
अगाडि ठिक्क, पछाडि दिक्क
सोनिका अर्याल
अगाडि ठिक्क पछाडि दिक्क पार्ने को कमी छैन यहाँ । मेरो अगाडि मेरो तारिफ र मेरै पछाडि मेरो कुरा काट्छन् । भन्छन्, तिम्रो साथ पाउँदा म धेरै खुसी छु । तर म नहुँदा मेरो कुरा काट्छन् ।
आफू राम्रो बन्नको लागि अरूको नराम्रो भन्ने गर्दछन् । यदि बन्नु नै छ भने आफू केही राम्रो काम गरेर राम्रो बन्नु नि । तर अरूको गल्ती, कमजोरी देखाएर आफू राम्रो बन्न खोज्छन् । यदि सक्छौ भने आफु केही गरेर राम्रो बन तर अरूको कुरा काटेर होइन ।
सँगै हुँदा साथ न भए मर्छु होला भन्नेहरु यहाँ केही समय पर पुग्दा कुरा काट्न सुरु गर्छन् । ऊ त यस्तो, उ त उस्तो, उसले यसलाई यस्तो भनी, उसले उसलाई यस्तो भनी अरे । सक्छौ राम्रो गर्ने गर । यदि कसैको राम्रो गर सक्दैनौ भन्ने नराम्रो भन्ने काम नगर ।
यदि मेरो बारेमा केही भन्नु छ भने सिधै मलाई आएर भन्दा हुन्छ । मेरो कुरा काट्ने काम बन्द गरिदेऊ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



