‘म त नेपाल फर्कने भनेको हो, तर श्रीमती मान्दिनन्’

शौर्या खनाल

सम्पन्न परिवारका, जमिन जायदाद भएका, व्यापारी र व्यवसायी घरानाका युवाहरू पनि विदेशीनुको कारणहरू के होलान् ?

‘म त नेपाल फर्कने भनेको हो, तर श्रीमती मान्दिनन्’,यो भनाई सुन्नु भएको छ ?

Not every migration is due to financial causes, majority are due to social reasons too.

समाधान खोज्ने हैन त ? Enough of Brain Drain!

अब घरका बुढापाकाहरूले आफ्नै घरभित्र निहाल्न शुरू गर्ने कि ? कसरी ?

१) सामाजिक परिवेश- संयुक्त परिवारमा  कर्तव्य र अधिकार बारे खुलेर छलफल गर्नुहोस् ।

२) घरका ठूला बडाले आफ्ना छोरा, छोरी, बुहारीहरूको privacy र personal space को आदर गर्नुहोस् । उनीहरू अब बच्चा छैनन् ।

३) सासू, ससुराले बुहारीहरूलाई पराईजस्तो व्यवहार नगर्नु होस् । मायाले नयाँ घर परिवारमा बाँध्नु होस्, न कि कर्तव्यको दुहाई दिएर ।

३) ठूलाबडाले सकिन्छ कुरीति, कुसंस्कार र संकुचित भावनाहरू त्याग्नु होस् नत्र कम से कम उनीहरूमा लाद्न नखोज्नु होस् ।

४) व्यक्तिगत र वाक स्वतन्त्रता दिनु होस् ।

५) अनावश्यक झन्झटीलो सामाजिक चालचलन र औपचारिकतामा बाँध्न नखोज्नु होस् ।

६) अभिभावकहरूले अनावश्यक रूपमा अरूका छोराछोरीसंग नदाँज्नुहोस् । उन्नती र प्रगतीको आफ्नो परिभाषा अनुरूप चल्न बाध्य नगर्नु होस् ।

७) विदेशमा बस्नुलाई सफलता नमान्नु होस् । अनि विदेश जान प्रेरणा नदिनु होस् ।

८) घरको कामकाजमा सहयोग गर्नु होस् ।

९) एकभन्दा बढी छोराबुहारीहरू छन् भने जबरजस्ती सँगै बस्न बाध्य नपार्नुहोस् ।

१०) बुहारी फरक संस्कारमा हुर्केकी हुन् भन्ने कुरालाई स्विकारेर, थोरै सम्झौता गर्नुहोस् ।

११) सानो छँदा आमाबाबुले छोराछरीलाई निस्वार्थ माया गरे झैं विवाहपश्च्यात पनि उसै गर्नुहोस् । सानोतिनो कुरामा अर्को पक्ष माथि शंका नगर्नु होस् ।

बुढेसकालमा र अन्तिम दिनहरूमा छोराछोरीसँग मीठो दुई वचन बोलेर संसारबाट जान पाउनु सौभाग्य हो, यसको लागि अलिकति नैतिक र व्यवहारीक सुझबुझ त लगाउनु पर्छ नै ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button