कस्तो स्कुल राम्रो ? कस्तो स्कुल नराम्रो ?

शौर्या खनाल

एउटा राम्रो स्कुलभित्र दैनिक के हुन्छ ?

क) सबै शिक्षक, शिक्षिका, विद्यार्थी, प्रशासन र अभिभावकहरू बिच राम्रो सम्बन्ध हुन्छ ।

राम्रो सम्बन्ध भन्नाले कस्तो हुन्छ ?

१) एक-अर्काप्रति भरोसा गर्न मिल्छ, तसर्थ भर परिन्छ ।
२) एक अर्काको भलो चिताईन्छ ।
३) लिने भन्दा दिने चासो बढी हुन्छ ।
४) एक अर्काको उपस्थितिमा आनन्द लाग्छ ।
५) एउटा खुला वातावरणमा आनन्दले भनाई राख्न, मानहानीको डरबिना सिक्न सिकाउन मिल्छ ।

ख) स्कुल प्रशासनले फाईदा घाटाको हिसाब नगरी नयाँ, नयाँ राम्रा राम्रा शिक्षण पद्धति लागू गर्दछन् ।

ग) प्रधानअध्यापक, कक्षाकोठा भित्र गई, आफै पढाइ, आफ्नो स्कुलका खुबि र कमजोरीहरूको मापन गरि, staff लाई feedback र support गर्छन् ।

कस्तो स्कुल राम्रो हुँदैन ?

१) स्कुलको बागडोर अभिभावकहरूको हातमा दिने ।
२) पढ्न जान्ने केटाकेटीलाई मात्र entrance exam मार्फत छानेर भर्ना लिने।
३) पढाईमा कमजोर छन् भने, अभिभावकलाई कचकच गरी रहने र tution राख्नुस् भन्ने ।
४) जति अटेरी र अल्छी भए पनि पुराना शिक्षकहरूलाई अभिभावकहरूले teacher फेरियो भनेर गुनासो गर्नु होला भनी आँखा चिम्म गरिराखिरहने ।
५) एउटै कक्षामा पनि अभिभावक पिच्छे, bargain गर्दै, फरक-फरक फि लिने ।
६) अभिभावकहरूसँग तोकिएको फिस समयमा तिर्न अनुरोध गर्न र नियम लगाउन डराउने ।
७) एउटै कक्षामा भिडमभिड केटाकेटी राख्ने ।
८) लेसनमा सिक्नु र सिकाउनु भन्दा बढी सफा अक्षरमा बोर्डबाट सार्न लगाउनुमा जोड दिने ।
९) जाँचको प्रश्नहरू सिधै exam revision class मा practice गराउने ।
१०) नयाँ तौरतरीका लागू गर्न डराउने ।
११) सफाई र सुरक्षामा ध्यान नदिने ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button