वेद, पुराण, उपनिषद् आदि शास्त्रमा गाई

स्मृती राणा

गौ सेवा नै राष्ट्रिय धर्म हो ।

गौ सेवा अङ्क, योगी नरहरिनाथका पुस्तक, रामायण, महाभारत, भगवतम् जति पनि गौ को महिमा गाएको शास्त्र या लेखहरु भेटेको छु, सबै लेखकलाई विशेष धन्यवाद दिन चाहन्छु ।

गौ सेवा हामी सनातनी धर्मको महान अङ्ग हो । जसरी हाम्रा ऋषिमुनीहरुले गाईको रक्षाको महत्व बुझाउनु भयो, त्यसरी नै अहिलेको नेता, राष्ट्रपति, पुर्व राजपरिवार साँच्चि नै राष्ट्रको उन्नति चाहनुहुन्छ भने गौ संरक्षण, गौशाला र पञ्चगव्यबाट बनेका सामग्रीहरुको उत्पादनमा, विशेष सेवामा महत्व दिए यसैबाट देश र सम्पुर्ण देशवासीको कल्याण हुनेछ । यसैबाट धेरै बेरोजगारी युवाहरुले रोजगार पाउनेछन् ।

वेद, पुराण, उपनिषद् आदि शास्त्ररमा गाईको महत्त्व गाएको पाइन्छ । हिन्दु, बौद्ध, सिख, जैन आदि सबै धर्मवालम्बीको लागि गौ रक्षा धार्मिक दृष्टिले मुख्य कर्तव्य हो । गाईलाइ कामधेनु र सुरभी पदवी प्राप्त भएको हो । केवल भौतिक दृष्टिकोणले मात्र पनि हेर्ने हो भने गो वंशको उन्नतिको परमआवश्यकता रहेको छ । हामीलाई जन्मदेखि अन्तिमसम्म पनि गोवंशको आवश्यकता पर्दछ । गाईको दूधभन्दा हितकारी संसारमा अरु कुनै खाद्य पदार्थ पाइदैन । पाश्चात्य वैज्ञानिकको पनि यहि मत छ कि गाईको दुधको प्रयोगबाट मानव जाती हष्टपुष्ट र दीर्घजिवी हुन्छन् ।

मनुष्य जीवनको लागि अतिआवश्यक सामाग्री भनेको नै दूध, दहि, घ्यु आदि र अन्न जसको बिना धनी या गरिब कोहि पनि रहन सक्दैनन् । यसै गरी कपास, जुट, आदिबाट वस्त्र बनाइन्छ । ती समाग्री पनि गोवंशबिना सम्भव छैन । हाम्रो देश कृषिप्रधान देश हो । मल, जल, जोत्ने खेतीको काम पनि गाई र गोरु बिना सम्भव छैन । वैज्ञानिक आविस्कारबाट चलेको यो आधुनिक युगमा पनि सबै सामाजिक र आर्थिक जीवनको प्रधान गो वंश नै हो । त्यसैले गो वंशको बृध्दि र उन्नतिको उपायहरुलाई कार्यावान्वित गर्नुमा सरकारले सहयोग पुराउन अति आवश्यक छ ।

प्रत्येक धार्मिक आर्थिक र पारलौकिक उद्धेश्य सिद्धीको लागि गौ सेवा, संरक्षण नितान्त परमावश्यक छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button