गाई पशु हो ? गाई पशु होइन ?

धर्म, अर्थ, काम, मोक्षको आश्रय गाई

कामधेनु दुधको खीरबाट श्री राम, लक्ष्मण, भरत, शत्रुध्न प्रकट हुनुभएको हो भन्ने कुरा हामीले रामायणमा पढेका छौ । भगवान रामले आफ्नो मातासँग भन्नुभएको भियो, ‘माता म हजुरलाई परित्याग गर्न सक्छु, लक्ष्मणलाई परित्याग गर्न सक्छु तर गाईलाई परित्याग गर्न सक्दिन् ।’ यति धेरै महत्व भगवान श्री रामले गाईलाई दिनुभएको थियो । गाईमा यस्तो के होला जसलाई भगवानहरुले, वेदले, ऋषिमुनिहरुले, राजाहरुले महत्व दिनु भयो भन्नेबारे अनुसन्धान गर्नु हामी सम्पुर्ण सनातनीहरुको परम कर्तव्य हो ।

श्री राम चरित मानसमा श्री हनुमानजीले सनातन धर्मको रहस्य बुझाउदै भन्नुहुन्छ, ‘जसले हामीप्रति अलिकति पनि उपकार गर्दछन्, उसकाप्रति सधै कृतज्ञ रहनु पर्दछ ।’ यहि नै सनातन धर्म हो । गाईले आफ्नो तन, मन र प्राणले, रोम रोमले दूध दहि, ध्यु, मुत्रले, केवल आफ्नो उपस्थिति मात्रले, आफ्नो श्वास प्रश्वासले, सम्पुर्ण जगतको कल्याण गरिरहेकी छिन् । गाईको महत्व बुझेर गाईप्रति हामी कृतज्ञ हुनु पर्दछ । यहि नै सनातन धर्म हो ।

जसको हृदय निर्मल छ, विचारमा गहनता छ, उसले मात्र गाईको तत्वलाई बुझ्न सक्दछ । तन, मन, प्राणले गोभक्तिमा समर्पण गरिसक्नु भएको भक्तहरुमा मात्र यस्तो भावना आउन सक्दछ, जसको अन्तस्करण पवित्र भईसकेको छ, उसले मात्र गो तत्वलाई बुझ्न सक्दछन् । सत्व, रज र तमरहित चित्त र बुध्दि गुणातित भइसकेको हरुले मात्र गो पदार्थलाई बुझ्न सक्दछन् । अहिलेको मुल समस्या भनेको रजो गुण र तमो गुणको बुध्दि हुनु हो र गाईको सेवा, गाईको भक्ति र गव्य पदार्थको सेवन बाट मात्र मनुष्यमा सात्विक विचार आउँदछ ।

Advertise
Hike & Write

मेरो गुरु महाराज भन्नु हुन्छ, ‘गाईको सेवा बिना गाईको बारेमा बोल्ने अधिकार कसैलाई छैन ।’ त्यसैले कुनै न कुनै माध्यमबाट गाईको सेवा गरेको छौं भने मात्र गाईको विषयमा बौल्ने अधिकारी हुन्छौ । जस्तोसुकै विरोध, बाधा आइरहे पनि गाईको सेवा कुनै न कुनै माध्यम बाट गर्ने प्रयास मेरो जारी रहेको कारण आज म गाईसम्बन्धि लेखहरु पोस्ट गर्ने गरेको छु । जबसम्म गाई पशु हो भन्ने भाव छ, गौभक्ति जाग्दैन् भन्ने कुरा पनि हामीले बुझ्नु जरुरी भएको छ ।

भक्ति योग, ज्ञान योग होस् या कर्म योग यीमध्ये सबैभन्दा उपयुक्त साधन भनेको नै भक्ति योग हो । भक्तियोगबाट नै प्रेम रसको अनुभव प्राप्त हुन्छ । श्रीमद् भागवद् महापुराणमा उल्लेख गरिएको छ,

अकाम सर्वकाम वा मोक्ष काम उदारधी ।
तीव्रेण भक्तियोगेन यजेत पुरुषं परम् ।।

उदार बुध्दिवाला पुरुष निष्काम होस् वा समस्त भोगको इच्छुक, वा मोक्ष प्राप्तीको इच्छा गर्नै वाला होस् उसले तीव्र भक्तियोगबाट परम पुरुष भगवान बासुदेवको आराधना गर्नु पर्दछ । जीव भगवानको प्राप्तिको लागि कहाँ कहाँ भट्किदैनन्, ठिक साधन नभएको कारण लक्ष्यको प्राप्तिमा बिलम्बन हुनु स्वभाविक हो । सबै साधनहरुमा गौ सेवा सबैभन्दा ठूलो साधन हो, जसले भगवान प्राप्ती सहज हुन्छ किनकि भगवानको पनि ईष्टदेव गाई हुन् । गाई बिना भगवान श्री कृष्ण प्रसन्न रहनुहुन्न । गोपी श्री कृष्णको प्रिय हुन्, गोपी भनेको नै ती नारी जसले गाईको सेवा गर्छिन्, संरक्षण गर्दछिन्। गाई र गोपीको साथ भगवान सदा खेल्ने गर्नुहुन्छ ।

श्रीमद् भागवद् पुराणमा पनि गौ सेवा नै श्री कृष्णको प्रत्यक्ष आश्रय हो भनेर उल्लेख गरेको पाउँदछौँ । श्री कृष्णको चरण प्राप्ती नै गौ माताको सेवा हो र जसको सेवाबाट भगवानको भक्ति प्राप्त हुन्छ त्यसमा कसैको मन छैन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button