अन्त ब्रो यो भेलिन्टेन डे भुन्या के रे !?

मोइले सोध्यो, ‘भाइ, यो नाम्चेबाटो निस्किने भोर ‘नेपाल नाम्चो’ भुनेको हो ? उसले भोन्यो, ‘होइन, यो काठमाण्डूको ठोमलबाट निस्किन्छ । बर्ख दिन भो । अहिले विज्ञापन सिग्यापन छैन, कान्छा !’

दोर्जेलिङ्गे कथ्य भाषामा व्यङ्ग्य

पेशल आचार्य

हान हाउ ! यो भेलिन्टेन डे भुन्या के रे ? कोसैले मोलाई भोन्दैन । बुझाउँदैन । कोसलाई सोध्नु ? बाटोमा हिनेको केट्केटीलाई सोधूम झोर्केरफोर्केर हिन्छ । आफूसोँगो भोरी बोक्ने केटो दौँतोरीलाई सोधूम पोढेको छाइन । केही जान्दोइन ।

अलेली सुनेको चैँ तो दिन मुन पोरेको केटीसेटीलाई फूल दिने दिन भानेर भोन्छ । आरु दिन दियो भने मार्नेगरी हान्छो रे ! त्यो दिन चैँ हातोले नि दिन पोइने रोछ ।

यो फूल भोनेको के हो ? ना कुख्राको फूल भोनेको हो । ना हाँसको फूल पो भोनेको हो । के हो ? के हो ? बुगे भोनेको के हो ? कार्ड भोनेको के हो ? केइ थो छौइन ।

हाहाहा…..! आफू पोरियो उत्तिस पाखोमा घोर भाको पाखे मुन्छे । केइ जान्दोइन् । हिँहिँहिँहीँ…..! खानु जान्दुछ । लाउनु जान्दुछ । केटीकेटीलाई यसो अँधेरोमा माया लाउनु जान्दोछ । जिन्दोगी भोनेको योही हो जोस्तो लोेग्छ । हाहाहाहाहा…..!

यो भेलिन्टेन डे आउँदा तो कसोकसो कन्सिरी पोनी पो तात्छो तो मेरो त । आफूलाई थाहो पोनी छोइन । पैसो पोनी होइन । खाली काम गोरो, जाँड खायो, गप्पा गडायो । बसो ।

केट्केटी अँगालो मारेर हिनेको देख्दा त कोहिले लाजलाज पोनी लाग्छो । डरडर पोनी लाग्छो । रिसरिस पोनी उठ्छो । आफू केही गार्नो पाउने होइनो । खाली आँखोले हेरो मुन बुझायो । बोस्यो । थुक्क जिन्दोगी । थारो नै भोइने भो ।

हामी तो कुइरेको भारी बोकेर डाजिङ्गमा बोेसेको मोन्छे । उता १२ बर्खमोई नेपालबाटो आयो । हाम्रो घोर तो तोप्लेजुङ्को लाष्टाँ रहेको गाम ओलोङ्चोङ् गोलो हो । पूरै कन्चनजोङ्गो फेदमै हो नि ब्रो । ना केई हुने । ना केई फुल्ने । फल्ने । उत्तिस घारी । भालु गोठ ।

न हाम्ले पोढ्यो । न बाबुले नै पोढायो । हाम्रै गामको तो सेन्दुक रुइत उहिले हाम्रो बाउको पालाको रोइछ । बाउहरु सानोमा गुच्चा र अलि ठूलो भेपछि खोप्पीतिर लागो । पैसोको खोपी जानेछी मान्छेको खोपीतिर पोनी पोल्केछ । अभागी जाँठो पोढेन । नपोढेको बाबुको छोरो मोइले पनि पाढेन । लुखा त ।

तो बेला ओलोङ्चुङ् गोलोमा सप्पै मुन्छे भन्थो– ‘पढोलेखो कोनो काम हालो जोती खायो माम’ । गाउँघरमा कि कोदोको ढिँरो कि मुकैको ढिँरो पाक्थो । हाम्लाई तो चामोलको भात खानु मुन लाग्ने अनि हान्नियो दोर्जेलिङ् भारी खेप्न । दोसैँदोसैँमा घार गाको छ । कोहीले कोहीले मरोपरोमा जान्छ । यो बर्ख त पैसो छैन जाने मोन भे पोनी सक्दैन जान ।

अन्त आउनासाथ काममो लागो । भारी बोकेरै जुँगा पोलायो । भारी बोकेरै स्वर बोढ्यो । ढेडु भो मो आबो तो ।

लुगा कोहिले किन्नु पोरेन । खानो पैसो पोरेन । बस्न साथीसाथी मिलेर गुरुप्पै बोसो । तेँ पनि पैसो थोरै लोग्यो । तर फिटिक्कै पैसो नबोच्ने गाँठे । जता बाटो आउँछो उतैतिर जान्छो । के विधि नाप्पेको पैसो है !

