
कुरा संस्कारको हो अनि भाग्यवस सु-संस्कार किनबेच हुन्न
शौर्या खनाल
कसैको गरीब अभिभावकहरूले पेट काटेर महंगो स्कुलमा पढाउनु होला, कतिका धनी अभिभावकहरूले पनि सस्ता स्कुलमा पढाउनु होला ।
गरीब भन्न अप्ठ्यारो लागेर लोकल बच्चा भन्ने चलन रहेछ । सबै लोकल बच्चा कु:संस्कारी हुन्नन्, मेरो ग्यारेन्टी । कुरा घरमा दिएको संस्कारको हुन्छ । न त धनीका छोराछोरीले गरीबका सन्तानलाई सपार्छन्, न गरीबका छोराछोरीले धनीका छोराछोरीलाई बिगार्छन् ।
कुरा संस्कारको हो अनि भाग्यवस सु-संस्कार किनबेच हुन्न । यो निःशुल्क अभ्यास गर्न पाईन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



