गम्दै थिएँ म।

दश मिनेट जतिकाे ड्रा्ईईभिङ् मा तिन्ले कार आफ्नाे घर भित्रै लगेर अढाई तले आधुनिक घरकाे उपल्लाे तलामा लगिन् मलाई। ” ल बा एक छिन् यँई बस्दै गर्नुस्,म आई हाल्चु” भनेर साेफामा बस्न ईसारा गरेर तिनी भान्सा तिर गए जस्ताे लाओ। त्याँ पनि एसी चालू रैच, आनन्दै आओ। पाँचै मिनेटाँ तिन्ले पानी, च्या र दामी बिस्कुट लिएर आईन् किस्तीमा । पानी छामेकाे फ्रिजमा राखेकाे रैच, घाँटीकाे समस्याले चीसाे पानी पिईन मैले। “ल खाँदै गर्नुस् बा, म आई हाल्चु”भन्दै फेरि भित्र गइन तिनी।

भित्तामा टाँसीएका तस्बीरहरु बाट पाे चिनजान खुल्च कि भनेर नजर लगाएँ, अहँ चिनेका मान्छे छैनन् त ! मैले भित्तामा हेर्दै च्यामा बिस्कुट चाेपेर खाँदै गर्दा दूईटा चपेराकाे आधा आधी त गलेर च्यामै मिसियाे। दुई सुरुप् च्यापिउँदै गर्दा तिनी आफ्ना पाँच सात बर्षका दुई वटा बच्चा लिएर मेरा अगाडि आईन्। "ल हेर ह्वाँ बालाई, दाल भात,तर्कारी दूध टन्न नखाएसी कस्ताे दुब्लाे ख्याउटेभ भैन्च ! चाउचाउ र पानी पुरी त खानै हुन्न। आईस् क्रीम खाएसी त झन् दाँतै झर्चन् हैन बा ?” तिन्ले आफ्ना बच्चालाई म तिर देखाँउँदै भनिन्। “हाे नानी हाे हाे, अझ चक्लेट त खाँदै नखाए बाए हाे, दाँताँ कीरा पर्चन्” मैले थपें। केटाटीले मन्टाे हल्लाए, अँ काे ईशारामा। ल, जाओ भित्र बसेर पढओ भन्दै तिन्ले आफ्ना बच्चा भित्र तिर पठाईन्।

“खासमा हेर्नुस् बा, तपैंलाई मैले दुई चार चाेटी बजार जाँदा देखेई थें। तपैं दुब्लाे पातलाे मान्छेलाई देखाएर तर्साए पछि मेरा केटाकेटीले अल्ली भात खान्चन् कि भनेर आज तपैंला याँ सम्म दुख्ख दिएँ हेर्नुस्। केटाटीले दाल तर्कारी,दूध नखाईदेर हैरान् पारे हेर्नुस्। यिन्लाई ख्वाउन भन्दा त बरु खेत खन्न सजिलाे लाग्नी बा। अब तपैंलाई देखेसी डराएर खान्छन् कि ? च्यापिउनुस्,तपैंलाई उँई तल घर सम्म छाेड्दिन्छु मैले।” तिन्ले भनिन्।

मला भाउन्न भओ। दुई सुर्पा तानेकाे च्यातेंई छाडेर म निस्कन खाेजें।" ए बा, मैले छाेड्दिन्चु तलसम्म" तिन्ले थपिन्। "भाे पर्देन बाए म गै हाल्चु" भन्दै त्याे छँडुलीकाे घरबट निस्कें। दुब्लाे पातलाे छ भन्दैमा मान्छेला यसेरी हेप्नी गाँठे! तेस्का छाैंडाले खाउन् कि सुकेनास् हाेउन् मला के मतलब हँ गाँठे? कस्ताे संग झुक्याउन सकेकाे बरै "भन्नी बाटाभाेरी मनमा कुरा खेले, चित्त कटक्क दु:खाे ! भुन्भुनाउँदै घर तिर माेडिनी घुम्तीमा पुग्दा टेलीफाेनकाे पाेलमा ठ्याम्म ठाेक्किएँ। निधाराँ टुटिल्कै उठाेई क्याे भन्दै घर गएर दारी काट्दा हेर्नी ऐनाले हेर्चु भन्दा त हाताट ऐना खसेर छर्लम्मै घाँजाखाेर भयाे।

झस्याङ्गै बिउँझें ! हैट कस्ताे सपना देखियाे गाँठे छि.. ऐना फुटेकाे सपना देखे जाती हुन्न भन्चन्। भित्ते घडी हेर्दा रातकाे २ बजेकाे । साैचादि पछि पानी पिएर खराब सपना कटाउन फेरि सुतें। तर आज बिहानै उठेर साँच्चै दुब्लाएर ख्याउटे नै भएँ कि के हाे भनेर ऐना हेरेकाे त केटाकेटी तर्साउन भाडामा जान मिल्नी पाे भएछु ! याे पेशा पाे फाप्चकी के हाे हँ ??

(कतिपय शब्दमा प्रयुक्त भाषा गुल्मी अर्घाखाँचीकाे स्थानीय लवजमा )


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button