म पशुपतिनाथ स्वयं तिमीभित्र छु

शान्ता सिम्खडा

श्रीभगवान भोलेनाथ भन्नुहुन्छ, आफ्नो अन्त:करण निर्मल र निर्विकार राख । तिमीले जीवनमा के र कति कमायौ भनेर हैन हिसाब तिमीले कस्तो कर्म गर्यौ भनेर हुन्छ । तिमीले आफ्नो बुद्धि र वाकपटुताको कपटले कति चर्चा कमायौ भनेर हैन, तिमीले आफ्ना इन्द्रियहरूलाई कति शान्त र निर्विकार राख्यौ भनेर मुल्यांकन हुन्छ ।

म पशुपतिनाथ स्वयं तिमीभित्र छु । तिमीले मलाई कत्तिको स्वीकार गरेका छौ, अनुभव गरेका छौ र आफूभित्रको मन सहित सबै इन्द्रियजनित वासनारुपी पशुहरूलाई कत्तिको नियन्त्रण गर्न सकेका छौ । मैले हेरिराछु । तिमी संसारमा कति फैलिन सक्यौ, तिम्रो महानता त्यसले नापिन्न । तिमीले आफ्नो विवेकको प्रयोग गरेर आफ्नो कला विस्तार गरि मान्छेभन्दा पनि कति माथी उठ्यौ भनेर नापिन्छ ।

Advertise
Hike & Write

संसारमा फैलिने र चर्चा कमाउने काम त कुकर्म गरेर पनि भइरहेको छ त देख्दैनौ । अनि महत्वपूर्ण कुरा यदि तिमी मान्छे महिला लिङ्गी हौ वा पुरुष लिङ्गी मलाई फरक पर्दैन । तिमी आफ्नो सम्बन्धलाई सम्मान र न्याय गर्न सक्दैनौं । स्वयं महिला भएर आफ्नो गरिमा र आत्मसम्मानको खाल गर्दैनौ । अनि पुरुष भएर महिलाहरूको गरिमा र आत्मसम्मानको रक्षा र सम्मान गर्न सक्दैनौ भने शिवरात्रीको आडमा गाँजा र भाँङ खाएर वेहोस भइ मेरो युगान्तकारी पवित्र, निर्विकार प्रेम र प्रणयको अपमान नगर ।

याद राख, म भोला मात्र हैन, भाला पनि हुँ । कल्याणमस्तु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button