आक्रमणः बिहानदेखि बेलुकीसम्म, बेलुकादेखि बिहानसम्म

सुष्मा खत्री रन्जित

उसले उसलाई आक्रमण । मार्ने र पछार्ने आक्रमण । खेलखेलैमा आक्रमण । आक्रमणबाट बचाउने भन्दै आक्रमण । मान्छेले मान्छेलाई आक्रमण । परिवारले परिवारलाई आक्रमण । समुदायले समुदायलाई आक्रमण । धर्म धर्ममै आक्रमण । राजनीतिकको नाममा आक्रमण । राज्यले राज्यलाई आक्रमण । पृथ्वीको कुना कुनामा आक्रमण । उर्वरा भूमीमा आक्रमण । वनजंगलमा आक्रमण । जीवजन्तुमा आक्रमण । बालीनालीमा आक्रमण । क्षेप्यास्त्र आक्रमण । आणबिक आक्रमण । रसायणिक आक्रमण । हवाई आक्रमण । समुद्री आक्रमण । मानवबस्तीमा आक्रमण । धनदौलतमा आक्रमण । सर्वसाधारणमा आक्रमण । बालबालिकालाई आक्रमण । अस्पतालमा आक्रमण । रोगले आक्रमण । किटाणुबाट आक्रमण । साइबर आक्रमण । प्रकृतिमा आक्रमण । ब्रह्माण्ड जगतमै आक्रमण । मानव विकासका लागि आक्रमण ? कि मानव सखापका लागि आक्रमण ? यहाँ कोही कहिँ कुनै तबरले पनि सुरक्षित छैनौं । पृथ्वी मासेर अन्तरिक्षमा बस्ती बसाउने सोच्ने तिमी । त्यहाँ पनि आक्रमण ? भयानक आक्रमण । राक्षसी आक्रमण। मनोरमतामा आक्रमण। सुन्दरतामा आक्रमण । के खोजिरहेछौ तिमी ?आक्रमण ? पाईला पाईलामा आक्रमण। आफ्नै मन भित्र आक्रमण।मन चोर्ने आक्रमण । मायामा आक्रमण । प्रेमको बहानामा आक्रमण । मष्तिष्कमा आक्रमण । शव्द शव्दमा आक्रमण । मौनतामा आक्रमण। शान्तिमा आक्रमण । सुक्ष्म आक्रमण ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button