
लकडाउन वार्ताः स्वास्थ्य सर्वोपरि भन्ने बोध भएको छ
महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा ललितपुरस्थित बालकुमारीनिवासी लेखक/पर्यटन व्यवस्थापक डोरबहादुर केसी ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स् त डाउन भएको छैन नि ?
अहिलेसम्म त भएको छैन तर स्थिति भयावह बन्दै जाँदा मनमा दुःखको अनुभूति हुने गरेको छ ।
दिनहरु कसरी बित्दै छन् ?
पठनपाठन, लेखन, घरायसी कामकाज र साथीभाई-आफन्तहरुसँग कुराकानी गरेर ।
कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
बढी समय पठनपाठन र लेखनमा ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
पहिले पटकको लकडाउनले अनिश्चितता र आशंकाहरु बढी पैदा गरेको थियो । यस पटक अब खोपहरुको विकास भईसकेकोले गर्दा अलि बढी आशा जगाएको छ ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
सुनसान छ । छतमासमेत मानिस कमै देखिन्छन् ।
लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
म अफिसमा नियमित काममा हुन्थेँ ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
राष्ट्र र जीवनको लागि एक कठिन समय ।
तपाईंलाई लाग्छ, के लकडाउन नै समस्याको समाधान हो ?
होइन । तर, हामी लकडाउन नगरी सजक बन्न नसक्ने रहेछौं ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
मानिसको स्वास्थ्य र जीवन सर्वोपरि रहेछ भन्ने बोध भएको छ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
सकारात्मक ।
लास्टमा केही थप्न चाहनुहन्छ ?
सरकारबाट मात्र महामारी नियन्त्रण सम्भव छैन । सबै जनता सजक हुनु पर्छ । सामुहिक प्रयासले यस महामारी नियन्त्रण सम्भव छ ।