हामीले सोप्पै ठाममा बोचाको पैसो पूरै ठेस……ठेस…..मा जाने अन्त । एकजोनो, दुइजोनो होइन सोबै ढाक्रेको छोरो तो हो, जाँठो सोबै के विधि लागेको रेल्वेनेरका गाजलीहरुसँग ।

तीन पानेमा झ्वाम्म्, अलेली बोचेको गाजलीमा झ्वाम्म् अनि तेहाँ बचेको सिनेमोमा खोत्तम । लु खा आबो !

यो नपोढेको केटो कोइ पोनी दोर्जेलिङ्ग नआओस् । अन्त सबै पैसो खाई, खेली र हेरी सक्दो रै’छ । घर फर्किने बेलाँ त शिव खुलित् !

पोर एउटा कालोकालो होचोहोचो नेपाली केटो दोर्जिलिङ् आयो । हाम्रो साउजीको ट्रिपमा परेर पोन्ध्र दिन जोति घुम्यो ।

फर्सिलो रोइछ । कुर्कानी दामी गोर्ने । मोइले चौरस्ता घुमायो । रक गार्डेन पोनी घुमायो । उता सेन्ट जोेसेफ कोलेज सप्पै घुमायो । ऊ आफूलाई पत्रोकार भोन्थो । के जाति ‘नेपोलनाम्चो’ को । खूप चोलेको पत्रिको रे !

मोइले सोध्यो, ‘भाइ, यो नाम्चेबाटो निस्किने भोर ‘नेपाल नाम्चो’ भुनेको हो ? उसले भोन्यो, ‘होइन, यो काठमाण्डूको ठोमलबाट निस्किन्छ । बर्ख दिन भो । अहिले विज्ञापन सिग्यापन छैन, कान्छा !’

मोइले के बुझ्नु तैपनि टाउको चैँ होल्लाई टोपल्यो । भन्यो, ‘मो उतो काठमोण्डो आयो भने तेरो आफिसमो छिर्छ । तोङ्बा र राँगाको सुकुटी मारी खान्छो । कुइरेसाँगो पोनी भेट गोरा है !’

ऊ फिस्सो हाँसो । बोलेन । चुरोट तानेर गोयो । कुइरे अघिअघि थियो । ऊ कुइरिनीसँग बोल्दैबोल्दै गोयो । आधिउधि नेपोली बोल्थ्यो । अलेली इङ्ग्रेजी बोल्थ्यो । हाम्ले बुझेको भा तो मोरीजाऊँ ।

भोन्न तो भेलिन्टेन भेलिन्टेन भोन्थो । भोलि पर्छ केरे ! आजो १३ फेरबेरी । भोलि १४ फेरबेरी ।

उस्ले भोनेको मोले सुनेको । ओच ! क्या त त्यो रोमेन कलाउड राजाले सैनिकलाई बिहे गरिदिएको मुद्दोमा सेन्ट भेलिन्टेनलाई मोरेको रे ! प्रेम गोर्दा पनि मान्छे मोर्ने राजो पोनी कस्तो पापी है !? साले राजा ! आफू तो बिहे गोर्ने । आरूलाई गार्न नोदिने । आरूको मोन होइन कि के हो ? मोजा सप्पैले लिनु पोर्दैन त ?

तेहाँ ठमेलाँ मेरो ठुलाउको छोरो ब्रो छ एउटा । भुन्न चैँ तो आफूलाई कुइरे घुमाउने मुन्छे भोन्छ । तो काम नहुँदा मात्र कुइरे घुमाउँछ । काहिले पोखोरो जान्छो तो काहिले घान्द्रुक जान्छो तो काहिले साउराहा पनि जान्छो । तोसकोमा बोस्छ । मो एकफेर काठमोण्डो जान्छोजान्छो ।

साइत पो कोहिले पोर्ला ? योसपालीको भेलिन्टेन डेमो जौँ कि ? कहिले जौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button