दाम्पत्य धर्मको विषयमा के भन्छ वैदिक सनातन हिन्दू धर्मले ?
सबै पुरुषहरूले घरमा पर्ने महिलामाथिको कार्यबोझलाई बुझौं ।
महिलाले गर्ने कामलाई सम्मान गरौं ।
सकेसम्म समय निकालेर काममा सँगै हातेमालो गरौं ।
समाजमा र परिवारमा लिङ्गको आधारमा वितरण गरिएका कामको पुनः वितरण गरौं ।
सामाजिक, आर्थिक, धार्मिक र नित्य पारिवारिक क्षेत्रमा पनि आफ्नी पत्नी वा घरका महिला सदस्यसँग आपसी समझदारी, सल्लाह र सहकार्य गरौं ।
नारीलाई दासी होइन, पारिवारिक सहजकर्ता, घरकी शोभा, हामी पुरुषकी जिउने आधार र स्वयं देवी स्वरुपा मानी सम्मान गरौं ।
ममतामयी जननी, स्नेहमयी दिदीबहिनी र प्रेममयी पत्नी उनै महिला हुन् भन्ने नबिर्सौं ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)