उता युरोकप, यता ‘नेराजकप’

ब्राह्मणपुत्रको लकडाउन डायरी–६३
भरत शर्मा

लकडाउन त खुल्यो, कोरोना बढ्यो
घरभित्र बसौं कि बाहिर ?
मनमा चिन्ता र चाँसो ।

राष्ट्रिय समाचारले यही भन्छ,
लकडाउन खुल्यो
तर, कोराना घटेन
विपद् अझै बाँकी छ ।

पहिलो चरण पार भयो
दोस्रो जारी छ
तेस्रो कहिले आउने हो ?
जनमनमा चिन्ता–चिन्ता ।

महामारी कठिन बेला हो
त्यसैले सोच विचार
स्वास्थ्य मापदण्ड हटेको छैन
सरकारले लकडाउन हटाएको छैन
तर, शहरभित्र लकडाउन खुल्ला छ ।

अहिले त बजारमा युरोकपको चर्चा छ । हरेक दिन रात्री ९ः४५ फुटबलप्रेमीहरुको लागि ९० मिनेटको समय रोमान्चकारी हुने गरेको छ । दुई देशका खेलाडीहरुबीच हुने खेलमा हरेकले हरेक पक्षको लिने गरेका छन् ।

जीत जसको भए पनि खेल हेर्ने दर्शक रमाउने मात्र हुन् । तर, विश्वमा फूटबलप्रेमी धेरै छन् । हिजो जर्मनी र बेलायतको खेल निकै रोचक थियो ।

म पनि फूटबलप्रेमी हुँ । मलाई खेलकुदमा सबैभन्दा मनपर्ने फूटबल र भलिबल नै हो ।

खेलाडीलाई आफनो देश र दर्शकका लागि भए पनि जीत हासिल गर्ने चाह हुन्छ । तर खेल हो, हार वा जीत पक्का ।

युरोपतिर युरोकप खेल भएजस्तै नेपालमा चाहिँ ‘नेराज’कप खेल जारी छ । नेपालभित्रको राजनीतिको बारेमा अहिले जनचासो कम हुन थालेको देख्छु । नेतालाई पद र कुर्चीको प्यारो भए पनि न्यायलयले नेराजभित्र गोल हानेको जस्तो गरी निणर्य गरिदिएको छ ।

नेराजकप भित्रका खेलाडीहरुको नाम लेख्दा, बोल्दा र सुन्दा पनि मन भरङ्ग भएर आउँछ । समग्रमा नेपालका राजनीतिक खेल खेल्ने नेताहरु ‘विद्यर्मी’ हुन् । यिनीहरुलाई देश र जनताको कुनै वास्ता छैन । छ त केवल सत्ता र शक्तिको ।

लकडाउन हटाउन खोजे पनि कोरोना नघट्दा थप समस्या हुने हो कि भन्ने चिन्ताको बीचमा फूटबलको कथा जोड्दै गर्दा कताबाट राजनीतिको कुरा आयो भनेर प्रश्न उठने भयो ?

जे जति कुरा गरे पनि राजनीति भनेको मूल तत्व रहेछ । यो तत्वले नैं समाज, राष्ट्र र नागरिकको जीवनलाई प्रत्यक्ष असर गर्ने रहेछ ।

राम–राम ! राजनीतिको कुरो गर्न पनि मन छैन, लेख्न, सुन्न र सुनाउन मन छैन । नेताहरुले जे पनि गर्ने रहेछन् ।

सरकारले विकासको नाममा नेपालको पवित्र नदी कालीगण्डकी ’डाईभर्सन’ गर्न खोजेपछि सनातन धर्मसँग सरोकार राख्ने ५३ वटा संस्थाहरुले विरोध जनाएका छन् । विद्यर्मीहरुले विकासको नाममा के–के गर्छन् के के ।

नेता नभएको देश
नेता धेरै भएको देश
सुन्दरताको बयान गरेर नसक्ने देश
हामीले पनि नबुझेको देश
विश्वले माया गर्ने देश
तर, देशका नेतालाई
सराप्नु पर्ने देश ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button