
दिक्क भएकी श्रीमतीलाई भन्नु, ‘खाना म पकाइदिन्छु’
प्रकाश परियार
पतिले पत्निलाई सम्मान दिइएन र दासीको रुपमा हेरियो भने त्यो घर घर हैन नर्कभन्दा कम हुँदैन । दिनरात घर झगडा, छरछिमेकको आँखा तन्काई र कुरा कटाइको शिकार बन्छौं ।
‘फलानाको पत्नी यस्तो, फलान्नीको पति उस्तो’ भन्ने कुरा चलिनै रहन्छ । श्रीमान, श्रीमती र परिवारका सबै सदस्य त्यो समाजमा नकारात्मक ऐनाको रूपमा हेरिन थाल्छौं । पत्नीको कुरा मान्दा र पत्नीलाई आफूजस्तै सम्मान गर्दा ज्वाइटिङ्रेको नामकरण गर्ने समाज यहिँ नै छ । यसमा तपाईं हाम्रै घरबाट यसको अन्त्यको सुरु गर्नुपर्दछ ।
पाठकहरुलाई मेरो प्रश्न छ, ‘तपाईं श्रीमतीलाई कस्तो व्यवहार गर्नुहुन्छ ?’ दिनभरी घरमा बस्दाबस्दा दिक्क भएकी तपाईंकी श्रीमतीलाई बेलुका घरमा गएर ‘छोड, आज म खाना पकाइदिन्छु’ भन्नु त । कति खुसी र साथ खोजेकी हुन्छे भन्ने कुरा थाहा पाउनु हुनेछ । अनि जवाफ आउँछ, ‘छोडिदिनु । हजुर थाकेर आउनु भा’को छ । म आफै पकाउँछु ।’
घर व्यवहार धान्दाधान्दा एक जोर लुगा लगाउन पनि दस चोटि सोच्ने पर्ने हुन्छ । एकचोटी उसको ठाउँमा बसेर हेर्नुस्, आफै बुझ्नुहुन्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



