दाङको मेरो प्रिय घोराही

मेरो माटो

ललिता रोकाया पुन
घोराही, दाङ ।

लामो अनि सुन्दर सपना बोकी आउँछन् मान्छेहरु
मानव सभ्यताको खानी हो
कोरोना कहरमा पनि झुकेन
झुक्ने छैन कहिले पनि
निडर भयर अगाडि बढ्ने छ
मेरो प्रिय घोराही ।

चारैतिर हरिया पहाडले घेरिएको उपत्यका छ
विकासको रुपले समृद्ध छ
समृद्धिको बाटोमै छ
मेरो प्रिय घोराही ।

जालीफटाहा, अन्याय, अत्याचारविरुद्ध लड्नै पर्छ
गरिब दुखीहरुका मन मनमा बस्नै पर्छ
मेरो प्रिय घोराही ।

हिजो पनि झुकेनौ
आज पनि झुकेनौ
झुक्ने छैनौ कहिले पनि
निरन्तर अगाडि बढ्ने छौ
मेरो प्रिय घोराही ।

हो, मलाई तिम्रै समिपमा आउन मन लाग्छ
मलाई यहि ठाउँ मन पर्छ
मलाई यहि उपत्यका मन पर्छ
मेरो प्रिय घोराही ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button