… अनि खैरीले चञ्चले पाठी जन्माई

बाख्रा

रिता खनाल

आज म हजुरहरूको सामु केही नयाँ लिएर आएको छु । लेख्न त मलाई खासै आउँदैन । तर, मनमा लागेका कुरा लेख्दा खुब आनन्द मिल्छ ।

यहाँहरु सबैकोमा पशुपंक्षी त होला नै । कसैको घरमा गाई, भैंसी, बाख्रा, कुखुरा त कसैकोमा केही होलान् अवश्य पनि । कुरा गरुँ मेरो घरमा पालिएको बाख्राको । मेरो लागि मेरो बाख्रा उत्तिकै प्यारो छ, जति एउटा आमाको लागि उसको बच्चा । हुन पनि मेरो बाख्रा त्यति नै प्यारो अनि ज्ञानी । उसको नाम हो खैरी । खैरो वर्णको भएर मैले उसको नाम खैरी राखिदिएँ ।

खैरीलाई १ वर्षअघि हामीले पल्लो गाउँबाट किनेर ल्याएका थियौं, एक वर्षको हुँदा । अहिले खैरी दुई वर्षकी भई । हजुरबाले खैरीलाई पेवाको रूपमा मलाई उपहारस्वरुप दिनु भएको थियो । खैरी मेरो पेवा भए पनि ऊ घरमा सबैकी प्यारी । घरमा सबैले उसको स्याहार गर्छन् । मलाई पनि खैरी अरु बाख्राभन्दा धेरै प्यारो लाग्छ । स्वार्थी दुनिँया त हो । हैन र ? आफ्नो चीज अरुको भन्दा प्यारो लाग्ने । सायद म पनि स्वार्थी दुनिँयामा स्वार्थले रंगीन भएँ सायद ।

खैरी मेरो विद्यालय बिदा हुँदा उसको साथी म अनि मेरो साथी खैरी । दिनभरऊ चर्छे अनि म आफ्ना कापीमा केही शब्द कोर्ने कोशिश गर्छु । अनि साँझ हुन्छ । हामी घर फर्कन्छौँ । उसको डोरी समाएर ऊ सँगै खेल्दै कहिले दगुर्दै त कहिले विस्तारै हामी फर्किन्छौँ ।

खैरी मेरो असल मित्र पनि हो । म मेरा मनका कुरा उसलाई सबै खुलस्त भन्छु । कमसेकम केही उपाय नदिए पनि मेरो कुरा सुन्न त सुनिदिन्छे । कोही बाख्रा कति प्यारा हुन्छन् है ?

… अनि खैरीले चञ्चले पाठी जन्माई ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write …

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button