
कतार गएँ तर भाग्य उस्तै
मनका कुरा
अर्जुन समीप
तलमाथिका तस्बिरहरू ३ बर्ष पहिलेका । त्यतिबेला म खाडी मुलुक कतारमा ४५ डिग्रि गर्मीमा १४ घण्टाको ड्युटी सकाएर पनि नेपाली संचार र सांगितिक क्षेत्रमा लागिपरेको थिएँ । धेरै संघर्ष गर्दा नि म यो क्षेत्रमा सफल हुन सकिनँ । ९ महिनाको भिडियो ईडिटिङ्ग तालिम लिएँ र सिकेँ पनि । तर, काम पाइनँ । कारण, मेरो आर्थिक समस्या, राजनितिक सोर्सफोर्स, पारिवारिक हौसलालगायतका समस्या थिए ।
कहिले आफन्तले लुटे, कहिले पराईले । बुवाआमाको देहान्तपछि मेरो दुखको सुरुवात भयो । र, अहिलेसम्म नि दुखमै छु । मलाई मेरो सिप, जिन्दगी र आफन्तसँग केहि गुनासो छैन । गुनासो छ त केवल मेरो नेपाल सरकारसँग । बर्षैपिछे युवा स्वरोजगार कार्यक्रम आँउछन् । खोई त कार्यक्रमलाई सदुपयोग गरेको ? आफ्नैलाई मात्रै मात्रै काखीीमा, पराई जति खाडीमा हो र नेताज्यु ?

युवाहरुको सीपलाई हजुरहरुले सहि सदुपयोग गर्नुभयो भने हामी नेपालमै बसेर पनि हजुरलाई आयस्रोत बापतको कर चुक्ता गर्नेछौ के सरकार । कति खाडिका युुवाहरुको रगत पसिनाबाट आएको रेमिट्यान्सको भर पर्नुहुन्छ ? म त छोड्नुस् तर म र ऊलगायत मिलाएर धेरै युवाहरु पिछडिएका छन् सरकार । फेरि हजुरले मेरो सीप र कलालाई बुझ्नुभएन भनेर म बेरोजगारचाँहि छैन है फेरि । म आफ्नो मेहनत त गरिरहेको छु र गर्नेछु । मलाई मेरो अहिलेको काममा पनि सन्तुष्टी छ । परिवार खुशी छ । तर, यस्तो खालको समस्यामा अलिक नजर पारिदिए हजुरको कामलाई पनि वाह भन्थ्यौ कि र एक भोट नि गुमाउन पर्थेन कि ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)