भनिन्, ‘म त रातभरी चोखै’

शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा ।

कुरा निक्कै अघिको होइन, गणतन्त्र कालकै मानुँ । तै सम्झेर लेख्दैछु ।

काठमाडौंबाट ठूलै टोली आउँदैछ । नयाँ सचिवज्यू नि आउने रे । राम्रै राम रमाइलो भन्नु भाछ डाइरेक्टर सावले ।

प्लेनमा धनगढी उत्रेर उत्तर लागेको टोली ठूलो साँझमा ठूलै डफ्फा जङ्गलको एकान्त रिसोर्टमा पस्यो । हाकिम साुवले भन्नु भाथ्यो, जस्तातस्ता नल्याउनु । बरू कुर्था, पाइजामा नयाँ हाल्दिनु । कसैकसैलाई राता सारी लाईदिनु । समस्या बोक्न नपरोस् । लाग्ने पारिश्रमिक पहिल्यै दिनु । पछि हाकिम सावहरूसँग नमागुन् । आफुखुशी दिनु भो भने उहाँहरूको कुरा । हामीलाई अप्ठेरो नपरोस् । भोलि पत्रिकाको हेडलाइन बन्नु भएन । एफएम कुर्लनु भएन । उज्यालो नेटवर्कमा पुग्नु भएन । बुझ्नु भो नि ।

हाकिम सावहरूलाई खानपानपछि अलग अलग कोठामा बसाइयो । सचिवज्यूले ख्वै ? भनी फुलीको सङ्केत गर्नु भो । अनुहार छोपेकी कुर्थावाली कोठामा छिराइयो । बत्ती निभाइयो।

अरूलाई पनि दर्जा अनुसार नयाँ पोशाकमा सजिएका मैयाँहरू पठाइयो ।

यी सबैको ब्यवस्था गर्न चार दिनदेखि रेञ्जर बाबु खट्नु भाथ्यो ।

तिन्टी पश्सिउँबाट, एउटी उत्तरबाट, चारटी पल्ला जिल्लाका ब्यावसायिक रहेछन् । सबैलाई दर्जा अनुसार व्यवस्था गरेपछि हाकिम सावले आनन्दको सास फेर्दा रात ढल्किसकेको थियो ।

आफ्नो सदाको मालबस्तु लिएर ठकुरी हाकिम आफ्नो कोठातिर लाग्नु भो ।

चुपचाप उभिनु, पैसा तिर्नु, दारू पानीको वन्दोवस्त गर्ने चैं काला लेखा अधिकृतका भागमा परेको । सबै सावहरू आआफ्ना कक्षमा रमाइरहेका बेला उनी पनि ढुक्कले उर्वसीसँगै आफ्नो छुट्टै कोठामा छिरे । सारा व्यवस्था यिनैको थियो ।

बिहान तीन नबज्दै ढोका ढक्ढक्को आवाज आयो । असुरक्षाको ठाउँ थिएन । ढोका खोले । पहिलो पटक ल्याएकी अस्तिदेखि खुशी पर्खेकी मनुषीको पीडा अर्कै रहेछ । भनिन्, म त रातभरी चोखै ।

क्षेत्रीय डाइरेक्टरका भागमा परेकी यिनले लेखा अधिकृतलाई गुनासो गरिन्, छक्का हो कि क्या हो ? मलाई छुएन त । रातभरी पेण्टीभित्र हात राख्यो, त्यत्ति हो ।

साथकीलाई भित्तातिर ठेलेर निदाउन भन्यो । रातभरीकी अनिदी मनुषीलाई छेउमा सुताएर गुनासाको जवाफ दिंदै गयो । चल्तिका लेखा अधिकृत तीन सहरमा तिन्टी राखेर नोकरीको सातै वर्षमा राजधानी जोडिसकेका मनुषी हँसाउँदै निदाएछन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button