तस्बिरमा तस्बिर देखिनँ, मन छुने-रुने कुरा देखेँ
मनका कुरा
अम्बिका घिमिरे
राम्ररी चिनजान नभएका तर संयोगबस् फेसबुकमा जोडिएका एक जना मित्रले फेसबुकमा पोस्ट गर्नुभएको तस्बिरले धेरै दुखी बनायो ।
एउटा तस्बिर देखेँ । अँह तस्बिरमा मैले तस्बिर देखिनँ, धेरै दुख देखेँ, अत्यधिक पिडा देखेँ, अत्यधिक विकटता देखेँ । केही कुराहरु मन छुनेखालका अनि केही मन रुनेखालका देखेँ । आज त्यो तस्बिरले साह्रै मन रोयो । बाजुरा जिल्ला अस्पतालले उपचार गर्न नसकेका बिरामी लोकेन्द्र बोहोरालाई बाजुरा सदरमुकामबाट ११३ किमि टाढा धनगढी लगिँदै थियो, त्यो पनि स्टेचरमा बोकेर । उहाँको बाटोमै निधन भएछ ।
केन्द्रीय सरकारलाई त काठमाडौँ सरकार भनौँला । भोट माग्ने बेलाबाहेक नेपाल कत्रो छ, कस्तो छ, कहाँसम्म छ भन्नेसम्म हेक्का राख्दैनन् । कुर्चीको लडाई छोडेर, पदको भागबन्डा छोडेर बिकटतामा सहजता ल्याउनेतिर सोच्ने फुर्सद कहाँ हुन्छ र ? तर, त्यो विकटताभित्र स्थानीय सरकार पनि त होला नि । स्वास्थ्य जस्तो अत्यावश्यक आधारभूत सेवा पनि दिन नसक्ने कस्तो सरकार ? देशको यस्तो राजनीतिक अवस्थाको बारेमा त चिया पसल, भट्टी पसल, दोबाटो, चौतारो सबैतिर चर्चा हुन्छ ।
वास्तविक अवस्थाको बारेमा चाहिँ तस्बिर आफैँ बोल्छ भन्ने कि हामी पनि केही बोल्ने ? कहिलेसम्म सहने ? कहिलेसम्म दुख खेप्ने ? हस्पिटल पुगिने आशमा हिँडेका आफन्तलाई के भन्ने ? अन्तिम सास स्टेचरमा फेरेका बिरामीको आत्मालाई के जवाफ दिने ?
…
(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मनका कुरामा तपाई पनि आफ्ना मनका कुनै पनि प्रकारका भोगाई र भावना लेखेर nepalnamchaha@gmail.com मा पठाउनुस् । नेपालनाम्चा तपाईंकै साथी त हो । सम्पादक)