
गहुँतमा पाइने रसायनको ३२ महत्व
स्मृती राणा
(संकलन)
गहुँतमा मानव शरीरलाई लाभ प्रदान गर्ने कैयौं उपयोगी तत्वहरु विद्यमान छन् । त्यसैले गहुँत यति धेरै महत्वपूर्ण मानिन्छ । पन्चगव्य चिकित्सा यिनै उपयोगी तत्वहरुका कारणले गर्दा निकै प्रसिद्ध छ। गहुँतमा जुन जुन तत्वहरु पाइन्छन्, ति मध्ये केहि मुख्य तत्वहरुको विवरण यहाँ दिइन्छ-
१. यूरिया (Urea): यूरिया गहुँतमा पाइने प्रधान तत्व हो र प्रोटीन रस-प्रक्रियाको अंतिम उत्पादन हो। यो अत्यन्त शक्तिशाली जीवाणुरोधी छ ।
२. यूरिक एसिड (Uric acid): यो यूरिया जस्तै हो र यसमा शक्तिशाली जीवाणुरोधी गुण छन् । यसका अतिरिक्त यो क्यान्सर कारक तत्वहरुलाई नियंत्रण गर्नमा सहायक छ ।
३. खनिज (Minerals): खाद्य पदार्थहरुबाट व्युत्पन्न धातुको तुलनामा गहुँतबाट धातु अधिक सरलताले पुनः अवशोषित गर्न सकिन्छ । संभवतः गहुँतमा खाद्य पदार्थहरुबाट व्युत्पन्न विभिन्न प्रकारका धातुहरु बढीमात्रामा उपस्थित छन् । यदि यसलाई त्यतिकै छोडी दिनेहो भने गहुँत मलिन हुन्छ । यो यसकारणले हुन्छ किनकि जुन एंजाइम गहुँतमा हुन्छ, त्यो घुलेर अमोनियामा परिवर्तित हुन्छ । फेरी गहुँतको स्वरुप बढी क्षारमा हुनाले उसमा ठूला खनिजहरु घुल्दैन । त्यसैले संतृप्त गहुँत मैलो जस्तो देखिन्छ तर गहुँत नष्ट भएको हुँदैन, जुन गहुँतमा अमोनिकल विकार अधिक हुन्छ त्यो छालामा लगाउँदा छाला सुन्दर बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछ ।
४. उरोकिनेज (Urokinase): यो एककिसिमको इन्जाइम हो, यसले जमेको रगतलाई घोल्छ, रगतलाई पातलो गर्दछ, ह्रदय विकारमा सहायक छ र रक्त संचालनमा सुधार गर्दछ । यसको चीनले पेटेन्ट लिएकोछ र अरबौं डलर कमाइरहेको छ ।
५. एपिथिल्यम विकास तत्व (Epithelium growth factor): क्षतिग्रस्त कोशिकाहरु र तन्तुमा यसले सुधार ल्याउँछ र यिनलाई पुनर्जीवित गर्दछ ।
६. समूह प्रेरित तत्व(Colony stimulating factor): यो कोशिकाहरुको विभाजन र तिनको गुणनमा प्रभावकारी हुन्छ ।
७. हार्मोन विकास (Growth Hormone): यो विप्रभाव भिन्न जैविक कृत्य जस्तै- प्रोटीन उत्पादनमा प्रोत्साहन, उपास्थित विकास, वोसोको घटक हुनु ।
८. एरीथ्रोपोटिन (Erythropotein): रक्ताणु कोशिकाहरुको उत्पादनमा प्रोत्साहन ।
९. गोनाडोट्रोपिन (Gonadotropins): मासिक धर्मको चक्रलाई सामान्य गर्न प्रोत्साहन र शुक्राणु उत्पादन ।
१०. कल्लीक्रिन (Kallikrin): कल्लीडीनलाई निकाल्नु, बाह्य नसाहरुमा फैलावट, रक्तचापमा कमी ।
