लकडाउन: काठमाडौँ उपत्यकाभित्रका पेट्रोलपम्प खुला

निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने छन् ।

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकाका तीनै जिल्लामा आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा भएको छ । निषेधाज्ञा लागू हुनुअघि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा लामो लाइन देखिएको थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button