११. ट्रिप्सिन निरोधक (Tripsin inhibitor): मांसपेशिहरुको अर्बुद रोकथाम र त्यसलाई स्वस्थ राख्नु ।
१२. अल्लनटोइन (Allantoin): घाउ र अर्बुदलाई स्वस्थ राख्नु ।
१३. कर्क रोग विरोधी तत्व (Anti cancer substance): निओप्लासटन विरोधी, एच-११ आयोडोल-एसेटिक अम्ल, डीरेकटिन, ३ मेथोक्सी इत्यादि किमोथेरापीक औषधिहरुभन्दा अलग हुन्छन् जुन सबै प्रकारका कोशिकाहरुलाई हानि तथा नष्ट गर्दछन्। यसले कर्क रोगका कोशिकाहरुको गुणनलाई प्रभावकारी रूपले रोक्छ र तिनलाई सामान्य बनाइदिन्छ ।
१४. नाइट्रोजन (Nitrogen): यो मूत्रवर्धक हुन्छ र मृगौलालाई स्वाभाविक रूपले उत्तेजित गर्दछ ।
१५. सल्फर (Sulphur): यसले आँतको गति बढाउँछ र रगतलाई शुद्ध गर्दछ ।
१६. अमोनिया (Ammonia): यसले शरीरका कोशिकाहरु र रगतलाई सुस्वस्थ राख्दछ ।
१७. तामा (Copper): यसले अत्यधिक बोसो जम्नबाट रोकधाम गर्दछ ।
१८. फलाम (Iron): यसले आरबीसीको संख्या र ताकतलाई स्थिर राख्छ ।
१९. फोस्फेट (Phosphate): यसको लिथोट्रिपटिक कृत्य हुन्छ ।
२०. सोडियम (Sodium): यसले रगत शुद्ध गर्दछ र अत्यधिक अम्ल बन्नबाट रोकथाम गर्दछ ।
२१. पोटाशियम (Potassium): यसले भोक बढाउँछ र मांसपेशिहरुको तनावलाई नियन्त्रण गर्दछ ।
२२. म्यांगनीज (Manganese): यो जीवाणु विरोधी हुन्छ र बातदोष तथा सैन खटिरो (ग्यांग्रिन) मा राहत दिन्छ ।
२३. कार्बोलिक अम्ल (Carbolic acid): यो जीवाणु विरोधी हुन्छ ।
२४. क्याल्सियम (Calcium): यसले रगत शुद्ध गर्दछ र हड्डिलाई पोषण दिन्छ, रगत जम्नुमा सहयोगी ।
२५. नुन(Salts): यो जीवाणु विरोधी हो र कोमा केटोएसीडोसिसको रोकथाम गर्दछ ।
२६. विटामिन ए, बी, सी, डी, र ई (Vitamin A, B, C, D & E): अत्यधिक तिर्खाको रोकथाम र शक्ति तथा ताकत प्रदान गर्दछ ।
२७. लेक्टोस शुगर (Lactose Sugar): ह्रदय मजबूत गर्नु, अत्यधिक तिर्खा र चक्कर रोकथाम गर्नु ।
२८. एंजाइम्स (Enzymes): शरीरको प्रतिरक्षा प्रणालीमा सुधार, पाचक रस स्रावमा सहयोगी ।
२९. पानी (Water) : शरीरको तापमान नियंत्रित गर्नु र रगतको तरल तथा आर्द्रता द्रव को स्थिर राख्नु ।
३०- हिप्पुरिक अम्ल (Hippuric acid): यसले मूत्र द्वारा दूषित पदार्थहरुलाई निष्कासन गर्दछ ।
३१. क्रीयटीनीन (Creatinine) : जीवाणु विरोधी ।
३२. स्वमक्षार (Swama Kshar): जीवाणु विरोधी, प्रतिरक्षामा सुधार, विषहर जस्तो कृत्य ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)